सामाजिक स्वास्थ्य क्लिनिक १४ औं संस्करण

  • वैशाख ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । परिवर्तनका लागि सामाजिक अभियानको १४ औं संस्करणको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृतिमा. वि. धरानमा सम्पन्न भएको छ । ३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न क्लिनिकमा ६५ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य जा“च गराएका थिए ।

मुटु, मधुमेह र रक्तचापको परिक्षण गरिने कार्यक्रमवी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहको सहकार्यमा भएको हो । स्वास्थ्य जा“च गर्दाको क्रममा विरामीहरुले अस्पताल जान हेलचेक्र्याई गर्नु र खानपानमा ध्यान नदिने समस्या बढी पाईको डा. शाहले बताए । “बिरामी बढ्नुको प्रमुख कारण खानपानमा ध्यान नदिनु र नजिकैको औषधि पसलेको सुझावले दवाई खानु पाईयो” डा. शाहले बताए ।

परिवर्तनका लागि सामाजिक अभियानको क्लिनिक १४ औं संस्करणमा सम्पन्न भएको छ । शुरुवात देखि ९ औं संस्करण सम्म धरान मोडल कलेजमा आयोजित कार्यक्रम वडा–वडामा आयोजना गर्ने लक्ष्य अनुरुप वडा नं. १८, वडा नं. २, वडा नं. १ र वडा नं. १३ मा आयोजना भइसकेको छ । विशेषगरि ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकको लागि आयोजित कार्यक्रम समुदायमा निकै नै प्रभावकारी भएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “वृद्ध बुवा आमाहरुलाई सहज होस् भनेर कार्यक्रम आयोजना गरेका हौं, वहा“हरुलाई सहजता प्राप्त हु“दा हामीलाई आत्मसन्तुष्टि मिल्छ” बरालले भने ।

अभियानका अभियानकर्मी मोहन श्रेष्ठ, विदुर थापा, जेनिश शाक्य, प्रशान्त अग्रवाल, निशान नेपाल, हेम ढकाल, विजय श्रेष्ठको सहभागिता रहेको कार्यक्रममा ६ नं. वडा कार्यालयकी स्टाफ नर्स चेतना परियारले रक्तचाप परिक्षण लगायतका विविध कार्यका सहयोग गरेकी थिईन । समुदायमा निकै नै प्रभावकारी रहेको यस प्रकारको कार्यक्रम निरन्तर रुपमा आयोजना हुनुपर्ने स्थानीय मनिष खड्गीले बताए । ३ नं. वडा कार्यालयका वडाध्यक्ष आशाकुमार श्रेष्ठले आयोजक संस्था, परिवर्तनका लागि सामाजिक अभियान एवम् डा. प्रशान्तशाहलाई धन्यवाद दिएका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved