झापाको औद्योगिक पार्कले लिएन गति

  • फागुन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केपी शर्मा ओलि नेतृत्वको सरकारले बनाएका महत्वकांक्षी योजनाहरु वर्तमान सरकारले कटौटी गरे पछि नेपालको महत्वकांक्षी योजना अन्तर्गत झापामा बन्न लागेको औद्योगिक पार्कको कामले गति लिन सकेको छैन ।

महत्वकांक्षी आयोजना अन्तर्गत नेपाल चीन फ्रेन्डससीपमा निर्माण हुन लागेको औद्योगिक पार्कको काम अगाडि बढ्न नसकेको हो । चीनको वान रोड वान वेल्ट अन्तर्गत ६३ अर्ब रुपैयामा प्रदेश नं. १ को झापाको दमकमा बन्ने औद्योगिक पार्क जग्गाधनीहरु लाई दिने मुआब्जा, मुलुकको राजनीतिक परिस्थिति, कोरोना कहर लगायतका कारणले बन्न नसकेको बताइएको छ ।

औद्योगिक पार्क व्यवस्थापन समितिका अनुसार आयोजना प्रस्तावित २२ सय विघा जग्गामध्ये ३ सय विघा जग्गा अधिग्रहण मुआब्जा विवाद सुल्झाउन सकेको छैन । जसले गर्दा पार्कको काम अगाडि बढ्न नसकेको समितिले जनाएको छ । तर स्थानीयहरु भने जग्गा मुआब्जाको कारण मात्र पार्क निर्माण रोकिएकोमा मान्न तयार छैनन् । स्थानीय अनुसार नेपालको अस्थिर राजनीतिका कारण अधिग्रहणका लागि सरकारले बजेट विनियोजन नगर्नु, सर्वोच्च अदालतमा परेको रिट लगायतका कारण समयमै पार्क बन्न नसकेको हो ।

दमक नगरापलिकाका आयोजना प्रमुख कमल दाहालले सोचेजस्तो पार्कको काम हुन नसकेको बताएका छन् । उनले भने, ‘२०७८ माघदेखि औद्यागिक पार्कका लागि अफिसहरु निर्माण थाल्ने योजना थियो । तर प्रस्तावित जग्गामध्ये १९ सय विघा जग्गा औद्योगिक क्षेत्र विकास समितिको नाममा आए तापनि तीन सय विघा जग्गाको मुआब्जा विवादले हाललाई निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।’

जग्गाको विवाद मिल्नासाथ कामले गति लिने उनले बताए । उनका अनुसार अहिले पहिलो काम भनेको जग्गाको मुआब्जा नै हो । नेपाल चीन फ्रेन्डसीप औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले विविध कारणले पार्कको काम रोकिएको बताए । उनले भने, ‘पार्क निर्माणले गति नलिनुमा धेरै कारण छन् यही नै हो भन्न सकिने अवस्था छैन ।’

औद्योगिक पार्क निर्माणका सबै प्रक्रियाहरु पूरा भइसके पनि निर्माण कार्य भने रोकिएको खदम नगरपालिकका सूचना अधिकृत समिप चुँडालले जानकारी दिए । उनले भने, ‘डिपिआर, स्वायल टेष्ट, जग्गाको नापजोख सबै सिद्धिएको छ । अब चाडै निर्माण कार्यले गति लिन्छ ।’
केपी ओली प्रधानमन्त्री हुँदा आएको पार्कको योजना उनी पदबाट हटे पछि औद्योगिक क्षेत्र निर्माण गर्ने कुरा एकाएक गति लिन नसकेको स्थानीयहरु बताउँछन् । औद्योगिक पार्क दमक नगरपालिका वडा नं. १०, कमल गाउँपालिका वडा नं. ६ र गौरादह नगरापलिका वडा नं ८ मा बन्न लागेको हो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved