‘विजयपुरको पवित्रता जोगाउन उम्मेदवारी’

  • बैशाख २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

लामो समय सम्म स्थानीय तहमा वडा सचिवको काम गरिसकेका उत्तम आले धरान १४ स्थित विजयपुरका लागि नयाँ नाम होइन् । वडा नम्बर १४ को स्थायीवासी हुन् । उनका बुबा बाजे देखिनै विजयपुरमा रहेको देशकै प्रशिद्ध धार्मिकस्थल बुढासुब्बा मन्दिरका पुजारी हुन् । वडाको विकाश सँगै मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न उनको योगदानलाई नकार्न सकिदैन् । स्थानीय युवाको विकाश होस् वा विजयपुर क्षेत्रमा रहेका मठमन्दिरको प्रवद्र्धनमा उनले वडा सचिव हुँदा वा स्थानीयको हैसियतले पनि उल्लेख कार्यहरु गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उनले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले विजयपुर क्षेत्रको विकाशमा पु¥याएको योगदानलाई कदर गर्दै एमालेले उनलाई वडाअध्यक्षमा उठाएको हो । विजयपुर क्षेत्रको अवश्था, समस्याका विषयमा पुर्ण रुपमा जानकार रहेका आले सँग निर्वाचनकै सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश:

● वडामा तपाईको उम्मेदवारी किन ? 

धरानको १४ नं. वडा धरान भरिको मात्र नभएर देशकै धार्मिक पर्यटकीय क्षेत्र हो । यस पूर्वका जनप्रतिनिधिले १४ नं.वडाको महिमा र गरिमालाई उचो बनाउन सकेको मैंले देखिनँ । धरान भित्रका विभिन्न भूगोल र विशेषगरी १४ नं. वडामा नै लामो समयसम्म राष्ट्रसेवक कर्मचारीका रुपमा भूमिका निर्वाह गर्दा वडाबासीका मूलभूत समस्याहरुसँग म परिचित छु । पर्यटन, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, अन्य सामाजिक क्षेत्रमा देखिएका समस्यालाई मैले राम्ररी अनुभूत गरेको पनि छु । वडाबासीका यी र यस्ता समस्या निराकरण गर्न सक्ने योग्य, सक्षम व्यक्तित्वका रुपमा मलाई देशकै ठुलो ऐतिहासिक राष्ट्रवादी पार्टीले मलाई विश्वास गरी उम्मेद्वार बनाएको छ, यसकारण मेरो वडाध्यक्षका रुपमा उम्मेद्वारी रहेको छ । यसका निम्न आधारहरु छन् ः
– जातीय क्षेत्रीय लैंगिक लगायत सबैखाले विभेदरहित समाजको निर्माण गर्न ।
– ऐतिहासिक पुरातात्विक स्थलको स्वरुपलाई असर नपारी वडाको भौतिक विकास गर्न ।
– समग्र रुपमा विभेदमुक्त, समतामूलक, कुष्ठारहित विजयपुर समाज निर्माणको आधारशिला तयार गर्न ।

● वडाबासीका लागि के कस्तो सुविधा दिने परिकल्पना गर्नुभएको छ ?
– बेरोजगार युवालाई तत्काल रोजागरीको अवसर मिल्ने विभिन्न किसिमका वेल्डिङ, इलेक्टोसियन, मोटर बाइण्डिङ, अटोमोबाइल लगायतका तालिम प्रदान गरी आत्मनिर्भर युवा जमात बनाउनेछु ।
– गृहिणीहरुका लागि फुर्सदका समयमा उत्पादन तथा आयमूलक काम गर्नका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्नेछु ।
– बालबालिकाहरूको व्यक्तित्व विकासका लागि नियमित रूपमा अतिरिक्त क्रियाकलाप गर्ने वातावरण बनाउनेछु ।
– दन्तकाली मा.वि.मा. सुविधासम्पन्न प्राविधिक शिक्षा अध्यापनको व्यवस्था गरी किशोर किशोरीहरुलाई दक्ष जनशक्ति बनाउनेछु ।
– ज्येष्ठ नागरिकहरुका लागि अनुभव साटासाट गर्ने स्थल तथा आमोद तथा आध्यात्मिक स्थलहरु निर्माण तथा आवश्यक समग्री व्यवस्था गर्नेछु ।
– बिरामीहरुको सुविधाका लागि स्वास्थ्य केन्द्रसम्म सहज रुपमा पुग्नका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्नेछु ।

● अहिलेसम्म वडाको के के काम गर्नुभएको छ ?
– म धरान नगरपालिका हुँदैको बखतमा नगरपालिकामा सेवा सुरु गरी २५ वर्ष विभिन्न वडाका वडाबासीहरुलाई इमान्दारीपूर्वक ऐन, नियम, विनियमहरुको पालना गरी सेवा दिएको छु जसमध्ये यस वडामा १५ वर्ष सेवा प्रदान गरेको छु । अन्त्यमा जनप्रतिनिधि बनी अभिभावकीय भूमिका सहित यस वडा र वडाबासीको सेवा गर्न स्वैच्छिक अवकास लिएँ । तबदेखि नै राजनैतिक रुपमा सक्रिय रही विभिन्न प्रकारका सामाजिक कार्य गर्दैआएको छु ।
– राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका धार्मिक आस्थाको केन्द्र र धरान नगरीलाई परिचित गराउने पवित्र धाम बूढासुब्बा मन्दिर व्यवस्थापन समितिको सचिवको जिम्मेवारी सम्हाली यहाँ आउने भक्तजन र पर्यटकहरुका लागि सहज र यस मन्दिर हाताको सुरक्षा, संरक्षण र विकासका लागि निःस्वार्थ भावना राखी तन, मन र वचनले सक्दो भूमिका निर्वाह गरेको छु ।

● वडामा के कस्ता अवसर र चुनौतिहरु रहेका छन् ?
– विजयपुर एक ऐतिहासिक तथा धार्मिकस्थल हो । यसको आफ्नै प्रकारको विशिष्टता रहेको छ । यस स्थलमा हामीहरुलाई विकास पनि चाहिएको छ र हाम्रो ऐतिहासिकता एवम् धार्मिक पवित्रता पनि जोगाउनु पर्नेछ ।
– धार्मिक तथा ऐतिहासिक धरोहरहरुको मौलिकतालाई क्षति नपु¥याई विकास निर्माणका कार्यहरु सञ्चालन गर्न पाउनु गौरवको विषय हो । त्यसलाई मैले अवसरका रुपमा लिएको छु । त्यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न मुख्य चुनौति हो भन्ने लागेको छ ।
अन्त्यमा भन्नुपर्ने केही छ ?
– मलाई पार्टीले जनप्रतिनिधि रही वडाको विकास र वडाबासीको हितका लागि काम गर्न सक्षम छ भन्ने ठहर गरी जिम्मेवारी दिएको छ । यसलाई मैले अवसर ठानेको छु । यस अवसर पाएकामा पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दछु ।
– मलाई यो जिम्मेवारी वहन गर्ने अवसर पाएकाप्रति अग्रज आमाबुबाहरुबाट आशीर्वाद र साथीभाइहरुबाट शुभकामना प्राप्त भइरहेको छ तर आशीर्वाद र शुभकामनाका साथै सबैबाट मैले अभिमतको अपेक्षा राखेको छु ।
– संवैधानिक रुपमा पाँच वर्षमा आउने यो अवसरलाई वडाबासीले साँच्चिकै विवेकपूर्ण तवरले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी नेकपा एमालेको हाम्रो टिमलाई अध्याधिक बहुमतले विजयी गराइदिनहुन हार्दिक अनुरोध गर्दछु । हामी विजयको सुरुवाती दिनदेखि कार्यकालभर प्रतिबद्धता अनुसार कार्य गर्ने प्रण गर्दछौं ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved