धरान भेट्रान फुटबल कप: दुधे र लेटाङ सेमिफाइनलमा

  • वैशाख ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान र मोरङको लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा सुनसरीको दुहबी भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो । दुधेका लागी भिष्म सिटौला र लोकनाथ राईले गोल गरे । सिटौलाले खेलको ३८ औं मिनेटमा गोल गरेका हुन् भने राईले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन् । दुधेले पहिलो खेलमा जनता भेट्रान इटहरीलाई पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा झापाको विर्तामोड भेट्रानलाई पराजित गर्दै लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ । लेटाङले बिर्तामोडलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको ११ औं मिनेटमा बिर्तामोडका लिलाबहादुर जोशीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । लेटाङकालागी भुवनसिंह राईले दुई गोल गरे भने प्रकाश थापाले एक गोल गरेका थिए ।

मंगलबार हुने पहिलो खेलमा हाम्रो इटहरी भेट्रान र दमक लखनपुर भेट्रानले प्रतिष्पर्धा गर्नेछन् भने दोस्रो खेलमा हाम्रो धरान भेट्रान र एभरेष्ट भेट्रान मोरङ बीच प्रतिष्पर्धा हुने भएको छ । हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved