‘भूमिगत पानीले धरानको आवश्यकता पूरा गर्न सक्दैन’

  • वैशाख २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० गते हुने धरान उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उमेद्वार हर्क साम्पाङले भूमिगत पानीको स्रोतले मात्र धरानेहरुलाई खानेपानी प्रर्याप्त नहुने बताएका छन् ।

विगतदेखि नै धरानको खानेपानी समस्याका विषयमा चर्को मुद्धा उठाउदै आएका साम्पाङले धरानको भानुचौकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै हचुवाको भरमा अध्ययन विना ल्याएको खानेपानी परियोजना सुधार नभएकोले धरानमा खानेपानीको चरम समस्या भएको बताएका हुन् ।

उनले भने–‘धरानको खानेपानी समस्या भूमिगत स्रोतबाट मात्र पर्याप्त छैन, सुख्खा मौसममा धरानको जलाधार पनि सुक्ने र भूमिगत स्रोतबाट पनि पर्याप्त पानी नआउने भएकोले धरानमा खानेपानीको समस्या जस्ताकोतस्तै भएको हो, म मेयरको पदमा निर्वाचित भएर आएपनि पहिलो प्राथमिकतामै खानेपानी समस्या समाधान हुने छ ।’

उनले खानेपानीको समस्या समाधान गर्न नसके आफू जंगल पस्ने बताउदै एकपटक विश्वास गरेर आफूलाई चुनावमा जिताउन आग्रह गरे ।

साम्पाङले धरानलाई राजनीतिक दलबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले धरानको विकास गर्न नसकेको बताउदै यहाका महत्वपूर्ण सरकारी कार्यालय उनीहरुकै कारण अन्यत्र सरेको बताए । उनले भने– ‘यहा रहेका सरकारी कार्यालयहरू क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारिएको, वाणिज्य बैकको क्षेत्रीय कार्यालय, राजश्व तथा गुण नियन्त्रण कार्यालय, क्षेत्रीय अस्पताल, उच्च अदालत, सवारी लाइसेन्स वितरण गर्ने यातायात कार्यालय र नेपाल टेलिकमको कार्यालय दलहरुकै कारण धरानबाट विस्थापित भएको हो ।’

उनले पछिल्लो समय दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत राजनीतिकरण भएकै कारण प्रतिष्ठान डावाडोल हुने अवस्थामा पुगेको बताए । उनले भने–‘मेरो नेतृत्वमा विगतदेखि नै बीपी बचाउ अभियान शुरु गरेको हो, अहिले सबैले बुझेर यसलाइ जोगाउन लागेका छन्, यो पनि धरानबाट विस्थपित भयो भने धरान मृत सहर हुन्छ, हामी सबैले यसलाई बचाउनुपर्छ ।’

साम्पाङ धरान उपमहानगरपालिकाका लागि स्वतन्त्रबाट लौरो चुनाव चिन्ह लिएर मेयरको उम्मेदवार भएर अहिले घर दैलो कार्यक्रममा व्यस्त छन् । भानु चौकमा आज उनकै चुनावी सभा आयोजना गरिएको हो ।

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved