सिद्धि नेवाः परिषद्द्वारा निःशुल्क आँखा शिविरको आयोजना

  • असार १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सिद्धि नेवाः परिषद् धरानले नि: शुल्क आँखा शिविरको आयोजना गरेको छ ।

मंगलवार परिषद्को भवनमा सम्पन्न शिविरमा १ सय १७ जनाले आँखा जाँच गरेका थिए । नेपाल नेत्र ज्योति संघ बिराटनगर आँखा अस्पताल रानीका चिकित्सक टोलिले आँखा जाँच गरेका थिए । शिवरमा शल्यक्रियाका लागि छनौट भएका विरामीहरुका लागि नि: शुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको परिषद्क अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताए । विरामीका लागि सहुलियत दरमा चश्मा तथा औषधि समेत उपलब्ध गरिएको थियो । आँखा जाँच गरेका विरामीहरुकालागि आवश्यक परामर्श गरिनुका साथै थप उपचार गर्न नसक्ने भए संस्थाले आवश्यक सहयोग गर्ने समेत योजना रहेको शिविर संयोजक मोहन श्रेष्ठले बताए ।

शिविरमा निवर्तमान अध्यक्ष सरला कायस्थ , उपाध्यक्ष मदनमान अमात्य, कोषाध्यक्ष भरत मोहन पलिखे, सचिव तारा प्रधान, सदस्य तुलसी प्रसाद श्रेष्ठ, उमेश श्रेष्ठ, ज्ञानु श्रेष्ठ, मन मोहन पलिखे, हरिकृष्ण श्रेष्ठ, शलुजा मास्के, निश्चल मोहन पलिखे लगायतको सहभागिता रहेको थियो ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved