Top 4

    Showing 6,481-6,490 of 9,400 items.
  • धरानका मठमन्दिरमा घुँइचो

    धरान । धार्मिक महत्व बोकेको धरान स्थित विजयपुरको मठमन्दिरहरुमा नयाँ वर्षको पहिलो दिन पुजाआजा गर्ने भक्तजनहरुको घुँइचो लागेको छ । विशेष पर्व बाहेक विजयपुरका मठमन्दिरहरुमा शनिबार मात्रै घुँइचो लाग्ने गरेको भए पनि विहिबार नयाँ वर्ष २०७९ को पहिलो दिन परेकाले भक्तजनहरुको भिड लागेको हो । नयाँ वर्षको पहिलो दिन विजयपुर क्षेत्रमा धरान देखि बाहेक मोरङ, सुनसरीका अन्य नगरबाट पनि भक्तजनहरु आएको स्थानीय प्रेम श्रेष्ठ बताउँछन् । विजयपुर क्षेत्रका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर लगायत अन्य मन्दिरहरुमा पनि दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरुको घुँइचो लागेको छ । विहिबार कुनै पौराणिक तथा धार्मिक महत

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,380 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहर पछिको नयाँ बर्ष: भेडेटारमा पर्यटकको चहलपहल

    धरान । कोरोनाका कारण विगत दुई बर्ष नयाँ बर्षमा कुनै चहल पहल नभएको सागुरीगढी ६, भेडेटारमा यस वर्षको पहिलो दिन चहल पहल बढेको छ । कोरोना संक्रमणका समयमा सरकारले लगाएको लकडाउन र सर्वसाधारणमा कोरोनाको सन्त्रास भएकै कारण विगतका दुई वर्ष भेडेटारमा नयाँ बर्षमा सुनसान थियो तर यस बर्ष कोरोना सहज बन्दै गएपछि भेडेटारमा सर्वसाधारणको आवागमन बढेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘दुई बर्ष त भेडेटार सुनसान रहयो, नयाँ बर्ष आएको जस्तो पनि लागेको थिएन, तर यस बर्ष भने केही चहलपहल भएको छ, भेडेटारका व्यवसायी ०७९ को नयाँ बर्षमा आएका आन्तरिक तथा वाह्य पर्यटकका कारण उत्साहि

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचन विषेश: “धरानको माटोले मलाई माग्यो”

    विद्यार्थी राजनितिबाटै राजनितिक जीवन शुरु गरेका विजय राईको नाम वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा सिफारिस भएका छन् । धरान उपमहानगरपालिकाले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गर्दा विजय राई पनि छन् । २०२७ सालमा जन्मिएका राईले व्यवस्थापन संकायबाट एमबीए र राजनितिशास्त्रमा एम ए र १ वर्षे बिएड गरेका छन् । २०४१ सालमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा मोरङको बाहुनीमा रहेको जनता मा.वि बाट अनेरास्ववियु प्रारम्भिक कमिटि बाट सुरु गरेका थिए । अहिले उनि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र १ (ख) का इञ्चार्ज हुन् । अघिल्लो उपनिर्वाचनमा पनि

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 3,535 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लेटाङ प्रहरी हत्या प्रकरण : गोलि हानेको पुष्टि, १५ जना विरुद्ध मुद्धा

    धरान । मोरङको लेटाङ स्थित एक विद्यालयकी एक छात्रा माथि यौन दुव्र्यवहार गरेको घटनामा सुरक्षामा खटिएकी प्रहरीलाई धारिलो हतियारले नभई गोलि हानेर हत्या गरिएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टले गोली लागेर श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको छ । प्रदर्शन थप उग्र बनेपछि त्यतिबेला स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रदर्शनकारीले पनि गोली चलाएको प्रहरी दाबी छ । महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारसँग ‘म्याच’ नखाएकाले प्रदर्शनकारीले चलाएको गोलीले उनको मृत्यु भएको दाबी गरिएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई पक्राउ र हतियार बरामद गरेक

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनको विरुद्धमा कांग्रेसका कार्यकर्ता

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णय गरे पछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टिकै बाबजुद मोेरङमा तालमेल नगरी एकलै निर्वाचन लड्ने मोरङ कांग्रेसले निर्णय गरिसकेको छ । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा समेत कांग्रेस तालमेलको विरुद्धमा रहेको छ । कांग्रेसका इटहरी उपमहानगरपालिकाका नगर सभापति हेमकर्ण पौड्यालले पत्रकार सम्मेलन नै गरेर तालमेल नगर्ने बताएका थिए । उनले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जान सक्ने र निर्वाचन जित्ने बताउदै साना दलहरुसंग तालमेल नभई सहकार्य गर्न भने सकिने बताएका थिए । नेपाली कांग्रेस निर्

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 1,336 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तमू ह्युल छोंज धींको महासचिवमा धरानका डम्बर गुरुङ र्निवाचित

    धरान । चितवनको भरतपुरमा भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशनबाट धरानका डम्बर गुरुङ महासचिवमा निवार्चित भएका छन् । चैत २८ र २९ गते चितवनको भरतपुरमा सम्पन्न भएको महाधिवेशनबाट गुरुङ महासचिवमा निर्विरोध निवार्चित भएका हुन् । उनी यसअघि राष्ट्रिय परिषदको सहमहासचिव थिए । महाधिवेशनले चितवनका कर्णबहादुर गुरुङको अध्यक्षतामा ७७ सदस्यीय राष्ट्रिय परिषदको नेतृत्व निवार्चित गरेको छ । महाधिवेशनले सुनसरी (धरान) कार्यक्षेत्र भएका बकसमान गुरुङ र कर्ण गुरुङलाई पनि केन्द्रीय सदस्यमा निर्विरोध निवार्चित गरेको छ । राष्ट्रिय परिषदको कार्यकाल ३ बर्षको हुन्छ । नवनिवार्चित महासचि

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 1,096 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्तमान सरकारले देश अघि बढाउन सकेन्’

    धरान । वर्तमान सरकारले रणनीतिक महत्वका सडक योजनाहरु, विकास निर्माणको कामहरु कटौती गरेर देशलाई अघि बढ्नबाट रोकेको आरोप लगाए । इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए । सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । उनले भने, ’हामीले नक्सा छाप्यौ, अहिलेको सरकार भरसक त्यो नक्सा कसरी हटाउने भन्नेतर्फ छ ।’ ओलीले व

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी सुधार आन्दोलनलाई राप्रपाले सहयोग गर्ने

    धरान । बीपी सुधार आन्दोलनमा लागेको ‘हामी नेपाल’ संस्थाको आन्दोलनलाई राप्रपा धरान नगरकमिटीले समर्थन जनाउने भएको छ । पार्टीले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै धरानको गहना बीपीमा भएको विकृति, विसगति हटाउन ‘हामी नेपाल’ संस्थाले घोपा बचाउ अभियान चलाएकोप्रति आफूहरुको ऐक्यवद्धता रहेको जनाएको । राप्रपा धरान नगर कमिटीका अध्यक्ष नविन पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ हामी नेपाल नामक संस्थाले आयोजना गरेको घोपा बचाउन अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समिति पूर्ण रुपमा समर्थन गर्छ ।’ पार्टीले राप्रपा यसपटक स्थानीय चुनावमा प्रतिष्पर्धाक

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘यसपालि पनि जीत काँग्रेसकै हो’

    सरकारले स्थानीय तह निर्वाचनको मिति वेैसाख ३० गते तोकेर राजनीतिक पाटीको उमेद्धवार दर्ताको मिति पनि तोकिसकेको छ ।वेैशाख १३ गते राजनीतिक पाटीले आ–आफ्नो दलको तर्फबाट उम्मेद्धवार निर्वाचन आयोगको जिल्ला कार्यालयमा दर्ता गराउँदैछन् । हरेक स्थानीय तहमा चुनावको माहौल पनि वढ्न थालेको छ । धरान उपमहानगरमा पनि अव चुनाव मार्फत आफ्नो दलको तर्फबाट उम्मेद्धवार वनाउनको लागि दौड तथा सहित चुनावमा उम्मेद्धवार आँकाक्षीहरुको दौडधूप पनि शरु हुन थालेको छ । आँकाक्षी उम्मेद्धवारको नाम पनि चर्चा हुन थालेका छन् । यसै वीच नेपाली काँग्रेस धरानको नगर सभापति श्यामपोख्रेलसँग कोशीपत्र देनिकले आगाी हुने स्थानीय चुनावको पेर

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रयाक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

    धरान । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ स्थित मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटनाहुदाँ १ जनाको मृत्यु भएको छ । मगंलबार राती १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुदा रामप्रसादराई ७ का २० बर्षीय जेबि राई गम्भिर घाईते भएको भनि ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घाईतेलाई जिल्ला अस्पताल भोजपुर पठाईएकोमा उपचार हुन नसकि डाक्टरले मृत घोषणा गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved