इटहरीमा काँग्रेसले इतिहास रच्यो: काँग्रेसको पौड्यालको जितसँगै एमालेले विरासत गुमायो

  • जेठ ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीका दुई उपमहानगरपालिकाले यसपटक फरक परिणाम ल्याउदै इतिहास रचेका छन् । धरान उपमहानगरपालिकामा एमाले र गठबन्धनका दललाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ विजय हुदै इतिहास रचेको छ भने इटहर उपमहानगरपालिकामा भने पहिलो पटक एमालेको विरासतलाई तोडदै नेपाली काँग्रेसका तर्फबाट हेमकर्ण पौड्याल विजयी भएका छन्

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले एमालेका यामकुमार चोङवाङ सुब्बालाई हराएर काँग्रेसले इतिहास बनाएको हो ।

आइतबार बिहान सम्पन्न मतगणना अनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका छन् । पौडेलले ३३ हजार ४९ मत पाउँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याएका थिए ।

मेयर पद गुमाए पनि एमालेले उपमेयरमा भने बाजी मारेको छ । एमालेकी उम्मेदवार सगीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन् । गठबन्धनको उम्मेदवार रहेका विष्टले १८ हजार ३१ मत पाए ।

२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली काँग्रेसले बहुमत वडाहरू गुमाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेस यस पटक ४ वटामा खुम्चिएको छ। एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । इटहरीमा ७३ हजार ८ सय ३२ मत खसेको खसेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved