धरानमा “सुजुकी सेलेरियो” लञ्च

  • फागुन १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाली बजारमा धेरै रुचाईएको चार पाङ्ग्रे सवारी सुजीकीले बजारमा नयाँ सवारी सार्वजनिक गरेको छ ।
मंगलबार धरानमा रहेको कम्पनीको आधिकारीक बिक्रेता राई मोटर्सले सुजुकिको नयाँ कार “सुजुकी सेलेरियो” सार्वजनिक गरेको हो । शोरुममा एक कार्यक्रममको अयोजना गरी माछापुच्छे« बैंक धरान शाखाका प्रबन्धक विराज खनाल र शोरुम प्रोपाइटर महेश राईले संयुक्त रुपमा लञ्च गरेका हुन् ।

पारीवारीक उपयोगिताको लागि निकै लोक्रोपिय मानिएको सेलेरियो कारले नेपालमा उपलब्ध कारहरुमध्ये सबै भन्दा बढी माइलेज दिने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार पावर र माइलेजको समिश्रण भएको नयाँ जेनेरेशन सेलेरियोमा डुअल जेट, डुअल भिभिटीयुक्त के सिरिज इन्जिन जडित छ, जसले २६ दशमलव ६८ किलोमिटर प्रतिलिटर माइलेज दिने संचालक राईले बताए । सर्वाधिक माइलेज दिने यो गाडीले बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धि भारबाट ग्राहकहरूलाई केहि राहत प्रदान गर्नेमा कम्पनीले विश्वास राखेको छ ।

 

IMG_3267 IMG_3272 IMG_3282 IMG_3275

नयाँ सेलेरियो अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त विशेषताहरूले भरिपूर्ण रहेको राई मोर्टसका सञ्चालक राईले बताए ।
नयाँ सेलेरियोको थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । यसको अगाडि भागमा एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले गाडीलाई निकै स्टाइलिस देखाएको छ । यसमा १५ इन्चको अलोय ह्विल छ ।

गाडीमा फराकिलो क्याबिन पाउन सकिन्छ भने भित्री डिजाइन प्रिमियम छ । यसमा ७ इन्चको स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट प्रविधि दिइएको छ । यसका अतिरिक्त, फस्र्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि दिइएको छ ।

अत्याधुनिक प्रविधिद्वारा संचालित नयाँ सेलेरियोले ३ हजार ५ सय आरपिएममा ८९ एनएम टर्क र ५ हजार ५ सय आरपिएममा ६७ पिएस पावर प्रदान गर्छ । सुरक्षाको लागि कम्पनीले नयाँ सेलेरियोमा विशेष जोड दिएको छ । १२ वटाभन्दा बढी सुरक्षा विशेषताहरू समावेश गरिएको छ । नेपाली बजारमा नयाँ सेलेरियो भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी तीन भेरियन्टमा उपलब्ध छ । सेलेरियो भिएक्सआईको मूल्य २७ लाख ९९ हजार, सेलेरियो जेडएक्सआईको मूल्य २९ लाख ९९ हजार र सेलेरियो जेडएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved