रोकिएन खोला उत्खनन् : बस्ती नै जोखिममा

  • फागुन १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ ।

मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् ।

धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिले उत्खनन् भइरहेको क्षेत्रको पश्चिम तर्फ तटबन्धन गरेपनि पूर्व तर्फ खोलाले कटान गर्ने जोखिम छ, स्थानीयबासी अहिले जोखिममा परिन्छ भन्ने त्रास भएपनि बोल्न सक्दैनन् ।’ उनले सडक आयोजनाको लागि उत्खनन् भएको भन्ने सुनिए पनि ठेकेदार कम्पनीले के कति उत्खनन् गर्छ भन्ने अनुगमन गर्ने निकाय सक्रिय हुनुपर्ने बताए ।

नगरप्रमुख स्तरीय निर्णयबाट मदन भण्डारी राजमार्ग निर्माणमा प्रयोग हुनेगरी गिटि निकाल्न सम्झौताको सुन्नमा आएको उनको भनाई छ । उनले भने, ‘यो उत्खनन्ले बस्ती जोखिमा पर्ने सम्भावना बढेर गएको छ, यो उत्खनन् सडक आयोजनाको लागि हो भन्ने सुनेका छौं, उत्खनन् गर्दा बस्तीलाई जोखिममा पार्नु भएन, जस्ती जोखिममा पर्ने देखिए हामी विरोधमा उत्रन्छौं ।’

स्थानीय डम्बर कार्की भन्छन्, ‘विगतमा बस्तीभन्दा धेरै तल खोला उत्खनन गर्दा पनि विरोध गरेका थियौ तर अहिले बस्तीबीचमा नै खोला उत्खनन् भइरहेको छ यस विषयमा कस्ले बोल्ने ?’ बस्ती नै जोखिम पर्ने गरी उत्खनन् भए पनि स्थानीयले केही बोल्न नसकेको उनले बताए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved