Top 4

    Showing 6,701-6,710 of 9,401 items.
  • सामाजिक सुरक्षाभत्ता अनियमितता आरोपमा अख्तियारको छानबिन

    धरान । सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैंले कारबाहीका लागि अख्तियारमा पत्राचार गरेको थियो । गत १२ पुस २०७७ मा सम्वन्धित कागजातको फायल अख्तियारको कार्यालय इटहरीलाई पठाएको थियो । आर्थिक वर्ष २०७६–०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा गतल कागजपत

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटी सफारीमा महिलाको आकर्षण : आम्दानीको दिगो स्रोत

    धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,418 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाको औद्योगिक पार्कले लिएन गति

    धरान । केपी शर्मा ओलि नेतृत्वको सरकारले बनाएका महत्वकांक्षी योजनाहरु वर्तमान सरकारले कटौटी गरे पछि नेपालको महत्वकांक्षी योजना अन्तर्गत झापामा बन्न लागेको औद्योगिक पार्कको कामले गति लिन सकेको छैन । महत्वकांक्षी आयोजना अन्तर्गत नेपाल चीन फ्रेन्डससीपमा निर्माण हुन लागेको औद्योगिक पार्कको काम अगाडि बढ्न नसकेको हो । चीनको वान रोड वान वेल्ट अन्तर्गत ६३ अर्ब रुपैयामा प्रदेश नं. १ को झापाको दमकमा बन्ने औद्योगिक पार्क जग्गाधनीहरु लाई दिने मुआब्जा, मुलुकको राजनीतिक परिस्थिति, कोरोना कहर लगायतका कारणले बन्न नसकेको बताइएको छ । औद्योगिक पार्क व्यवस्थापन समितिका अनुसार आयोजना प्रस्तावित २२ सय विघा जग्गामध

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,296 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बोर्डले भुक्तानी नदिँदा प्रतिष्ठान समस्यामा

    धरान/ नेपाल सरकारको स्वास्थ्य विमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वीमावापत दिइने रकम निकासा नहुदा वीमा सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम दिएको छैन । रकम निकासा नगरेपछि विमा सेवा बनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै प्रतिष्ठानले बीमा बोर्डलाई वीमा वापतको रकम दिन बोर्डलाई पत्र समेत पठाइसकेको जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विमा रकमको विषयमा बोर्डमा आफै गएर भन्दा पनि अहिलेसम्म रकम नदिएको बताए । उनले भने–‘म आफैं काठमाडौँ पुगेर भने तर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय स्थल शिवजट्टा ओझेलमा

    धरान । धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । यस स्थानमा पुग्ने जोकोहीले शिवजट्टा रमणीय भएको तर भौतिक संरचना भने पर्याप्त नभएको बताउने गरेका छन् । धरान १५का सूर्य बस्नेतले शिवजट्टा अत्यन्तै रमरणीय भएको बताए । उनले भने–‘शिवजट्टा झर्नामा नुहाउन पाउदा  रमाइलो लाग्यो ।’ उनले नजिकै रहेको शिवालयले शिवजट्टाको महत्व अझ प्रस्ट्याउने बताए । उपमहानगरपालिकाको वडा नं. ४ न रहेको शिवजट्टा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,524 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पसको जग्गा प्रकरण : कानुनी प्रतिरक्षा गर्न प्रतिबद्धता

    धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ । समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 963 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • सुनसरीमा आगलागीका घट्ना बढ्दो

    धरान/ आगलागी मानव सिर्जित घटना हो । मानिसकै असावधनिका कारण आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको छ । सावधानी नपनाउदा पछिल्लो समय सुनसरीमा आगलागीका घटनाहरु बढ्दै गएको तथ्याङकले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्सेनि सुनसरीमा आगलागीको घटना बढ्दै गएको देखिएको छ । चालू वर्षमा ८ महिनामा १ सय वटा आगलागीको घटना भएको छ । अघिल्लो वर्ष कुल १ सय ३१ वटा आगलागीका घटना भएको थियो ।चालु अर्थिक वर्षको फागुन १८ गतेसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ७६ दशमलब ३३ प्रतिशत आगलागीको घटना भएका छन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आ व.को ८ मह

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,158 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

    धरान । सुनसरीको गढी गाउँपालिका ६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी ६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् । मंगलबार राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा जनक पार्क निर्माण

    धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रत

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,285 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • होटलमा महिलाको शव फेला : हत्या भएको आशंका

    धरान । पुरुष साथी सँग होटलमा बसेकी एक महिलाको शव भेटिए पछि उनको हत्या हुन सक्ने आशंका गरिएको छ । मंगलबार धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवश्थामा भेटिएकी महिलाको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक इटहरी ५ मा डेरा गरि बस्ने ३९ वर्षिय सुमित्रा तामाङ रहेको खुलेको छ । उनी होटलमा मृत अवश्थामा भेटिएकी थिईन् भने उनका साथी फरार रहेका छन् । महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको छ । अनुहार र जिउमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1,390 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved