दुहबीमा ११६ केजी गाँजासहित फरार अभियुक्त पक्राउ

  • असार ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीबाट ११६ केजी गाँजा बरामद प्रकरणमा फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन्।

गत वैशाख ६ गते दुहबीबाट मोरङको बुढीगंगातर्फ जाँदै गरेको वा ७ च ९२६३ नम्बरको मारुति सुजुकी कारमा लागुऔषध गाँजा रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले कारलाई पिछा गरेको थियो। सो क्रममा मालहट्टीस्थित सडकमा कार रोकेर चालक फरार भएका थिए।

प्रहरीले जाँच गर्दा उक्त कारको डिकीभित्र चार वटा जेब्रा झोलामा प्याक गरी राखिएको ११६ केजी गाँजा बरामद भएको थियो।

घटनापछि फरार रहेका चालक मोरङको बुढीगंगा गाउँपालिका–४ का नसरुदिन मियाँ (२८) विरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गरिएको थियो।

यसै क्रममा, असार ४ गते इलाका प्रहरी कार्यालय दुहबीको टोलीले पुनः गोप्य सूचनाका आधारमा मियाँलाई दुहबी नगरपालिका–४ मालहट्टी क्षेत्रमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ।

पक्राउ परेका मियाँलाई जिल्ला अदालत सुनसरीबाट पहिलो चरणको सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved