दिगो खान पान दिवस

  • असार ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो दिवसले स्थानीय उत्पादन, मौलिक परिकार र वातावरणमैत्री खानपान संस्कृतिको प्रवर्द्धनमा जोड दिन्छ।

सन् २०१६ देखि संयुक्त राष्ट्रसंघको अगुवाइमा मनाइँदै आएको यस दिवसको नारा हो — Local seeds ,Local eats

स्थानीय बीउबाट उत्पादन गरिएका अन्न, तरकारी, फलफूलहरू केवल स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन , यसले हाम्रो सांस्कृतिक सम्पदा जोगाउन, किसानको जीविका सुधार्न र जैविक विविधता संरक्षण गर्न पनि सहयोग पुर्‍याउँछन्।

दिगो खानपान भनेको यस्तो प्रणाली हो जसले प्रकृति, समाज र भविष्यलाई सन्तुलनमा राख्दै खानपानलाई अघि बढाउँछ।

नेपाल जस्तो कृषिप्रधान देशमा ‘स्थानीय बीउ, स्थानीय परिकार’ भन्ने सन्देश अत्यन्तै सान्दर्भिक छ। स्थानीय जातका धान, मकै, कोदो, गहुँ, मसला र जडीबुटी प्रयोग गरी बनाइने परिकारहरूले हाम्रो पहिचान झल्काउँछन् र आयातमा निर्भरता घटाउँछन्।

अतः आजको दिनले हामीलाई स्मरण गराउँछ—हामीले आफ्ना परम्परागत बाली संरक्षण गर्नुपर्छ, मौलिक परिकारहरूलाई फेरि जीवित पार्नुपर्छ र खानपानमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ। यही हो दिगो विकास र स्वस्थ जीवनतर्फको मार्ग।

"गगनमान श्रेष्ठ UN कलेज धरानका HM संयोजक हुन्।"

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved