पर्यटकीय स्थल शिवजट्टा ओझेलमा

  • फागुन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् ।

यस स्थानमा पुग्ने जोकोहीले शिवजट्टा रमणीय भएको तर भौतिक संरचना भने पर्याप्त नभएको बताउने गरेका छन् । धरान १५का सूर्य बस्नेतले शिवजट्टा अत्यन्तै रमरणीय भएको बताए । उनले भने–‘शिवजट्टा झर्नामा नुहाउन पाउदा  रमाइलो लाग्यो ।’ उनले नजिकै रहेको शिवालयले शिवजट्टाको महत्व अझ प्रस्ट्याउने बताए ।

उपमहानगरपालिकाको वडा नं. ४ न रहेको शिवजट्टा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको पर्यटन व्यवसायीहरु बतlउछन् । पर्यटन व्यवसायी बासु बरालले धरान बजारबाट करिब ५ किलोमिटर उत्तरपूर्वमा रहेको शिवजट्टा धार्मिक पर्यटनको सम्भावना बोकेको स्थल भएको् बताए । उनले भने–‘यसको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटन सहित प्राकृतिक पर्यटकको विकाश गर्न सकिन्थ्यो ।’ उनले भने पूर्वमा रहेका आकर्षक स्थलमध्ये शिवजट्टा पनि भएको भन्दै यसको प्रवद्र्धनमा तीनै तहका सरकार लाग्नुपर्ने बताए ।

यो झरनामा धार्मिक हिसाबले पनि महत्वका साथ हेरिने गरिएको कछ । साउन महिनामा यो झरनामा नुहाउदा रोगव्याधी हरण हुने विश्वास गरिन्छ ।

शिवजट्टालाई धरानको खानेपानीको मुहानको रुपमा लिने समेत गरिएको छ । यही क्षेत्रबाट दक्षिण एसियाकै उत्कृष्ट अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी लगिएको छ ।
तराईका क्षेत्रमा रहेका पर्यटकलाई नजिकै रहेको झरनाले आकर्षण गर्न सक्ने बरालबोे दाबी छ । केही वर्ष अघि सम्म शिवरात्रीका दिन भारतका जोगीहरु आएर धुनी बालेर बस्ने गरेको स्थानीयहरु बताउछन् । तर पछिल्लो समय जोगिहरु आउन छाडेको उनीहरु बताउछन् । काठमाडौंको पशुपति क्षेत्र जस्तै शिवजट्टामा शिवालयको महत्व रहेको स्थानीयको दाबी छ ।
धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार हिन्दुका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौतारि हिड्दै गएको अवस्थामा विस्तारै सतीदेवीको शरीरको सबै अंग पतन भइसकेपछि शिवजीको चेत खुल्दा आफ्नो शरीर ज्यादै फोहोर पाए पछि उनले यही शिवजट्टाको झरनामा नुहाएको किवंदन्ती छ । नुहाउने क्रममा उनको जट्टा त्यस ठाउ“मा झरेकाले नै यसलाई शिवजट्टा भनिन थालिएको स्थानिय जमानवीर राई बताउछन् । शिव जट्टालाई शिव बास बसेकाले शिवकुण्ड पनि भनिने गरिएको उनको भनाई छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved