राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुनसरीमा ६७ विद्यालय छानिए

  • फागुन १०, २०७८
  • "सन्जोगबाबु दाहाल"
alt फाइल तस्वीर गूगल

धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुनसरीका ६७ विद्यालय छानिएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् ।

छनौटमा परेका विद्यालयहरुमा २१ वटा विद्यालयमा ४ कोठे भवन, २७ विद्यालयमा आइसीटि कक्षा सञ्चालन, ३ वटा विद्यालयमा ल्याब स्थापना, १६ वटा विद्यालयहरुमा दुई कोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैया बजेट विनियोजन भएका छन् ।

आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय छ लाख ५० हजार रुपैया, ल्याबका लागि प्रति विद्यालय १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रति विद्यालयका लागि १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रति विद्यालय ३६ लाख रुपैया विनियोजन गरिएको छ ।

छनौटमा परेको धरान उपमहानगरपालिका १३ विद्यालय मध्ये चार कोठे भवन निर्माणका लागि ८ वटा विद्यालय, आइसीटि कक्षा सञ्चालन गर्न ४ वटा विद्यालय र ल्याब स्थापना गर्न एकवटा विद्यालय छनौट भएका छन् । इटहरीमा परेका ७ विद्यालयहरु मध्ये चार कोठे भवन निर्माणका लागि १, दुई कोठे भवन निमार्णका लागि २ र आइसीटि कक्षा सञ्चालनका लागि ४ विद्यालय छनौटमा परेका छन् ।

त्यसैगरी, बराहक्षेत्रका ८ विद्यालयहरुमध्ये चार कोठे भवन निर्माणका लागि २, दुई कोठे भवन निर्माणका लागि ३ र आइसीटि कक्षा सञ्चालनका लागि ३ विद्यालय छनौटमा परेका छन् । यता रामधुनीका ५ विद्यालयहरुमध्ये चार कोठे भवन निमार्णका लागि १ वटा, दुई कोठे भवन निमार्णका लागि १ वटा र आइसीटि कक्षा सञ्चालनका लागि ३ विद्यालय छनौटमा परेका छन् ।

त्यस्तै, दुहबीका ५ विद्यालय मध्ये चार कोठे भवनका २, दुई कोठे भवनका लागि १ र आइसीटि कक्षा सञ्चालनका लागि २ विद्यालय छनौटमा परेका छन् । इनरुवामा ४ विद्यालयमध्ये चार कोठे भवनका लागि १, दुई कोठे भवनका लागि १ र आइसीटि कक्षा सञ्चालनका लागि २ विद्यालय छनौटमा परेका छन् । बर्जुका ४ विद्यालय मध्ये चार कोठे भवनका लागि १, दुई कोठे भवनका लागि १ र आइसीटि कक्षा सञ्चालनका लागि २ विद्यालय छनौटमा परेका छन् । गढीका २ विद्यालय मध्ये चार कोठे भवनका लागि १, दुई कोठे भवनका लागि १ विद्यालय छनौटमा परेका छन् । त्यस्तै हरीनगरका ६ विद्यालयमध्ये चार कोठे भवनका लागि २, दुई कोठे भवनका लागि १ र आइसीटि कक्षा सञ्चालनका लागि ३ विद्यालय छनौटमा परेका छन् ।

त्यस्तै, भोक्राहका ५ विद्यालयमध्ये चार कोठे भवनका १, दुई कोठे भवनका लागि २ र आइसीटि कक्षा सञ्चालनका लागि २ विद्यालय छनौट भएका छन् । यता देवागञ्जका ३ विद्यालयमध्ये चार कोठे भवनका लागि १, दुई कोठे भवनका लागि १ र ल्याब स्थापनाका लागि १ विद्यालय छनौटमा परेका छन् । कोशी गाउँपालिकाका ५ विद्यालय मध्ये दुई कोठे भवनका लागि २, आइसीटि कक्षा सञ्चालनका लागि २ र ल्याब स्थापनाका लागि १ वटा विद्यालय छनौटमा परेका छन् ।

कक्षाकोठका अभावमा बहिर बसेर अध्ययन गरिरहेका विद्यार्थिहरुलाई यस कार्यक्रमले ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ । शैक्षिक संस्थाको स्तरोन्नती गर्न आएका राष्ट्रिय कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाइ उपल्ब्धीमा वृद्धि हुनुका साथै विद्यालय प्रति विद्यार्थीहरुको आकर्षण बढ्ने चन्द्र संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक अजय शाही बताउँछन् ।

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved