कम तौल भएको गुडलाइफ विरुद्ध उजुरी

  • वैशाख ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरसहित पूर्वी बजारमा बिस्कुटको उल्लेख गरिएभन्दा कम तौल भेटिएपछि कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ ।

सुनसरीको दुहबीमा उत्पादन हुने गुडलाइफ बिस्कुट कम तौल भेटिएको तर मूल्य भने उहि तिनुपर्ने देखिएको भन्दै उपभोक्तावादी अधिकारवादी संस्था पब्लिक फोरमले आवश्यक छानबिन र कारवाही गर्न माग गर्दै वाणिज्य तथा नापतौल कार्यालयमा उजुरी दर्ता गराएको हो ।

पाकेटमा २ सय १५ ग्राम तौल उल्लेख भएपनि सो ब्रान्डका बिस्कुटको तौल भने कम फेला परेको पब्लिक फोरमले जनाएको छ । सन् २०२२ फरबरी १५ तारिख उल्लेख भएको ब्याच नं. १९ को गुडलाइभ बिस्कुटमा १ सय ९८ देखि २ सय ग्राम मात्र तौल भेटिएको थियो । कम तौलका कारण उपभोक्ता ठगिन परेको भन्दै आवश्यक छानबिन र कार्वाहीको लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ अनुसारको कारवाही गर्न माग गरिएको फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताएका छन् । उनले भने, “बिस्कुटको ब्याच नं. १९ लटको उत्पादन बजारभरि भएकोले ती सबै फिर्ता लैजाने प्रबन्ध गर्नसमेत आग्रह गरेका छौ ।”

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेले उजुरी दर्ता भएकोले त्यस विषयमा अनुसन्धान गर्ने जानकारी दिंदै कैफियत देखिए कार्वाही हुने बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved