इलाम / इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट फागुन ८ देखि इलाम काठमाडौं उडान हुने भएको छ । काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएसँगै उडान हुने भएको हो । साताको प्रत्येक आइतबार उडान गर्नेगरी नगरपालिका र तारा एयरलाईन्सको बीचमा सम्झौता भएको हो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फि भाडा आठ हजार ७ सय कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस
इलाम/ इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरह
काठमाडौं/ रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ। शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो। दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वा
रंगेली/ सरकारले करोडौको वजेट बिनियोजन गरेर खोला कटान नियन्त्रणका लागी तारजाली सहितको तटवन्ध निर्माण गरे पनि स्थानीयले तारजाली काटेर बिक्रि गर्न थालेका छन् । स्थानीय सरकार सहित सरकारको सम्वन्धित कार्यालयले तटवन्धमा लगाइएको तारजाली काटेर विक्री गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका खोलामा लगाइएका तारजाली स्थानीयले काटेर कवाडीलाई विक्री बितरण गर्ने गरेको पाइएको छ । खोलामा आउने वाढीवाट गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुंगा सहितको तटवन्ध निर्माण गरिरहेको छ । पछिल्लो समयमा मोरङ जिल्लाको वक्राहा, चिसांङ, लोहन्द्रा
धरान/ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण गन्धर्व पेशा संकटमा परेको छ ।सहज अवस्थामा गाउँ सहरमा घुमेर सांरगी बजाउँदै आर्थिक संकलन गरी परिवारको जीविकोपार्जन गर्दै आएका गन्धर्वहरु अहिले जीविकोपार्जन गर्न धौ धौ मा परेका छन् । विगत दुई वर्ष देखि कोरोनाका कारण संकटमा परेको पेशा अहिले पुनः कोरोनाको नया भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि पेशा संकटमा परेको गन्धर्वहरु चिन्ता व्यक्त गर्न थालेका छन् । भोजपुर जरायोटारका किरण गन्धर्वले विगतको लकडाउनमा धेरै समस्या भोग्नुपरेको बताए । अब त यस्तो समस्या नआउँला भन्ने सोचेका उनले विगतकै जस्तो अवस्था आउन लागेकोमा उनी चिन्ता व्यक्त गर्छन ।
धरान/ घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । तेह्रथुम फेदाप गाउपालिका–१ महाभीरका ५२ बर्षीय अम्बर बहादुर बस्नेतको रुखको हागाँ काट्ने क्रममा सोमबार करेन्ट लागेर मृत्यु भएको हो । छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा करेन्ट लागी बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक स्थानिय महाकाली उच्च मा.बि. का प्रधानाध्यापक समेत थिए । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको छ ।
धरान/ यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए । “यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो”, उनले भने । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । &ldqu
धरान/ अघिल्लो सरकारले शुरु गरेका योजनाहरूलाई वर्तमान सरकारले निरन्तरता नदिएपछि काँकडभिट्टा–इनरुवा रेलमार्गको मुआब्जा विवाद अन्योलमा परेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको थियो । काँकडभिट्टादेखि इनरुवासम्म रेलमार्गको काम पनि अघि बढ्न लाग्दा मुआब्जा विवादले रोकिएको थियो । सो कामलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्दा अन्योलमा परेको हो । प्रदेश एकका सुनसरी, मोरङ र झापा गरी तीनवटा जिल्लामा रेल गुडाउने योजनासहित अघि बढेको काँकडभिट्टा–इनरुवा रेलमार्गमा उत्पन्न मुआब्जा बिवाद गत असार मसान्तभित्रै टुङ्गिनुपर्ने भए पनि सरकार परिवर्तनले
धरान/ लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको मेचीनगर नगरपालिका–१० बाट दुईजनालाई पक्राउ गरेको छ । मेचीनगर–१० का ३२ वर्षीय विक्रम प्रसाईं र मेचीनगर–९ का ४४ वर्षीय सञ्जय खड्कालाई आइतबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । धुलाबारीको इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार बेलुका साढे ४ बजे प्रसाईंको घरमा भान्सा कोठाभित्र बसिरहेको अवस्थामा उनीहरूलाई ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान र नगद १९ हजार ५ सय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई धुलाबारी इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
धरान/ चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको विरुद्धमा नोबेल मेडिकल कलेजमा विगत केही दिन अघि देखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीद्वारा आक्रमण भए पछि कलेज परिषर दिनभर तनावग्रस्त बनेको छ । गत विहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरीत कक्षा सञ्चालन गरेपछि आइतबार रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । रिले अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले आक्रामण गरे पछि दुवै पक्ष बिच झडप भएको थियो । झडपका क्रममा अस्पतालमा खटिएका सुरक्षाकर्मीको तर्फबाट भएको प्रहारबाट केही विद्यार्थीहरु समेत घाइते भएको विद्यार्थी नेता विरेन