संविधानमानै उल्लेख महिला आरक्षण: महिलाहरु भने बासको सुनिश्चितता नभएको भन्दै आन्दोलित

  • असार १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । महिला आरक्षणको कुरा नेपालको संविधानमै उल्लेख छ । हरेक क्षेत्रमा महिलाको आरक्षणको व्यवस्था गरिएको छ तर अहिले महिलाहरु भूमि र बासको लागि आन्दोलन गर्नुपर्ने अवस्था रहेको छ ।

भूमिहीन महिलाहरुले भूमि र बासको सुनिश्चिताको माग गर्दै आइतबार पदयात्रामा निस्किए भने सोमबार प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए ।

नेपाल महिला एकता समाज धनकुटा, सुनसरी, झापा र मोरङको व्यानरमा भूमिहीन सुकुम्बासी महिलाहरुले भूमि र बासको अधिकार माग गर्दै पद यात्रा शुरु गरेका हुन् । पदयात्रा मार्फत प्रदेश १ मन्त्रालय र भूमि मन्त्रालयमा सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

भूमि र बसोबास पहिलो आवश्यकता रहेको भएपनि सरकारी स्तरबाट कुनै किमिसको गम्भीरता नदेखाएकै कारण आफूहरु आन्दोलित हुनुपरेको अभियन्ता सीता मगरले बताइन् । उनले भनिन्– धनकुटा, सुनसरी, झापा र मोरङ जिल्लाबाट एकै साथ आइतबारबाट पदयात्रा सुरु ग¥यौ । सोमबार हामीले प्रदेश सरकारलाई अत्यावश्यक कुरा भूमि र बसोबासको ज्ञारेन्टी गरिनुपर्छ ज्ञापनपत्र बुझाएका छौं ।’

महिला अधिकारमात्र नभएर महिलाहरुलाई बासको अधिकार पनि सुनिश्चित हुनु पर्ने महिलाहरुको भनाई थियो्सुकुम्बासी महिला अधिकारका लागि संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि पदयात्राको कार्यक्रम पहिलो पटक गरिएको अभिन्ता मगरको भनाई छ ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved