विराटनगरमा कांग्रेसको भव्य विजयर्‍याली

  • जेठ ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मेयर पद जितेको नेपाली कांग्रेसले विराटनगरमा आइतबार भव्य विजय र्‍याली निकालेको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिको आयोजनामा भएको विजय ¥याली शहीद मैदान अगाडिबाट सुरु भएको थियो । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला निर्वाचित हुनु भएको थियो । मेयर जितेको खुसीयालीमा कांग्रेसले विजय र्‍याली आयोजना गरेको हो । हस्पिटल चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, रानी हुँदै जनआन्दोलन चोक, बरगाछी, दूधफारम, राजवंशी चोक, पुष्पलाल चोक पुगेर पुनः शहीद मैदान अगाडि आएर समापन भएको थियो । सो क्रममा विभिन्न ठाउँमा मतदाताहरुले मेयर कोइरालालाई पुष्प वर्षाका साथै माला र अविर लगाएर बधाई दिएका थिए ।

र्‍यालीमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, प्रदेश–१ का सभापति उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्ता, विराटनगर महानगर सभापति दीपक चापागाईं, उपमेयरमा उपविजेता भएका जसपाका युवा नेता अमरेन्द्र यादव, कांग्रेसबाट विजयी भएका वडा अध्यक्षलगायत सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कांग्रेसले विराटनगरमा मेयरसहित ६ वटा वडा जितेको छ l

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved