धरानमा पाँच हजार सुकुम्वासीले पाए घर नम्बर

  • बैशाख २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान १३ मा स्थित राई टोलका भुमिहिन सुकुम्बासीमा बस्तिका ६४ घर परिवार सुकुम्बासी रहेका छन । झण्डै २० बर्ष पछि २०७४ सालमा स्थानीय सरकार आई सकेपछि उपमहानगरपालिकाको पहिलो निर्णय अव्यवस्थित बस्ती तथा भुमिहिन सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने थियो । सोही निर्णय अनुसार एमालेबाट चुनाव जितेका तत्कालिन मेयर स्व. तारा सुब्वाले तत्कालै निर्णय कार्यन्वयन गरेका थिए । मेयर सुब्वा र तत्कालिन उपमेयर मञ्जु भण्डारीले धरान–१३ स्थित राई टोलमा घर नं. वितरण गरिएको थियो । २० हजार भन्दा बढी सुकुम्वासी रहेको धरानमा यही टोलबाट घर नं. वितरण शुरु गरिएको थियो ।

भुमिहिन सुकुम्बासीलाई घर नम्बर वितरण गर्ने नेपालकै पहिलो उपमानगरपालिकामा धरान पर्छ । त्यहि समयमा अव्यवस्थित भुमिहिन समितिको कार्यविधि निर्माण गरि सो कार्यबाट घर नम्बर वितरण गरिएको छ ।  धरानमा एमाले नेतृत्वको स्थानीय सरकारले सुकुम्वासीलाई व्यवस्थापनको काम शुरु गरे पनि कांग्रेसको नेतृत्व आए पछि रोकिएको व्यवस्थित बसोबास तथा भुमिहीन सुकुम्बासी व्यवस्थापन समितिका कोषाध्यक्ष हरि कार्कीले बताए । 

धरान १३ सुकुम्बासी बस्ति राई टोलका पहिलो घर नम्बर पाउने भाग्यमानी मनबहादुर राई हुन् । घर नं. पाए पछि पानी, बिजुलीबति जोडदा कुनै कामका लागि उपमहानगरपालिका जाँदा, वडा समिति जाँदा घर नम्बरले सहज भएको राई बताउँछन् । पूर्जा पाउने आश गरेको धेरै भयो तर नपाइएको उनले बताए । 

भुमिहिन सुकुम्बासी समितिका सदस्य सीता मगरको अनुसार मेयर तारा सुब्बाको कार्यकाल पहिलो पल्ट राई टोल बस्तिका ३० घरले घर नम्बर पाए पछि आफ्नो वासको सुरक्षा भएको अनुभुती र सरकारको सेवा सुविधा उपभोग गर्न पाएको बताउनु हुन्छ । उनी भन्छिन्, ‘घर नम्बरको आधारमा हामिले तिरको कर बापत हामीले सरकार बाट पाउने सेवा सुविदा पाएको छौं ।’ अब स्थानिय निर्वाचन पछि आउने सरकार जनप्रतिनिधिले सबैभन्दा पहिले सुकुम्बासीलाई लालपुर्जा  वितरण, शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टि गर्न उनले माग गरिन ।

नेकपा एमालेको उपमेयरका उम्मेद्वार पदम लिम्बुले उपमहानगरमा जिते पछि पहिलो प्राथमिकता धरानमा भएको सुकुम्वासीहरुको व्यवस्थापनमा हुने बताए । उनले भने, ‘हामीले थालेको अभियान पुरा गर्न पाएका छैनौ, एमाले नेतृत्व आउने वितिकै हामी प्राथमिकतामा यहाँका सुकुम्वासी व्यवस्थापन हुने छ ।’

धरानमा १३, ११, १७, ८, १५ लगायत वडामा बढि सुकुम्वासीहरु रहेका छन् । हालसम्म ५ हजार ३४ जनालाई घर नं. वितरण गरिएको कोषाध्यक्ष कार्कीले बताए । घर नं. वितरणले उनीहरुको बसोवासमा सुनिश्चिता भएको छ । कसैको स्वामित्व बाहेको क्षेत्रमा बसोवास गर्ने सबै सुकुम्वासीहरुलाई घर नं. वितरण गनेृ योजना रहेको कार्कीले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved