उद्घाटन नै नभई पुल भाचियो: सर्वसाधारणको जनजीवन कष्टकर

  • जेठ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालमा बनेका पुलको गुणस्तरीयता कस्तो छ भनेर हेर्न टाढा जानु पर्दैन । उदयपुरको चौदण्डीगढीमा पुगे हुन्छ । बनेको पुल उद्घाटन हुन नपाउदै भत्किएको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुल उद्घाटन नै गर्न नपाई भाचिएको हो । पुल भाचिएपछि विगतदेखि नै कष्टकर जीवन विताउदै आएका त्यस भेगका बासिन्दाको जीवन अझ कष्टकर हुने देखिएका छ ।

वर्षायाममा यस भेगका बासिन्दाहरुले पुल नहुदा खोला तर्न नै धौ धौ पथ्र्यो, पुल निर्माणपश्चात सहज हुने अपेक्षा लिएका सर्वसाधारणको सपना तुहिएको छ ।

बनिसकेको पुल भत्किएपछि पुल बनिने आशा समेत मरेर गएको छ ।

विगतमा गाउका सर्वसाधारणको लागि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरु ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य थिए । अहिले पनि उनीहरुको दिनचर्या उस्तै हुने भएको हो ।

पुल नहुँदा चौदण्डीगढी–५ स्थित सिवाई–बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए । उनले भने, ‘१२ वर्षपछि पुल बनेको थियो । तर उक्त पुल उद्घाटन नहुँदै भत्किएपछि सिवाइ–बेल्हाका वासिन्दा ज्यान जोखिममा राखेर तर्न बाध्‍य छौं ।’

दैनिक वर्षाको कारण नदीमा पानीको बहाव बढ्दै जान थालेपछि बेल्टार बजार आउजाउ गर्नुपर्नेहरु डराएका छन् । अहिले सम्म जोखिम मालेर नदी तर्ने गरेका छन् चौधरी भन्छन्–‘पुल बनिसकेपछि अब गाउलेको दिनचर्या सहज हुने भयो भन्ने लागेको थियो, तर पुल उद्घाटन हुन नपाउदै भत्कियो, गाउलेलेको जीवन पहिलाकै जस्तो दुःखमा वित्ने भयो ।’

चौदण्डीगढी– स्थित सिवाइ बेल्हा जोड्‍ने उक्त पुलको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो नदेखाएको वडा नम्बर ५ का वडाअध्‍यक्ष– तुलसीराम ढकालले बताए । उनले नगरपालिकासँग यसबारेमा थप बुझ्ने बताए । उनले भने, ‘पुल भाँचिएपछि सम्बन्धित निकाय कसैले पनि चासो देखाएका छैनन् । वर्षायाममा यहाँका वासिन्दाले दुःख पाएका छन् । यसबारेमा म सम्बन्धित निकायमा कुरा राख्छु ।’

गत वर्ष असार १९ गते त्रियुगा नदीमा आएको बाढीले पुलको एउटा पिलर भासिएको थियो भने दुई वटा स्लाब बगाएको थियो । बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएका थिए ।

पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर गोपाल खकुरेलले सडक विभागको निर्देशन नआउँदा काम अघि बढाउन नसकेको बताए ।

उनले भने, ‘ अहिले वर्षायाम सुरु भइसकेको छ । पुलको निर्माणको लागि बजेट आए पनि सडक विभागबाट निर्देशन आएको छैन । त्यसमा पनि कस्तो डिजाइन, कन्स्ट्रक्सनमा बनाउने भन्‍ने खाका नआएकाले काम हुन नसकेक हो ।’

पुल भत्किएपछि पुल कहिले बनिने भन्ने अन्यौल छाएको छ । सडक विभागले जिम्मा लिएको सो पुलका विषष्मा विभागले कुनै निर्देशन नदिएकोले तत्काललाई पुल बन्ने कुरा टरेको इन्जियनर खरेल बताउछन् ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved