धरान । सामुदायिक कुकुरहरुको संख्या बढ्दौ जा“दा धरानमा समस्या हुन थालेपछि कुकुरको बन्ध्याकरण थालिएको छ । मंगलबारदेखि एक हप्ता चल्ने बन्ध्याकरण शिविरमा अहिले धमाधम कुकुरको बन्ध्याकरण गरिदैछ । धरान उमहानगरपालिका र मिमालय एनिमल्स रेस्क्यु ट्रस्ट (हार्ड) नेपालको संयोजनमा भएको शिविरको मुख्य उद्देश्य समुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने रहेको हार्ड नेपालका सञ्चालक खगेश्वर भट्टराईले बताए । उनले भने–‘सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरबाट लाग्ने संक्रमण र कुकुरका कारण मानवले भोग्नुपरेको समस्यालाई मध्य नजर ग री हामीले बन्ध्
धरान । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको मुद्धा खेपिरहेका बराहक्षेत्र चतराधामका सिद्धबाबा कृष्णबहादुर गिरीविरुद्धको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोेकेको छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलाशमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश गरेका थिए । सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले बलात्कार गरेको नभइ मिलेमतोमा करणी गरेको आशय उल्लेख छ । सिद्
धरान । कमिशन खाएर देशलाई गरिब बनाईराख्नेहरु एमालेबाट आत्तिएर सरकार ढाल्न खोजे पनि संसद विघटन गर्न बाध्यता भएको पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले बताएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर सरकार ढाल्न खोजेकाले संसद विघटन गर्न बाध्य भएको उनको दाबी छ । उनले भने, ‘संसद चल्न नदिने, संसदलाई अगाडि बढ्न नदिने, संसदलाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौं, आफ्नै पार्टीका सांसदहरु बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु हाम्रो बाध्यता थियो ।’ उनले अदालतले आफू र आफ्नो पार्टी
धरान । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा भएको संगठनको ११ औं साधारण सभाले सुवेदीको अध्यक्षतामा २० औं सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मैतिकुमारी राई, विकाराम राई, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा राजेश खतिवडा निर्वाचित भएका छन् । संगठनको प्रदेश प्रतिनिधि राजु भुजेल, इन्द्रबहादुर भुजेल र लक्ष्मीकुमारी सुवेदी निर्वाचित भएका छन् भने केन्द्रीय प्रतिनिधि तेजप्रसाद अधिकारी, शारदाप्रसाद धमला, चन्द्रकला धमला, इन्द्रबहादुर पोख्रेल र गोपाल कार्की निर्वाचित भएका छन् ।
‘एउटा बाटो पिच गर्नु, एउटा चौतारो बनाउनु मात्र विकास होइन । तपाईले बनाएको बाटो भोलि उप्किन सक्छ । पिच भत्कन सक्छ । तर साहित्यमा तपाईंले पाँच वर्ष गरेको योगदान स्वर्ण अक्षरले लेखिन्छ ।’यो कुनै महान् दार्शनिकको भनाइ होइन । तर महान् काम गर्ने एकजना सामान्य मानिसको भोगाइ हो । एउटा मन्त्रीले ‘बोल्ने भाँती’ नपुर्याउँदा ‘वडाध्यक्ष’ जत्तिको पनि बुद्धि नभएको भनेर आलोचना गर्छ हाम्रो समाज । त्यही समाजको परिवर्तनका खातिर चेतना र बौद्धिक विकासमा उल्लेखीय काम गर्न सफल धरान १३ का ‘वडाध्यक्ष’ नेत्र काफ्लेको भनाइ हो यो । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे
धरान । स्थानीय तथा प्रदेश सरकारको मिलेमतोमा टेन्डर खुलाई खोला उत्खनन् गर्न जिम्मा ठेकेदार कम्पनीले जथाभावि रुपमा खोला उत्खना गर्ने क्रम बढेपछि सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको छ । साउन १७ गते सर्वोच्चले उत्खनन् रोक्न आदेश दिए पनि उत्खनन् रनरोकिएपछि पुन ः फागुन ११ गते न्यायाधिश मोहन भट्टराई र टंक मोक्ताको इजलासले त्यसलाई निरन्तता दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थासम्बन्धी मापदण्ड, २०७७ र प्रदेश स्तरबाट जारी भएका कार्यविधिको प्रभावकारितामा गम्भीर प्रश्न चिन्ह उठेको छ । पछिल्लो समय मुलुकमा नदीजन
धरान । गर्भावस्थामै पुरुष की महिला पहिचान गरि भ्रुण हत्या गर्ने अहिले पनि भइरहेको बताउँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखःद भएको बताएका छन् । ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उनले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताए । महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पु¥याउनु आवश्यक भएको बताउँदै उनले भने, ‘ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन
धरान । मार्च ८ अर्थात् मंगलबार विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइरहँदा श्रमिक महिलाहरु हातमुख जोर्न काम गरिरहेका थिए । दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने उनीहरु काम गरेको पैसा लगेर आफ्ना लाला बालालाई खुवाउने बाहेक अर्को केही सोचेका थिएनन् । विशेष गरी घर निर्माणमा खटिएका मजदुर महिलाहरुलाई श्रमिक महिला दिवस के हो ? महिले मनाउने गरिन्छ भन्ने सम्म थाहा छैन् । धरान १५ स्थित एक घरमा काम गर्दै गरेकी सविना गुरुङलाई श्रमिक दिवसको बारेमा केही थाहा नभएको बताउँछिन् । श्रमिक महिला दिवसको दिन सरकारी बिदा गरियो तर उनीहरुले बिदा पाउँदैनन् । बिदा बसे भने एक दिनको ज्यालानै मर्छ । गुर
धरान/ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमालेले कमिटि विस्तारलाई तिब्रता दिइएको छ । सोही अनुरुप मंगलबार १४ नं. वडा कमिटिले गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडाको संयुक्त भेलाले हसन्त राईको अध्यक्षतामा ३५ सदस्यी टोल कमिटी गठन गरेको हो । भेलाले सचिव गुनश्वरी राई सदस्यहरु कविता थापा , श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेज ब. आले, फत्त ब. खड्का, कुन्ता आले, अमर बहादुर आले, ध्रुव आले, आश्मिन आले, उज्ज्वल आले, सेच्छा पुलामी, मालती राई, देवी ब. कटुवाल, सन्तोष कुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई , आशा राई, कल्पना श्
धरान । अपाङ्गता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको कम्प्युटर तालिम समापन भएको छ । द लेप्रोसी नेपालको आयोजनामा गौरीभक्त होटल मेनेजमेन्ट प्रालिको प्राविधिक सहयोग र स्पाईनल ईन्जुरी संघ प्रदेश नम्बर १ को समन्वयमा अपाङ्गता भएकाहरुका लागि सञ्चालित आधाभुत तथा डिजाइन सम्वन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो । संघको प्रदेश नम्वर १ का अध्यक्ष विक्रम घिमीरेको अध्यक्षता तथा द लेप्रोसी नेपाल विराटनगरका विपिन दासको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । ४५ दिने तालिममा प्रदेश नम्बर १ का विभिन्न