खाद्य सुरक्षामा सबै जिम्मेवार बनौँ (सम्पादकीय)

  • जेठ २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

अहिले खाद्य असुरक्षा विश्वव्यापी समस्याका रूपमा देखा परेको छ । यही खाद्य असुरक्षालाई ध्यानमा राखेर छिमेकी मुलुक भारतले गहुँ, चिनीजस्ता खाद्य पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपाल पनि खाद्य असुरक्षा भएका मुलुकहरूमा पर्छ । विश्व भोकमरी सूची–२०२१ मा समेटिएका ११६ मुलुकमध्ये नेपाल ७६ औँ स्थानमा छ । यहाँका करीब ४६ लाख नागरिक अझै पनि कुनै न कुनै रूपले खाद्य असुरक्षाको अवस्थामा छन् । पछिल्लो समय चर्किएको रुस–युक्रेन युद्धपछि खाद्य असुरक्षा अझै बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि भएको छ भने खानेतेलको मूल्यवृद्धि पनि सर्वसाधारणले थेग्नै नसक्ने गरी भएको छ ।

खाद्यान्नको अभाव एकातिर छ भने अर्कातिर नेपालमा खाद्यान्न तथा खानेकुरा खेर जाने क्रम पनि उस्तै छ । संयुक्त राष्ट्र सङ्घको ‘फूड वेस्ट इन्डेक्स रिपोर्ट–२०२१’ मा नेपालमा हरेक वर्ष करीब २२ लाख टन खानेकुरा खेर जाने गरेको उल्लेख छ । यो प्रतिवेदनबाट के देखिन्छ भने नेपालको प्रत्येक घरधुरीले वार्षिक रूपमा औसत ७९ किलो खाद्यान्न तथा खानेकुरा खेर फाल्छ ।
यो निकै चिन्ताजनक विषय हो । एकातिर लाखौँ नागरिक खानेकुराको अभावमा बाँचिरहेका छन् भने अर्कातिर लाखौँ टन खानेकुरा खेर गइरहेको छ । यस विषयमा हामीले गम्भीर बन्नैपर्छ । आगामी दिनमा खाद्यान्न असुरक्षाको समस्या अझ जटिल बन्दै जाने निश्चित छ । यसको सामना गर्न हामीले अहिलेदेखि नै आप्mनो बानीमा सुधार गर्नु आवश्यक छ । चाहिनेभन्दा बढी पकाएर बाँकी रहेको खानेकुरा फाल्ने बानीले गर्दा खानेकुरा खेर गइरहेको छ । त्यसो त समयमै नभित्र्याउँदा वा भित्र्याउने क्रममा खेतबारीमै पनि खाद्यान्न खेर गइरहेको हुन्छ ।

खाना फाल्ने बानीले खानेकुरा खेर जानेमात्र होइन, फोहोर उत्पादनलाई पनि बढाइरहेको छ । अधिकांश शहरी क्षेत्रमा अहिले फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बन्न पुगेको छ । त्यसकारण खानेकुराको सदुपयोग गर्दा खाद्यान्न असुरक्षा कम हुनेमात्र होइन, फोहोर निष्काशनमा पनि कमी हुने देखिन्छ । यसले फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्ने निश्चित छ । त्यसकारण खानेकुरा फाल्ने बानी हामी सबैले त्याग्नु आवश्यक छ । आवश्यकताभन्दा बढी खानेकुरा भागमा लिएर पछि खेर फाल्ने बाल्नी तत्काल छाड्नु आवश्यक छ । होटल–रेस्टुरेन्टमा खान जाँदा पनि उब्रिएको खानेकुरा प्याक गरेर घरमा ल्याउने बानीको विकास गर्नु आवश्यक छ । किरानापसल, होटल तथा रेस्टुरेन्टहरूले पनि ठूलो परिमाणमा खाद्यान्न र खानेकुरा खेर फाल्ने गरेका छन् । इसरी खानेकुरा खेर फाल्नुभन्दा खाद्य असुरक्षामा भएका मानिसहरूलाई बाँड्ने अभियान चलाउनु उचित हुन्छ । यहाँ त हरिया तरकारीहरू पनि सस्तोमा नबेच्ने बरु बिग्रिएर जथाभावी फाल्ने गरिएको देखिन्छ । यस्तो अवस्थामा सुधार गरिनुपर्छ । बिक्री नभएका, खेर जान लागेका तर गुणस्तरीय खाद्यान्न तथा खानेकुरा सामाजिक संस्थाहरूमार्पmत् बेलैमा सङ्कलन गरी गरिब र भोकमरीमा परेकाहरूलाई बाँड्न सकिन्छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved