Top 4

    Showing 7,141-7,150 of 9,401 items.
  • बीपीमा बेथिती : वार्डमा बिजुलीको प्लगपनि छैन्

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् । वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका ल

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,214 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • पार्टीको महाधिवेशन चलिरहँदा भीम आचार्य आइसोलेसनमा

    धरान/ पार्टीको १० औं महाधिवेशन चलिरहेको बेला एमालेकै प्रभावशाली नेता भीम आचार्य भने होटल आइसोलेसनमा बसेका छन् । महाधिवेशनका लागि चितवन पुगेका आचार्यलाई कोरोना संक्रमण पुष्टि भएसगै त्यहाँ स्थित होटल सेभन स्टारमै आइसोलेशनमा बसेका हुन् । आचार्यका स्कीय सचिव अनिल राजधामीले काठमाण्डौंबाट सञ्चालित सेतोपाटीडटकम सग कुरा गर्दै उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका आचार्य ९ औं माहधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए । १० औं महाधिवेशनमा समेत पदाधिकारीको आकांक्षीका रुपमा हेरिएका उनले अहिले सम्म कुनै पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छैनन् । उनि

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागूऔषध सहित धरानबाट ३ जना पक्राउ

    धरान/ लागूऔषध सहित धरानबाट ३ जना पक्राउ सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । शुक्रबार (हिजो) राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद रु ३६ हजार ५सय सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोल्डेन अस्पतालबाट हाम फालेर बिरामीले आत्महत्या गरे

    विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेबापतको रु. २१ हजार तिर्न नसक्दा एक जना बिरामीले अस्पताल परिसरमै आत्महत्या गरेका छन् । उनले अस्पतालको तीन तल्लामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन । मोरङको धनपालथान गाउँपालिका– १ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुन । मृतकका पाँच वर्षीय छोरा,चार वर्षिय छोरी र श्रीमती छन् । पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर रोको थियो । घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तल्लामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको र शरीर

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 1,296 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेक्वान्दो प्रतियोगितामा प्रदेशको सहभागिता

    धरान÷ तेस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट १५ जनाको टोली त्यहाँ पुगेको छ । प्रदेश नं. १ तेक्वान्दो सङ्घका तर्पmबाट टोली त्यहाँ पुगेको हो । निजगढ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै टिम म्यानेजर सूर्य दङ्गाल र कोच सन्तोष घिमिरेको नेतृत्वमा टोली त्यहाँ पुगेको हो । टोलीमा विभिन्न तौल समूहका पुरुष खेलाडी ७ र महिला खेलाडी ६ जना रहेको टिम म्यानेजर दङ्गालले जनाए । टोलीमा पुरुष खेलाडीतर्पm सृजन पौडेल, अनिल बस्नेत, सुसन थापा, रोहित राई, जगधन राई, कमल खत्री र सुसन वन सहभागी छन् । यसै गरी महिला खेलाडीतर्पm अनिसा राई, आस्मा रा

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित एकजना पक्राउ

    मोरङ। मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । शुक्रबार (आज) पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र  DIALEX-DC १ बोतल पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 598 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको अन्धकारमा फैलिएको सिर्जनाको प्रकाश

    सिर्जनशील व्यक्तिहरू सिर्जनाका लागि सहज अवस्था पर्खिएर बस्दैनन् । उनीहरू असहज अवस्थामै पनि सुन्दर सिर्जना गर्न तल्लीन रहन्छन् । यसैको सुन्दर उदाहरण बनेका छन् – कवि तथा साहित्यिक अभियन्ता प्रकाश दिप्साली राई । बन्दाबन्दी (लकडाउन) को कठोर र त्रासद् समयलाई उनले सिर्जनशील बनाए । आ–आफ्नै घरमा बन्दी बनेर मानिसहरू किंकर्तव्यविमूढ बनेका बेला उनले भने एउटा अर्थपूर्ण साहित्यिक अभियान प्रारम्भ गरेर समयलाई सार्थक बनाए । केही न केही गरिरहने तथा आप्mना अनुज प्रतिभाहरूलाई सिर्जनकर्ममा लागिरहन प्रेरित गर्ने र त्यसका लागि सक्दो सहयोग पनि गर्ने उनको स्वभाव प्रशंसनीय छ । यही स्वभावको परिणाम हो &ndash

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 1,058 पटक पढिएको
    • "राजेश विद्रोही"
  • एम्सद्वारा छात्रा सम्मानित

    धरान/ धरान–१२ स्थित एम्स एकेडेमीले विज्ञान सङ्कायमा पढ्ने छात्रा उषा कार्कीलाई बुधबार सम्मान गरेको छ ।धरानको आन्तरिक राजस्व कार्यालयले कर सप्ताह अन्तर्गत मङ्गलबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेकी विद्यालयकी छात्रा कार्कीलाई कलेजले सम्मान गरेको हो । कलेजले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सो कार्यक्रममा कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले विज्ञान पढ्ने विद्यार्थीहरू अन्य क्षेत्रमा कमजोर हुन्छन् भन्ने आम धारणालाई उषाले गलत साबित गरेको धारणा राखे । विज्ञानका विद्यार्थीहरू पनि अन्य क्षेत्रमा उत्तिकै सक्षम हुन्छन् भन्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘शिक्षितबाटै महिला हिंसा’

    इटहरी/ दुर्गम क्षेत्र भन्दा पनि सुगम क्षेत्रका शिक्षितबाटै लैंगिक हिंसाका घटनाहरू हुने गरेको एक कार्यक्रमका सहभागिहरुले दाबी गरेका छन् । देशब्यापी रूपमा बिहीबारदेखि शुरू भएको १६ दिने लैंगिक हिंसा बिरूद्धको अभियान अन्तरगत इटहरीमा आयोजित अन्तरक्रियामा दुर्गम क्षेत्रहरूमा लैंगिक हिंसाका घटनाहरू फाट्ट फुट्ट बाहिरिए पनि सुगम मानिएका शहरहरूमा दैनिक जसो घटनाहरू हुने गरेको सहभागिहरुको दाबी छ । कार्यक्रममा महिला अधिकारकर्मी सुभद्रा प्याकुरेलले ग्रमिण भेगमा भन्दा शहर तिर बढी जसो हिंसाका घटनाहरू हुने गरेको बताईन । सुगम मानिएका सुनसरीको इटहरी, तरहरा, धरान, इनरूवामा भने महिला मात्र नभइ पुरूष पनि हिंस

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उम्मेद्वाराी दिने

    धरान/ एमाले की केन्द्री सदस्य तथा पूर्व उपसभामुख र पूर्वमन्त्री समेत रहेकी शिबमाया तुम्बाहाङफेले पार्टी १० औं महाधिवेशनमा सचिवमा उम्मेद्वारी दिने भएकी छिन् । उनले काठमाण्डौंबाट सञ्चालित सञ्चारमाध्यम सेतोपाटी सग कुरा गर्दै आफुले उम्मेद्वारी दिने बताएकी हुन् । उक्त सञ्चारमाध्यम सग कुरा गर्दै उनले ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने, महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राख्न नहुने र नेतृत्व तहमा पनि पुर्‍याउनुपर्ने बताएको सो सञ्चारमाध्यमले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 546 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved