कान्छी श्रीमती र प्रेमीको मिलेमतोमा हत्या : दिनेश सिग्देल हत्या प्रकरण

  • फागुन ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बेमेलका कारण मोरङ बस्दै आएका झापाका दिनेश सिग्देलले ज्यान नै गुमाउनु पर्‍यो । वैदेशिक रोजगारीका लागि बहराईन गएका सिग्देलको परिवारमा बेमेल बढ्दै गए पछि उनकी कान्छी श्रीमती अर्कै सँग लागिन जसको कारणले गर्दा उनको ज्यान गयो ।

सिग्देलले १० वर्ष अघि सुनसरीको बराहक्षेत्र १० स्थित प्रकाशपुरकी अनिता केशी सँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमती सँग सम्बन्ध बिग्रिए पछि उनले अनिता सँग बिहे गरेर विराटनगर स्थित वडा नम्बर ३ पिपलचौकमा बस्न थालेका थिए । ८ वर्षको नानी छाडेर दुई वर्ष अघि उनी बहराईन पुगेका थिए । पछिल्लो समय कान्छी श्रीमतीको व्यवहारमा परिवर्तन आएको महशुष गरे पछि गत पुष २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए । नेपाल फर्किएको भोलिपल्ट नै उनले ज्यान गुमाउनु पर्‍यो ।

कान्छी श्रीमती अनिता केसीले विराटनगर स्थित वडा नम्बर ४ इकराई बस्ने सरोज भण्डारी सँगको मिलेमतोमा आफ्नै श्रीमान्को हत्या गरि शरिरलाई विभिन्न टुक्रामा विभाजन गरि धरान धनकुटा सडक खण्डको धरान ४ स्थित आपगाछीमा फालेको अवश्थामा सिग्देलको शव फेला पारेको थियो । फागुन ४ गते बुधबार जंगल गएका स्थानीयले कुहिएको अवश्थामा जेब्रा झोला देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले झोलामा टाउको र दाहिने खुट्टा फेला पारेका थिए । त्यसको भोलिपल्ट विहिबार बिहानै देखि खटीएको प्रहरी टोलिले टाउको र दाहिने खुट्टा फेला परेको स्थान देखि करिब डेढ किलोमिटर माथि थप अंग फेला पारेका थिए । भेटिएका अंगलाई जोडेर हुलिया तयार गरी अनुसन्धान प्रक्रिया अघि बढायो । ४ दिन पछि फेला परेको शव इलाम बाँझो १ स्थायी घर भई विराटनगर बस्दै आएका दिनेश सिग्देलको रहेको पुष्टि गर्‍यो । शव सनाखतका लागि सिग्देलका बुबा र जेठि श्रीमतीलाई देखाउँदा उनकै रहेको सनाखत भएको थियो ।

परिवारसँगको अनुसन्धानका क्रममा सिग्देल कान्छी श्रीमती सहित विराटनगर बस्दै आएको खुलेको थियो । थप अनुसन्धान अघि बढाउँदै गए पछि प्रहरी हत्यामा कान्छी श्रीमती सहित उनका प्रेमी सरोज भण्डारीको मिलेमतोमा हत्या भएको पुष्टि गरेको छ । प्रहरीले कान्छी श्रीमतीलाई सोमबार पक्राउ गरी अनुसन्धान गर्दै जाँदा भण्डारीको मिलोमतो देखिए पछि मंगलबार बिहान उनलाई पक्राउ गरेको छ । दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख संजय सिंह थापाका अनुसार उनीहरुलाई ज्यान सम्बन्धी मुद्धामा पहिलो पटक सात दिनको म्याद थप गरिएको छ ।

थापाका अनुसार बहराईनबाट पुष २० गते आएका सिग्देल २१ गते विराटनगर आए पछि कान्छी श्रीमति सहित स्थानीय एक होटलमा बसेका थिए । भोलिपल्ट २२ पहिले बस्दै आएको आफ्नो घर पिपलचौंकमा आए । केही समय पछि अनिताका प्रेमी सरोज पनि त्यही घरमा आए । मादकपदार्थ खाएका सिग्देललाई केही समय पछि परिबन्धमा पारी सरोज सँगको मिलेमतोमा गलबन्दीले घाँटीमा कसी हत्या गरेका थिए । २३ गते स्थानीय पसलबाट ग्रेण्डर मेसिन र ३ जना जेब्रा झोला र पोलिथिन खरिद गरी ल्याई दुवै जनाले लाशलाई ग्रेण्डर मेसिन र खुकुरीको प्रयोग गरि टुक्रा टुक्रा पारी दुईटा जेब्रा झोलामा हालेर साँझको समय ट्याम्पो भाडामा लिई इटहरी धरान हुँदै धरान ४ को आपगाछी क्षेत्रमा व्यवस्थापन गरेका प्रारम्भीक अनुसन्धानबाट खुलेको थापाले बताए । सोही दिन भेडेटारमै बसी भोलिपल्ट विराटनगर फर्किएको प्रहरी प्रमुख थापाले बताए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले विगत ६ महिना देखि भण्डारी र अनिता बिच प्रेम सम्बन्ध रहेको थियो । दुवै जना श्रीमान श्रीमती झै पिपल चौकमा रहेको आफ्नो घर छाडेर अनिता बाहिर बस्दै आएकी थिईन् । सिटि सफारी चालक रहेका भण्डारीलाई अनिताले १ लाख रुपैया ऋण पनि दिएकी थिईन् । प्रेमी सरोजलाई थप ७५ हजार रुपैया दिएर दुवै जनाले बिहे गरी बस्ने सर्तमा हत्या गर्ने योजना बनाएको थापाले बताए ।

बैदेशिक रोजगारीबाट कमाएको पैसा भण्डारी सँग मोजमस्तीमा खर्च गर्ने लगायत कारणले अनिता सँग दिनेशको खटपट बढेको थियो । खटपट बढ्दै गए पछि श्रीमती प्रति आशंका गर्दै दिनेश नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएको थाहा पाए पछि हत्या गर्ने योजना बनेको जिल्ला प्रहरी प्रमुख थापाको उनको भनाई छ । उनले भने, ‘दुवै जनाको सम्बन्ध गहिरिदै गएको, आर्थिक कारोबार पनि भएको थियो, प्रेम सम्बन्ध झाँगिदै गएको अवश्थामा अकस्मात दिनेश काडा बनेर आयो, उनीहरु बिचको काडा सम्झेर हटाउन खोजेर हत्या गर्ने योजना बनाएको बुझिन्छ ।’ घटनामा संलग्न हुने आशंकामा विभिन्न कोणबाट थप अनुसन्धान गरिरहेको उनको भनाई छ ।

मृत्तक बुबा सुरेन्द्र सिग्देलले दोषिलाई कडा कारवाहीको माग गरेका छन् । भोलिका दिनमा पनि यस्ता घटना नदोहो¥याउने गरि कडा कारवाही गर्नु पर्ने उनको भनाई छ । बुबा सिग्देलका अनुसार कान्छी श्रीमती ल्याए देखिनै उनी विराटनगरमा रहेको आफ्नै घरमा बस्न थालेका थिए । तर केही महिना अघि देखि भने कान्छी श्रीमती बाहिर बस्न थालेको फोन मार्फत सुनाएका थिए । उनले भने, ‘छोराले बाहिरै बसेर कान्छी श्रीमती ल्यायो, बाहिरै बस्यो, बाहिरैबाट गयो ।’ कान्छी श्रीमतीले २० लाख रुपैया भन्दा बढी खर्च गरिदिई सकेको उनले बताए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved