न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू

  • वैशाख ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार देखि हेमोडायलाइसिस सेवा सुरू गरेको हो ।

हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा पनि रहेको छ ।

६ शैयाको हेमोडायलाइसिस सेवाको उद्घाटन न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, वरिष्ठ इन्टरभेन्सल कार्डियोलाजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरूङले संयुक्त रिविन काटेर शुभारम्भ गरे ।

न्यूरोले संचालनमा ल्याएको हेमोडायलाइसिस सेवा सुविधा सम्पन्न रहेको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. विष्टले न्युरोले हेमोडायलाइसिस सेवा सुरू गरेपछि विरामीलाई सेवा प्रवाहमा सहज हुने बताए । ‘हामी सबैको सामुहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुआयामिक अस्पतालको रुपमा स्थापित हुदै गरहेको छ,’ डा. विष्टले भने, ‘हामी प्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यहि कुरालाई मध्यनजर गरि अस्पतालले नयाँ वर्षको दिनबाट हेमोडायलाइसिस सेवा शुभारम्भ गरिएको छ ।’

अस्पताललका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुँदा विरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘अब विरामीहरू भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘न्यूरोले सुविधा सम्पन्न अत्याधुनिक उपकरण जडान गरि हेमोडायलाइसिस सेवा सुरू गरेको छ । अहिले ६ शैय्याको रहेको छ । चाँडै १० शैय्याको पु¥याउने हाम्रो योजना रहेको छ ।’ हेमोडायलाइसिस सेवा सुचारु भएपछि विराटनगर मात्र नभएर प्रदेश १ र मधेश प्रदेशभरीका विरामीहरूले स्वास्थ्य लाभ लिन पाउने उनले बताए ।

कार्यक्रममा वरिष्ठ इन्टरभेन्सल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरूङले हेमोडायलाइसिस सेवा सुरू भएपछि विरामीको उपचारमा सहज हुने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहा।दुर रोका, हस्पिटल डाइरेक्टर ई.रन्जित राज बस्नेत, वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, मेट्रोन इन्चार्ज र हस्पिटलका कर्मचारीहरूको उपस्थित रहेको थियो । सोही अवसरमा अस्पतालले नयाँ वर्षको शुभकामना आदनप्रदान पनि गरेका थिए ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved