लालीगुँरास नगरपालिका तेह्रथुम जिल्लाको लालीगुँरास नगरपालिकाका मेयर अर्जुन माबोहाङले मुन्धुमविद्को पहिचान बनाएका छन् । उनी लिम्बू इतिहास र संस्कृतिका जानकार एवम् यिनको संरक्षण अभियानकाअभियन्ता पनि हुन् । यी विषयसँग सम्बन्धित उनका पुस्तकहरू पनि प्रकाशित छन् । मेयरका रूपमा उनले गरेका काम, जनताका अपेक्षा, सङ्घीयताबारे उनको बुझाइ र चुनौतीबारे माबोहाङसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश : लामो समय जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि जनतामा कस्तो अपेक्षा हुँदो रहेछ ? हाम्रो स्थानीय तह पहाडमा पर्छ । चुनावको समयमा हामी घरदैलोमा जाँदा किसानहरूको पहिलो मा
इलाम: अमला, लप्सी र मेल बिक्री नभएर गाउँभरि कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्छ । फलफूल र जडीबुटी बजारमा बिक्री नभएपछि यसबाट आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो, तर अब गाउँका खेतबारीमा कुहिरहेका फलफूल र जडीबुटी खेर फाल्नुपर्ने छैन । इलाम सदरमुकामको अग्र्यानिक नमुना कलेक्सन कोसेली घरले अचार उद्योग सञ्चालन गरेको छ । गाउँघरमा सदुपयोग हुन नसकेका फलफूलबाट कोसेली घरले अचार बनाएर बिक्री गरिरहेको उद्योग सञ्चालक चुँडा रिजाल बताउँछन् । उद्योग नै सञ्चालन गरेर फलफूलबाट अचार बनाइन थालेपछि अब गाउँघरमा फलफूल खेर फाल्नु
इटहरी: चौध वर्षयता फलफूल बेचेर परिवारको पेट पालिरहेका इटहरी—५ का गोविन्द खनाल स्थानीय सरकारसँग रूष्ट छन् । उनले अब पसल सार्नुपर्ने भएको छ, तर कहाँ सार्ने भन्ने ठाउँको ठेगान छैन, त्यसैले उनी चिन्तित पनि छन् । गैसारका अशोक थपलिया पनि यस्तै चिन्तामा छन् । पाँच वर्षयता ठेलामा चियाखाजा बेच्ने गरेका उनको पनि अब कहाँ जाने भन्ने निश्चित छैन । छ लेन लोकमार्गले उनीहरूजस्ता दुई दर्जन फुटपाथ व्यवसायीहरूलाई उठिवास लगाउने भएको छ । सडक निर्माणले गति लिएपछि सडक क्षेत्रमा व्यवसाय गर्ने उनीहरू विस्थापित हुन लागेका हुन् । उपमहानगरले उचित र पायक पर्ने स्थानमा स्थान
धरान: सरकारले सुकुम्बासीहरूको समस्या समाधानका लागि गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ । आगामी असार मसान्तसम्ममा पुर्जा वितरण गरिसक्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । त्यसै क्रममा प्रदेश १ का एक सय ३८ पालिकाहरूमध्ये ३० पालिकाहरूसँग गत मङ्सिर २२ गते विराटनगरमा सम्झौतासमेत भइसकेको छ । आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर इलाम, धनकुटा भोजपुर, झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहसँग सम्झौता गरेको छ । ती स्थानीय तहमा जग्गा उपलब्ध गराउनुपर्ने भूमिहीन तथा सुकुम्बासीको सङ्ख्या पनि
धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य
इलाम: इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण शुरु गरिएको छ । हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट सिरक) लगाएतका सामग्री बितरण गरिने हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए । शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए। करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण
इलाम: इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको बताए । भूमिगत एक तला र भुईं तलमा मोटर पार्किङ्ग, सिनेमा हल र सञ्चार केन्द्रसमेत रहने गरी निर्माण गर्न लागिएको भवन मुलुककै नमूना भवन बन्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । प्रदेश नम्बर १ सरकारको लगानीमा इलाम नगरपालिकाको समेत सहभागितामा निर्माण
धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्नभएको हो । प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतिय राममाबो र चौथो चन्द्र प्रकाशखनालभएभने महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झनाविक र चौथो मिनाकुलुङ भएका छन् । पुरुष र महिला तर्फका प्रथम, द्धितिय, तृतिय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशःनगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफि हात पारे । यस्तै उत्कृष्ट खेलाडीतर्फ रमेश राई र
विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै आंखा अगाडि जनताले बनाएको संविधान बिघटन गरिएको बताएका छन् । दाहालले धेरै संविधान बनेको तर ती सबै संविधान भन्दा २०७२ को संविधान फरक रहेको बताए । विराटनगरमा नेकपाले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने,'ती संविधान राजा महाराजाको अधिकार भन्दै थोपरिएका थिए तर नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागू गरिएको थियो । आंखा अगाडि प्रतिक्रियावादी एजेन्टले संविधान बिघटन गरिदिए । यो लोकतन्त्र माथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो '। उनले नयाँ युगतिर देशलाई लैजाने योजना रहेकोमा जतिबेला संविधान बन्यो कम्युनिष्ट पार्टी एकता
धरानः शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ १६ गते मनाइदै आइएको शहीद दिवस शुक्रबार आज धरानमा पनि मनाइएको छ । प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा शुक्रवार धरान उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको हो । शुक्रबार शहीदको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी ,धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लागयतले शहीदका तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभामुख भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, जहानिया राणा शासन, निरङ्कुश पञ्चायत तथा तानाशाही राजतन्त्र