उदयपुरको श्रृष्टी जंगलमा मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी, हत्यामा संल्गन १ जना पक्राउ

  • फागुन १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संल्गन १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते देखी सम्पर्कमा नरहेको भनी पिडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले फागुन ९ गते पथरी-८ बाट बि।क।लाई पक्राउ गरेको हो । बि।क।लाई पक्राउ गरे संगै सोधपुछ गर्ने क्रममा लेनदेनको बिषयमा बादबिबाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्विकार गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पुलको ठेक्का पट्टा गर्ने बि।क। र मृतक मिणा बिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भए अनुसार बिगत डेढ महिना देखी मोरङको डास खोलामा काम गर्दै आई रहेका थिए ।

काम गर्ने क्रममा माघ २३ गते कमल बि।क।को बिरगंजमा रहेको अर्को साईड हेर्न भनी मृतकले प्रयोग गर्दै आईरहेको  बि.आर–०१–बि.सी.–५६९७ नम्बरको गाडीमा दुवै जना बिरगंज गएको र उक्त स्थानमा पुगी माघ २५ गते फर्कने क्रममा बि.क.को घर कटारी जादै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । बादबिबादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका बि।क।ले रिशको आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको र हत्या पश्चात शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथी जंगलमा लगी फालिदिएको खुल्न आएको छ । यसरी शवलाई जंगलमा फालेर फर्किएका बि।क।ले मृतकले प्रयोग गर्ने मोवायल फोन कोशी नदिमा फालिदिएको तथा उक्त नम्बरको गाडी भारतिय बजार भिमनगर लगी बेवारीसे अवस्थामा छोडेर फर्किएको समेत खुल्न आएको छ । यसरी जाँदा दुबै जना संगै गएको र फर्कदा १ जना मात्र फर्किएकोमा अन्य ब्यक्तिहरुले सोधपुछ गर्दा समान लिन भारत तर्फ गएको बताउँदै आएका थिए भने लामो समय सम्म सम्पर्कमा नआएपछी मृतकका परिवार खोजतलास गर्दै ईलाका प्रहरी कार्यालय पथरी सम्म आए पश्चात मात्र उक्त घटनाको रहस्य खुल्न आएको हो ।

यसरी शंकित कमल बि।क।ले प्रहरी समक्ष हत्या गरेको स्विकारे पश्चात उक्त स्थानमा घटना भए नभएको भनी ईलाका प्रहरी कार्यालय कटारीसँग समन्वय गर्दा पहिचान नखुलेको शव बेवारीशे अवस्थामा २र३ दिन पहिला फेला परेको र उक्त लासको फोटो समेत झिकाई मृतकका आफन्तलाई सनाखत गराउदा आफ्नै मान्छेको हो भनी सनाखत गरिदिए संगै कमल थापा भन्ने कमल बि।क।लाई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागी ईलाका प्रहरी कार्यालय कटारी तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

७ वटा मुद्दा खेपिसके ...

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘म ...

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved