प्राइम भिजनको खेल सप्ताह सुरु

  • फागुन १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ ।

महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विकको समुद्घाटन गरेको हो ।

समुद्घाटनमा आयोजित पीभीआइएचेम फाइभ के रनमा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए ।

छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता निकिता श्रेष्ठ बनिन् । तेस्रो स्थानमा विनिता राई आइन् ।

दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए ।

दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता धरान रनले गरेको थियो ।
धरान १० कलेज रोडमा अवस्थित प्राइम भिजन इन्टरनेश्नल होटल म्यानेजमेन्ट कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा गरेको छ ।

कोभिड सङ्क्रमणको लामो समय विद्यार्थीमा अतिरिक्त कृयाकलाप नभइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह दिने कलेजका सिईओ अविशेक श्रेष्ठले बताए ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved