चितवन। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्याली गरिएको छ । युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको ¥यालीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर -यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ । एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको ¥याली नारायणगढको मेनरोड, पोखरा बसपार
धरान\ प्रदेश स्काउट कार्यालय, प्रदेश नम्बर १ ले धरान स्थित श्री शिक्षा निकेतन उच्च माविका स्काउट ट्रुपका छात्र छात्रालाई स्काउट पोशाक वितरण गरेको छ । नेपाल स्काउट धरान नगर तदर्थ समितीको संयोजनमा सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका १६ जना छात्र र १६ जना छात्रालाई स्काउट पोशाक वितरण गरेको हो । कार्यक्रमका स्काउटका नगर संयोजक अनुप तामाङ, प्रमुख अतिथी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई र बिशेष अतिथि प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी रहेका थिए । कार्यक्रममा स्थानीय तदर्थ समितिका सदस्यहरु सन्तोष कोईराला, अमित अग्रहरी, शिक्षा निकेतनका प्राचार्य उमेश गुराँगाई, स्काउटर रेवत
शेयर बजार एउटा यस्तो बजार भएको छ, जहाँ कसैले शैद्धान्तिक ज्ञान लिएर त कसैले ट्रेडिङ्ग गरेरै पनि लाखाँै पैसा कमाईरहेका छन् । शेयर बजार कमाउने जत्तिकै गुमाउनेहरु पनि भएकाले यसमा लाग्नु भन्दा पहिले शेयर बजार के हो ? कसरी कमाइ गर्न सकिन्छ ? कस्ता कम्पनीमा लगानी गर्ने भन्ने विषयमा ज्ञान हुनु अत्तिनै आवश्यक हुन्छ । अहिले हाम्रो समाजमा एक प्रकारको अफवाह फैलाएर सेयर बजारमा त प्रवेश गर्ने वित्तीकै लाखाँै कमाउन सकिन्छ भनेर भनिने गरेको छ । भने जस्तै सहज नभए पनि अध्ययन गरेर धेर्यताका साथ लगानी गर्नेले पैसा कमाउने अर्को व्यावसाय सोच्नु पर्दैन । सेयर बजारमा सहज र सरल तरिकाले प्रवेश गराउनका लागिँ हाम्रा घर
सरकारी बेवास्ता र नीतिगत कमजोरीका कारण देशका किसानहरूले अपेक्षित लाभ लिन सकेका छैनन् । परम्परागत निर्वाहमुखी खेती प्रणालीको निरन्तरताले किसानहरूको जीवन स्तरमा सुधार हुन नसकेको यथार्थ त छँदैछ, व्यवसायिक खेतीतर्पm आकर्षित किसानहरूले पनि अपेक्षित लाभ लिन पाएका छैनन् । विभिन्न क्षेत्रका किसानहरूले यस्तो गुनासो बारम्बार गर्ने गरेका भए पनि किसानका समस्यालाई सम्बोधन गर्न सरकारले आवश्यक ठानेको छैन । नेपाली कृषि क्षेत्रको यो नै महŒवपूर्ण समस्या हो । कृषि क्षेत्रमा किसानले भन्दा बढी लाभ बिचौलियाहरूले लिइरहेका छन् । कृषि उत्पादनलाई किसानका खेतबाट बजारसम्म पु¥याउने बिचौलियाहरू दिनहुँ धनी भइरहेक
इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको हत्या भयो । हत्या भएको १४ वर्ष बितिसके पनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् । घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्याकाण्ड बेला बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन । हत्याको समय इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्तो लागेको छैन ।२०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका स
इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन । आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएक
प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने गृहकार्य सुरु गरेको समाचार आएको छ । अघिल्लो सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश गरेका कार्यक्रम मङ्सिर महिनाभित्र थपघट गरी आगामी पुस महिनाबाट कार्यान्वयनमा लैजाने पाँच दलीय गठबन्धन सरकारको योजना छ । शेरधन राई नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा विनियोजन गरेको बजेट खारेज गरी नयाँ कार्यक्रम थपघट गर्ने प्रदेश सरकारको तयारी रहेको बताइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरावलोकनका लागि सम्बन्धित मन्त्रालयहरूसँग छलफलसमेत अघि बढाएको समाचार आएको छ । अनुत्पादक क्षेत्रमा छुट्याइएका बजेट कटौती गरिनु सकारात्मक विषय हो । साधन–स्रोतको कमी भ
इलाम/ स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुख सयलमा रमाउन तल्लीन छन् । नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गरिरहेका छन । तालिमको नाममा चर्को भत्ता खाइरहेका छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजर लगायत निर्माण सामग्री खरिद गरेर अनियमितता गर्ने र नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन् । यस्ता क्रियाकलापले आफ्नैै मतदाता माझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर, यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । केही जनप्रतिनिधिले कानुन बमोजिम पाएको तलबभत्ता र सुविधा पनि सामाजिक सेवामा खर्चिएका छन् । इला
धरान/ अन्तिम समयमा एमालेको दशौं महाधिवेसनका लागि सुनसरीले प्रतिनिधी सर्वसम्मत छनौट गरे पनि पार्टीको अन्तरद्वन्द कायमै रहेको छ । वडा अधिवेसन देखिनै दुई गुटमा विभाजित समुहका नेताहरुले स्थानीय तहमा रहेका एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टी गुटबन्दीमै अघि बढेको पाइएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रिय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समुह उपस्थित भएका थिएनन् । भण्डारी समुहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समुह उपस्थित नहुँदा दुवै समुहको बिचको विवाद कायमै रहेको पुष्टि
धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले मंसिर २ गते देखि मंसिर ८ सम्म विश्व एन्टिमाइक्रोबियल जागरुकता सप्ताह मनाइरहेको छ । ‘आजको संसारमा एन्टिमाइक्रोबियल प्रतिरोध एक “लुकेको महामारी“ बन्न पुगेको छ, जसको संकमणको जोखिममा हामी सबै छौँ । त्यसैले एन्टिबायोटिक्सको सचेतनाका साथ प्रयोग गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ ।’ भन्ने नाराका साथ कार्यक्रम सप्ताह भरी एन्टिबायोटिकहरूको सदुपयोग कसरी गर्ने र यसको दुरुपयोगको जोखिमबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिरहेको छ । वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकको बाल