धरान । बिराटनगर स्थित नोवेल शिक्षण अस्पतालले पुनः इआरसिपी सेवा सुरु गरेको छ । कोराना कारण स्थगित भएको इआरसिपी सेवा करिब २ बर्ष पछि पुनः सुरु गरिएको हो । विना चिरफार नै पित्तनलिको पथरिया निकाल्न थालिएको छ । मुखबाट इण्डोस्कोप छिराएर पित्त नलिमा रहेको पथरियालाई विना चिरफार निकालिने विधि नै ईआरसिपी हो । पित्त नलिको ढुङ्गा निकाल्दा पेट र पित्तनलि दुबै चिरेर निकाल्ने गरिन्छ । तर इआरसिपी विधि बाट चिरफार नगरि मुखबाट इण्डोसकोप छिराएर पथरिया निकाल्ने गरिन्छ । यो विधि बिमारीहरुको लागि सहज र फाइदाजनक मानिन्छ । नेपालको तुलनामा कमै मात्रै अस्पतालमा यो विधि प्रयोग भएको पाईन्छ । पुर्वी नेपालमा नै पहिलोपटक २
धरान । नेपालमा सनातन पहिचान सहितको हिन्दूराष्ट्र निर्माणमा देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । राष्ट्र शक्ति नेपाल जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले दलीय स्वार्थका कारण नेपालको पहिचानका रुपमा रहेको सनातन हिन्दूराष्ट्र र राजतन्त्रको अन्त्य भएको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय युवा शक्ति नेपालका संगठन विभाग प्रमुख विराज विष्टले संघीयता विखण्डनको बिउ भएकाले खारेजीको मुद्दालाई पनि अघि सारेको प्रस्ट्याए । उनले सनातन पहिचान सहितको हिन्दूराष्ट्रको मुद्दालाई राष्ट्र शक्ति नेपालले
धरान । सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका ८ का ६८ बर्षीय बुनई यादवलाई प्रहरीले जिवितै उद्धार गरेको छ । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमले गोल गर्न सकेनन् भने थप १५ मिनेटको खेलमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरान १५ का आशुतोष राई, मदन लाबुङ र बावरजंग कार्कीले गोल गरे भने रोमन लिम्बूको प्रहार पोष्ट बाहिरीएको थियो । त्यस्तै धरान–१९ का विनोद राईले मात्र गोल गरे । बविन लामा र आशिष राईको प्रहार बारमा लागेर फर्किएको थियो भने अतित ल
धरान । धनकुटाका स्थानीय तहमा ७० करोड रुपैयाभन्दा बढी रकम बेरुजु रहेको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्थानीय तहले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको ७० करोडभन्दा बढी बेरुजु रहेको देखिएको हो । धनकुटामा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले गरेका प्रतिवेदनमा ७० करोड ६४ हजार २४२ रुपैयाँ बेरुजु देखाएका छन् । धनकुटामा सदरमुकाममा रहेको धनकुटा नगरपालिकामा गत आर्थिक वर्ष ०७७÷७८ सम्म २० करोड ७८ लाख २२ हजार रुपैयाँ बेरुजु रहेको छ । सोही वर्ष १ करोड ३१ लाख १९ हजार रुपैयाँ बेरुजु थपिएको हो भने ४६ लाख ९० हजार बेरुजु फर्छयौट भएको छ । महालक्ष्मी नगर
धरान । पहाडी क्षेत्रका सर्वसाधारण सुविधा खोज्दै तराईका सुविधायुक्त सहरमा बसाई सर्ने क्रम बढ्दै गएको छ । यातायातको पहँुच नपुगेको, विरामी हुदा अस्पताल नहुँदा समस्या भोग्नुपर्ने, सुखसयलमा जीवनयापन गर्नकै लागि गाउँ छोडेर तराई लगायत राजधानी बसाई सर्ने गरेको पाइएको छ । लालीगुराँस नगरपालिका बसन्तपुरका दिपेन्द्र घिमिरे ५ बर्ष अगाडि राजधानी काठमाण्डौ बसाई सरे । ५ बर्ष कोरिया बसेर आएका उनको बसन्तपुरमा अहिलेको याक होटल सञ्चालन गरेको घर हो । बसन्त माविबाट एसएलसी पास गरेर कोरिया गएका उनी कोरियामा मनग्गे आम्दानी गरेपछि काठमाण्डौ सरेका हुन् । अहिले उनले काठमाण्र्डाैको गोंगवुमा शर्मा होटल सञ्चालन गर्दै आएका
धरान । पटक पटक सरकारलाई स्वास्थ्य बिमा वापतको रकम निकासा गर्न आग्रह गर्दा समेत स्वास्थ्य बिमा बोर्डले ढिलासुस्ती गरे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिमा अन्तर्गतका सेवा स्थगित गर्ने भएको छ । स्वास्थ्य विमा बोर्डलाई दाबी गरिए अनुसारको शोधभर्ना रकम उपलब्ध गराउन प्रतिष्ठानले चैत १४ गतेसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम नजिकिदै गए पछि बोर्डबाट सोधभर्ना दिने कुनै प्रक्रिया अघि नबढाए पछि बुधबार सुचना जारी गर्दै बिमा सेवा स्थगित गर्ने जनाएको छ । पछिल्लो समय आम सर्वसाधारणहरुमा स्वास्थ्य विमाप्रति आकर्षित भइरहेका छन् । मात्र ३५ सयमा परिवारको ५ जनाको विमा हुन्छ ।
धरान । नेत्र विक्रम चन्द (विप्लव) मा आवद्ध नेपाल कम्ष्युनिस्ट पार्टीले सुकुम्बासीलाई हटाउने निर्णयको विरोध गरेको छ । उनीहरुले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०७२ साल पछिका सुकुम्बासीलाई उपमहानगरपालिकाले हटाए कडा आन्दोलन गर्ने चेतानी दिएका छन् । पार्टीका धरान नगर सेक्रेटरी सुवास राईले धरानको नमुना सुन्दर बस्तीबाट २०७२ सालपछिको सुकुम्बासीलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् उनले भने–‘ धरान वडा नं ११ र १७ मा रहेको नमुना सुन्दर वस्तीमा बसोबास गर्ने २०७२ सालपछिका सुकुम्बासीलाई हटाउने दुस्साहस गरे हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौ ।&r
धरान । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपानी कांग्रेस रामधुनीको पाटी कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो । समितिको संयोजकमा बिनोद आचार्य चयन भएका छन् । यस्तै सह संयोजकमा सुमन भट्टराई, सचिवमा हेमन्त चौधरी, सहसचिवमा सरोज राउत र कोषाध्यक्षमा होम कुमारी चौधरी चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा मानिस चौधरी, मान्यता साह, कृष्ण सरदार, रेनु राई, हिना चौधरी, संगीत चौधरी, भुपाल खतिवडा, निसान राइ, ज्योती पोखरेल, बिजय राई, एलएन गच्छदार र रविन राउत चयन भएका छन् । सल्लाहकारमा राम कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमला चौधरी, रामन्द
धरान । प्रदेश स्तरिय दलित अधिकार ऐन निर्माण गर्न प्रदेश १ का जनप्रतिनिधीहरुले माग गरेका छन । प्रदेश १ को पहिलो भेलामा सहभागी जनप्रतिनिधिहले तुरुन्तै दलित अधिकार ऐन निर्माण गर्न सरकार र सांसदहरुसँग माग गरेका हुन्। ५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ९ २१ मार्च० को अवसरमा बिराटनगरमा भएको प्रदेश १ का जनप्रतिनिधिहरुले प्रदेशमा दलित अधिकार ऐन नहुँदा बजेट निर्माण र कार्यक्रम परिचालनमा दलितहरुको सहभागी हुन नसकेको बताएका छन् । उनिहरुले जातिय विभेद र छुवाछुत व्यवहारमा उन्मुलन हुन नसकेको र दलितहरुको शीप र क्षमता बृद्धि गराउन संरचना निर्माण नभएको गुनासो गरेका छन् । सोमबार र मंगलबार विराटनगरमा