युएनमा सेफ प्रतियोगिताको आयोजना हुने

  • जेठ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको युनाइटेड नेशनल कलेज (युएन कलेज) ले विद्यार्थीलाई भविष्यमा अतिथि सत्कार र पर्यटन प्रवद्र्धन गर्न सिकाउने लक्ष्यसहित प्रदेशस्तीय सेफ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आयोजक युएन कलेजले बुधबार पत्रकार सम्मेलन गरी धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने र विजेतालाई नगद १ लाख प्रदान गरिने जनाएको हो ।
प्रतियोगिता असार ६ गते हुन लागेको हो । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीरुको लागि प्लेटफर्मको रुपमा कार्यक्रम गर्न लागेको बताए । उनले भने–‘होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको सीपलाई उजागर गर्न हामीले प्रतियोगिता आयोजना गरेका हौ, यसले पक्कै पनि विद्यार्थीहरुको प्लेटफर्मका रुपमा काम गर्छ भन्ने हामीलाई लागेको छ ।’

उनले प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले मात्र भाग लिन पाउने बताए । उनले भने–‘होटल मेनेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउनेछन् । हरेक कलेजबाट अधिकतम २ वटा समुहले भाग लिन पाउने छन् । समूहमा २ जना विद्यार्थी रहनेछन् ।’

होटल मेनेजमेन्टका कोडिनेटर गगनमान श्रेष्ठले यो प्रतियोगिताले पर्यटन र समग्र हस्पिटालिटी इण्ड्रष्ट्रिमा महत्वपुर्ण योगदान पु¥याउने बताए । उनले भने,‘सैद्धान्तिक शिक्षा लिएका विद्यार्थीहरुलाई व्यवहारिक रुपमा उतार्न यो प्रतियोगिताले ठूलो सहयोग पुग्छ ।’

विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक रुपमा ज्ञान हासिल होस् भन्ने उद्देश्यले पनि प्रतियोगिताको आयोजना गरिएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले बताए । उनले भने–‘विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको आवश्यकता पर्छ भविष्यमा उनीहरु आत्मनिर्भर बन्न सकुन् भन्ने हाम्रो उद्देश्य हो ।’ कलेज प्रमुख तुम्बाफोले होटल म्यानेजमेन्टमा प्लस टु लेभलमा पढाई हुने ३० भन्दा बढी कलेजहरु भएको बताउदै सबै कलेजहरुलाई प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउन आग्रह गरिएको बताए ।

आयोजककाका अनुसार प्रतियोगितामा विजेता हुने विद्यार्थीलाई बिएचएममा छात्रवृत्तिसहित नगद १ लाख रुपैया र ट्रफी पुरस्कार दिइने छ भने फष्ट रनरअपलाई छात्रवृत्तिसहित नगद ५० हजार र सेकेण्ड रनरअपलाई छात्रवृत्तिसहित नगद ३० हजार पुरस्कार प्रदान गरिने छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved