‘धरानमा नेकपा एमालेको बहुमतले जित्ने माहौल बनेको छ’

  • बैशाख २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

१) धरानको चुनावी माहौल कस्तो छ ?
– हाम्रो नेकपा एमालले धरानमा मेयर, उपमेयर सहित धरानको २० वटै वडामा अध्यक्ष, सदस्य सहितको सबै पदमा १०२ वटैको उमेरद्धारी दिएको छ । अरु पार्टीहरुले सबैमा उमेरद्धारी दिन सकेको छैन । देशव्यापीको हिसाबमा पनि नेकपा एमाले एउटा यस्तो पार्टी हो देशै भरि सबभन्दा बढी उमेरद्धारी दिएको छ । अहिले सम्म निर्बिरोध निर्वाचित हुने संख्या पनि नेकपा एमालेको नै बढी छ । यो अवस्था हेर्दा परिणाम भयो भने पनि यहि हिसाबले आउछ । तर अर्को हामीले बुझने कुरा के हो भने नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार र ऐनले नै यसलाई सरकार कै रुपमा व्यवस्था गरेको छ । संविधानले स्थानिय सरकारलाई थुप्रै जिम्मेवारी दिएको छ । मौलिक हकलाई पुरा गर्ने जिम्मेवारी समेत दिएको छ । जनताले प्रत्यक्ष भेट्ने र प्रत्यक्ष कुरा गर्न सक्ने, प्रत्यक्ष जनताका आवाजहरुलाई आमने सामने जस्तै पुरा गर्न सक्ने सरकार स्थानिय सरकार नै हो । त्यसैले गर्दा पनि जनताको चासो स्थानिय सरकारमा अलि बढी हुन्छ । किनभने आफना दैनिक समस्या आफना गाउका, बस्तीका आवश्यकताहरु पुरा गर्न सक्ने पहुँच पुग्ने भनेको स्थानिय सरकार हो ।त्यस कारण मतदाता जनताको चासो पनि निर्वाचित प्रति व्यापाक छ । पार्टी पनि त्यहि ढंगले लागि रहेका छन् ।
२) उमेरद्धारको विषयमा मतदाताहरु त्यहि सन्तुष्ट हुनुहुन्न भन्ने कुराहरु आएको छ, यथार्थ के हो ?
– हाम्रो पाटीको उमेरद्धारको विषयको चर्चा मलाई त्यस्तो लाग्दैन ।
हाम्रो पार्टीबाट सन्तुलित हिसाबबाट उमेरद्धारी दिएका छौ । ऐनले पनि कल्पना गरेको विशेष गरेर बि.स.२०६३–२०६३ पछिको आन्दोलनमा जुन समावेसीको आवाज उठ्यो । त्यसलाई व्यवस्थापन गर्न निति, विधिहरु संविधान बन्यो । त्यसलाई स्थानिय सरकारको ऐनले परिकल्पना गरेको छ र हाम्रो पार्टीले प्रमुख पदमा महिला उमेरद्धार बनाएको छ । जब कि गठबन्धनका पार्टीहरुले प्रमुख र उपप्रमुख मै महिला उठाएका छैनन । त्यसैगरी धरान जनजाति बाहुल्यता रहेको सहर मानिन्छ । हुन त यहाँ सबै जात जातिका मानिसहरु बस्नु हुन्छ । त्यसलाई गलत व्याख्या गर्नु हुदैन । त्यहि ढंगबाट उमेरद्धारी दिएका छौ । हामीले वडा अध्यक्षमा १७ नंबर वडामा महिला अध्यक्ष दिएका छौ । र अन्य वडाहरुमा पनि विभिन्न अनुभवले पाका देखि लिएर नयाँ अनुहारहरु अथवा युवा पुस्ताहरु, विभिन्न वर्ग, जाती, समुदाय, लिङहरुको प्रतिनिधित्व गरेका छौ । हामीले श्रमजीवीहरुको प्रतिनिधित्व गर्ने, नेतृत्व गर्ने पार्टी भएकोले मजदुर साथीहरुलाई धेरै वडाहरुमा समावेश गराएको छौ, उमेरद्धार बनाएको छौ । त्यसैले वृहत हिसाबले समावेसी ढंगले उमेरद्धार उठाएका छौ । अब जहाँसम्म गुनासोको कुरा छ । मलाई लाग्छ यो बहुलबादी समाजमा जति आफुले भने जस्तै आफुले रोजे जस्तै, आफुले खोजे जस्तै नहुन सक्छ । सबैको चाहाना फरक–फरक हुन सक्छ । तर मलाई लाग्छ हाम्रो पार्टीले दिएको उमेरद्धार हरेक हिसाबले अम्बल हुनेछ जनप्रिय हुनेछ, लोकप्रिय हुनेछ । स्थानिय तह जुन स्थानिय सरकारको रुपमा छ त्यसको जिम्मेवारी पुरा गर्न सक्ने जनताको भावना बुझन सक्ने हुनुहुन्छ ।
३) तर धरान आदीबासी जनजातिको सहर हो । त्यो जन भावनालाई नेकपा एमालेले कदर गर्न सकेन यसपालीको चुनावमा ईतिहासमै त्यो जनभावनालाई कुल्चियो भन्ने आरोपहरु विपक्ष दलहरुको उमेरद्धारहरुले लगाई रहेका छन् र जन गुनासोहरु पनि छ नि?
– धरानलाई आदीबासी बाहुल्यता रहेको सहर मानिन्छ । समावेसीको कुरा गरिरहदा जातिय अनुसारको उमेरद्धारको चाहानाको भावनाको हुनु आउनु स्वभाविक हो । त्यसलाई अन्यथा भन्न पनि मिल्दैन । त्यसमा नेतृत्वकै कुरा नै अलि बढी आउछ र भनिन्छ । यहाँ विभिन्न जातजातीको बसोबास छ । धर्मको कुरा, लिङ्गको कुरा छ, समुदायको कुरा छ । त्यस कारणले हामीले उपप्रमुखको रुपमा जनजाती साथीलाई उमेरद्धार बनाएका छौ । यसैगरी सबै जातजातीको साथीहरुलाई वडा अध्यक्ष र सदस्यमा उमेरद्धार बनाएका छौ । अर्को बुझने कुरा जम्मा १०२ वटा पद छ र प्रमुख र उपप्रमुखको पद दुई वटा मात्र छ । हाम्रोमा प्रमुखको रुपमा धेरै दाबेदार हुनु हुन्थ्यो । त्यसमा को कुन जातिहरुको पर्नु भो भन्नु भन्दा पहिले यो नेपालको भाषा, धर्म, सँस्कृतिका बारेमा हेर्ने दृष्टिकोण, वहाँले गर्ने व्यवहार सहि छ कि छैन भन्ने कुरा चाँहि मुल त हामीले पर्छ । अहिले पनि जाती, भाषा, सँस्कृतिको हिसाबले जनजातीहरु पछि परेका छन् वहाँहरुको विचारलाई सम्वोधन गराउने सहि दृष्टिकोण, मनसाह छ कि छैन भन्ने कुरा हेर्नु पर्छ भन्ने मलाई लाग्छ । अर्को कुरा कतिपय के छ भने पछाडि पारिएको छ भन्ने भनाई अर्को जातीलाई निषेध गर्नुपर्छ भन्ने बुझाई पनि बेठिक हो । मेरो तथा हाम्रो पार्टीको बुझाई के हो भने यो सयौ थुङ्गा फूलका हामी एउटा माला नेपाली भने झै यहाँको सबै जाती, भाषा, सँस्कृतिलाई सबैलाई सम्मान गर्नुपर्छ र पछाडी पारिएको समुदायलाई अगाडी ल्याउनको लागि सकारात्मक विभेद गर्नुपर्छ । विभेद नकारात्मक ढंगले हैन सकारात्मक ढंगले गर्नुपर्छ हाम्रो उमेरद्धारले नि त्यो कुरालाई बुझेर जानुपर्छ । त्यसले गर्दा अब सबै जातजातीलाई सम्बोधन गर्न नसकिने भएकाले यसलाई सकारात्मक बिबेद गरिएको बुझनु हुन्छ भन्ने मलाई लागेको छ ।
४) धरान कम्युनिष्टको गढ गत स्थानिय तहको उप निर्वाचनमा नेकपा एमालेले धरान दुखद पराजय भोग्नु पर्यो फेरि उमेरद्धारलाई किन जिताउने ? धरानको मतदाताले त मेयरको उमेरद्धारले जनताको लागि केहि गरेन भन्ने कुरा व्यापक रुपमा आएको छ । यस स्थानिय चुनावमा यस्तो गुनासो व्यापक रुपमा बढेको छ ।
– कहिले काही निरन्तर नेतृत्व हुदा खेरी जन अपेक्षा गरे जति पुरा नभएको लाग्न सक्छ । अझ बि.स.२०६२ ÷ २०६३ को आन्दोलन पछि र २०७२ सालमा नेपालको संविधान जारी भई सके जन अपेक्षा बढेर गएको छ । त्यो बढाउने काममा हामीले पनि भनेका छौ कि अब राजनीतिक परिवर्तन भई सकेको छ । अब आर्थिक क्रान्तिको, समाज सुधारको, हामीले आमुल परिवर्तन गर्नु पर्छ भनेर भनिरहेकाले जति हुनुपर्ने हो त्यति हुन नसकेको सत्य हो । मैले त्यसको कारण भनि सकेको छु। कि हामीले २०७४ सालमा प्रतिवद्धता गरेको कुराहरु मुलतः हाम्रो नेतृत्व गुमेको कारणले गर्दा, कोबिटको कारणले गर्दा कामसहित अर्थतन्त्रलाई समेत नकारातमक दिशामा लग्यो । तर यी यावत कारणले केहि अप्ठ्यारा भए । यसको मतलब यो मात्र हैन कि हामीले उपलब्धी नै गरेकै छैनौ । हामीले धेरै उपलब्धीहरु गरेको छौ । धरानमा तुलनात्मक रुपमा हेर्ने हो भने स्थानिय सरकारले धेरै कामहरु गरेको छ । तर स्थानिय सरकार भनेको विशेषत मेघा प्रोजेक्टहरु चलाउने भन्दा पनि समुदाय स्तरका कामहरु, टोल स्तरका कामहरु, बस्ती स्तरका कामहरु र विभिन्न सामाजिक कामहरु जस्तैः जनजातीहरुको कुराहरु, भाषाभाषीका कुराहरु, बालबालिकाहरुसँग सम्बन्धीत कुरा, महिलाहरुसँग सम्बन्धीत कुरा, शिक्षाका कुरा यस्ता सामाजिक बिकासका कुराहरुलाई एकदम तल्लो तह सम्म माईक्रो लेवल सम्म जोडेर लाने निकाय चाहि स्थानिय तह, स्थानिय सरकार हो । स्थानिय तहले ठुला काम गर्नु नै हुदैन भन्ने चाहि हैन । यहाँ हामीले धरानलाई केहि आमुल परिवर्तन गर्ने खालका कार्यक्रमहरु जस्तो कि लामो समय देखि जस्तो कि बस पार्कको समस्या समाधान गरेका छौ । हामी बिगतमा फर्केर हेरेउ भने धरानको ठुलो समस्या के हो भने यहाँ उत्तर देखि दक्षिण बग्ने खोलाहरु एकदमै जटिल समस्याहरु हुन्थ्यो । हामी केहि वर्ष अगाडीका डकुमेन्टेशन हेर्दा त्यो आउथ्यो । तर अहिले त्यो आउन छोडेको छ । त्यसको मतलब त्यसको समस्या समाधान भईसक्यो भन्ने हैन । त्यसका लागि पनि थुपै पहलहरुको कामहरु भएको छ। सम्स्याहरुको न्युनिकरण तर्फ गईरहको छ । अहिले बाटोघाटोहरु बनिरहेका छन्, बन्ने क्रममा नि छन् । अहिले विशेषगरी मदन भण्डारी राजमार्ग निर्माण भएकोले गर्दा जसरी राजमार्गको कारणले गर्दा पूर्व पश्चिम राजमार्गले छोएको सहरहरु बढे त्यस्तै अब मदन भण्डारी राजमार्गले पनि छोएको गाउ, बस्ती, सहरहरु अगाडी बढ्छन् । त्यसैगरी जोगवनी किमाथाङ्का बाटो बन्दैछन् त्यसको केहि समस्याहरु छन् त्यसका निरुमण लागि पनि नगर सभामा केहि निर्णयहरु गरेका छौ । त्यसलाइ अगाडी बढाउनु पर्ने छ । फेरि क्रियाशील भएर धरानलाई जिवन्त सहर बनाउन सकिने छ, त्यसमा नेकपा एमालेले बिगतमा जुन नेतृत्व गरेको थियो आगामी दिनमा नि नेतृत्व गर्ने छ ।
५) चुनाब जित्न एमालेलाई निकै कठिन छ भन्ने कुरा आएको छ। गठबन्धन विभिन्न दल मिलेर बनेको छ । एमाले चाहि एकक रुपमा चुनावमा जादैछ जसको कारण एमालेलाई चुनाव जित्न कठिन छ भन्ने कुरा आकलन गरिन्छ नि ।
– देश भरि पनि एमाले एउटा यस्तो पार्टी हो जसले सबै भन्दा बढी उमेरद्धार उठाएको छ । हामीले पनि सबै १०२ वटै पदमा उमेरद्धार उठाएका छौ । एउटा समाज बिकासको परम्परा, नियम, चलन भनौ ठुलो शक्तिको बिरोधमा साना शक्तिहरु एक जुट हुन्छन् । त्यो संसार भरि चलेको कुरा हो । तर एमाले पार्टी हो भनेर स्वाकार गरेको देखिन्छ । हाम्रा आधारहरु भनेका हाम्रा सबै वडाहरुमा, टोल कमिटि, हाम्रो २२ वटा जनवर्गिय संगठनहरु स्थानिय स्तरमा क्रियाशील छन् । विगतमा निर्वाचन जितेका हाम्रा नेतृत्वले १४ वटा वडामा सक्रिय भएर गरेका कामहरुसँग सँगै यो स्थानिय तहको निर्वाचनसँग राष्ट्रिय हितका मुद्धाहरु जोडिने मान्छेहरु त्यो सँग जोडेर हेर्ने बिगतमा एमालेले गरेको स्थानिय तहको कामलाई पनि जोडेर हेर्ने, प्रदेश सरकारसँग भएका कामको करालाई पनि जोडेर हेर्ने ती कामहरु जसले नेपालको राष्ट्रियताको सवालमा बोल्ने पार्टी एमाले हो । ती सवालहरु एमालेले उठाएको छ । नेपालको ग्रामिण बिकास इतिहासमा सुरुवात गर्ने पार्टी काल समय भन्नु पर्दा बि.स.२०५१ मा मनमोहन अधिकारीको पालामा सुरु भएको हो । नेपालको राष्ट्रियताको सवालमा एउटा अन्तराष्ट्रिय क्षेत्रमा समेत आवाज उठाएर गुमेको लिपु लेक र कालापानी विषयलाई संविधानको अनुसुचीमा समावेश गन सक्ने पार्टी एमाले हो । ठुला–ठुला मेघा प्रोजेक्टहरु मदन भण्डारी राजमार्ग देखि लिएर लामो समय निर्माण नभएको हुलाकी राजमार्ग लगायत, विद्युतका कामहरुमा पनि काम संचालन यस्ता ठुला प्रोजेक्ट गर्ने पार्टी एमालेले भएकाले प्रदेश सरकारले पनि शुन्यताबाट सुरु गरेर धरानमा औधोगिक ग्राम बनाउने, सर्दु करिडोरको कार्यक्रम ल्याउने साबिकको पाँचकन्यासँग जोडिएको धरान, हर्दिया, तेलेम्पुर, कन्या पोखरी बाटो निर्माण अत्यन्त तीब्र गतिमा बढिरहेको छ लोकल प्रोजेक्टको रुपमा र खानेपानीको विषयमा केहि समस्याहरु भए त्यसलाई पनि समाधान गर्ने तर्फ लागि रहेका छौ । यी धेरै काम हाम्रो नेकपा एमाले पार्टीले गरेकोले हामी जित्छौ । अहिले घरदैलोमा जादा कार्यकर्ताहरुमा उत्साह पनि त्यहि ढंगको छ ।
६) उपनिर्वाचनमा यहाँहरुले गठबन्धन भएर उठ्दा पनि पराजित हुनुपर्यो । एकल उठ्दा बर्षो देखि धरानमा एमाले जित्ने पार्टी दुई वटा पार्टी एक भए पछि जित्न सक्नु भएन किन ? अनुभव बताई दिनुस् न ।
– त्यसमा हामीले समिक्षा गरेका छौ । त्यसका धेरै कारणहरु छन् । हामीले सिकेका छौ । उपनिर्वाचनको बारेमा सबै कुरा यहाँ सार्वजनिक गर्न पनि उपयुक्त नहोला तर जस्तै अत्याधिक मात्रामा आत्मविश्वासी हुदा हामीले दुई वटा पार्टी मिलिरहदाको अवस्थामा भावनात्मक रुपमा पनि मेल हुनु पर्ने हो त्यो भैनसकेकोले पार्टी फुटेको अवस्था पनि प्रमाणित भयो । आन्तरिक रुपमै भित्रैबाट भावनात्मक रुपमा एकता भएको छैन रैछ भन्नेलगायतको धेरै कारणहरु छन् । यस्ता कारणहरु अहिले सार्वजनिक गर्नु भन्दा नगर्नु नै उपयुक्त हुन्छ ।
७) अब बैशाख ३० गते हुने निर्वाचनमा कति मत अन्तरले जितिन्छ भन्ने बिश्लेषण गर्नु भएको छ ?
– हामी हाम्रा प्रतिष्पर्धी उमेरद्धार जो दोस्रो बन्ने गठबन्धनको उमेरद्धार भन्दा करिब ८ हजार सम्मको मत अन्तरले जित्छौ ।

८) अन्यमा जाँदाजाँदै तपाईहरुको चुनावी कार्यक्रमहरु के–के छन्?
– अब मुलत हाम्रा वडा केन्द्रित कार्यक्रमहरु छन्। वडा अध्यक्ष, वडा सदस्यहरुको घरदैलो कार्यक्रम चलिरहेको छ। हाम्रा प्रखुख, उपप्रमुखका उमेरद्धारहरु सबै वडाहरुमा गईरहनु भएको छ। घरदैलो कार्यक्रम, कोण सभाहरु संचालन भईरहने छ , जुन घरदैलो कार्यक्रम २७ गतेसम्म चलिरहने छ ।

अन्तरवार्ता: रमेश बस्नत
(नेकपा एमाले १ नंबर प्रदेश कमिटी सचिवालय सदस्य
एवं निर्वाचन परिचालन कमिटि धरानको सह–संयोजक)

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved