आइतबार सार्वजनिक बिदा नगर्न फाकफोकथुम र देउमाईको आदेश

  • जेठ १०, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । इलामका दुई पालिकाले आइतबार सार्वजनिक विदा नगर्न आदेश दिएका छन । स्थानीय तह सदस्य निर्वाचन पश्चात पद वहाली गर्दै देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाका प्रमुखले यस्तो आदेश दिएका हुन । फाकफोकथुम गाउँपालिका नव निर्वाचित अध्यक्ष दीपेन्द्र खनालले तीन बुँदे आदेश पत्र प्रस्तुत गर्दे आइतबार सार्वजनिक बिदा नगर्न सरकारी विद्यालय र कार्यालयलाई अनुरोध गरेका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी हप्तामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । घोषणाका क्रममा खनालले गाउँपालिका भित्र सम्पूर्ण फुसका छाना विस्थापित हुन नसक्नुका कारण तत्काल खोजिगरी त्यसलाई एक बर्ष भित्र फुस्को छाना विस्थापित गर्ने बताए । उनले जिल्ला न्याधिसबाट शपथ खाएपश्चात् पदभार ग्रहण गरेका खनालले गाउँपालिकाको केन्द्र रहेको शुक्रबारे बजारलाई धुलो र हिलो मुक्तबनाउन तत्काल स्टिमेट बनाउन इन्जिनियरलाई निर्देशन दिएका छन् । बुधवार गाउँपालिकाको उपाध्यक्ष,वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ ग्रहणको कार्यक्रम रहेको छ । त्यस्तै देउमाई नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद पोख्रेलले नगरपालिका भित्र सम्पूर्ण गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अस्पताल सम्म निःशुल्क पुर्याउने प्रयोजनका लागि आवश्यक एम्बुलेन्स खरिद प्रकृया तत्काल अघि बढाउने बताए । देउमाई नगरभित्र रहेका चुहिने छाना भएका घरहरूलाई आवश्यक भएमा लागत सहभागिताको आधारमा नगरपालिकाबाट जस्ता पाता वितरण गरी फुस्को छाना मुक्त बनाउने पोख्रेलको भनाई छ । उनले नेपाल सरकारले साताको २ दिन शनिवार र आईतवार सार्वजनिक विदा दिनेभनि राजपत्रमा समेत सुचना प्रकाशित गरिसकेको अवस्थामा यस देउमाई नगरपालिका भित्र रहेका सामुदायिक विध्यालयहरू साताको एक दिनमात्र सार्वजनिक विदा कार्यन्वयन गर्न निर्देशन दिएका छन ।

यता इलाम नगरपालिकाका प्रमुख केदार थापाले कडा रोगीको उपचारका लागि जनप्रतिनिधिले पाउने सेवा सुविधाबाट मासिक कटौती गरी नगर प्रमुखको ३ हजार, उप प्रमुखको २ हजार कार्यपालिका सदस्यहरुको एक हजार रुपैयाँ स्वास्थ्य उपचार कोष खडा गर्ने बताए । पद वहाली पश्चात पत्रकार सम्मेलन गर्दे थापाले ९ बुँदे कार्यसुचि प्रस्तुत गर्दे कोष खडागर्ने बताएका हुन । त्यस्तै थापाले सम्पति कर र मालपोत दस्तुरमा १० प्रतिसत छुट गर्ने बताए । सरसफई सेवा शुल्कमा फोहोर संकलन गर्ने गाडीको रुटको ५० मिटर दाँया बाँयामात्र असुल हुने थापाको कार्यसुचिमा उल्लेख छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved