मेयर साम्पाङको प्रयास: सरोकारवालासँग कोशी पुगेर सम्भाव्यता अध्ययन

  • असार १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको बर्षौदेखिको खानेपानीको समधान गर्छु भनेर निर्वाचिन जितेका हर्क साम्पाङले धरानेहरुलाई खानेपानी सहज रुपमा खुवाउनका लागि प्रयास गरिरहेका छन् ।

कहिले जलाधार क्षेत्रको सरसफाई, मुहानमा काम नलाग्ने पाइप फेर्ने, कहिले पिलुवा खोलामा पुगेर जनश्रमदान गर्न आवहान गर्ने काममात्र हैन धरानको भूमिगत स्रोतको रुपमा रहेको धरान ८ मा रहेको पम्पिङ साइडमा पुगेर खानेपानीको आपूर्तिमा समस्याको जडबारे बुझ्ने लगायतका कामहरु गरिरहेका छन् ।

कोशीको पानी नै धरानेहरुको दीर्घकालीन समस्या समाधान देखेका मेयर साम्पाङ पछिल्लो समय विज्ञहरुसंग कोशीमै पुगेका छन् ।

सप्तकोशीबाट पानी ल्याउने एजेन्डा नै बोकेर निर्वाचनमा होमिएका उनले एजेण्डा कार्यान्वयन गर्नका लागि हरतरह प्रयास गरेका छन् ।

सोमबार उनी संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञहरुसंग सप्तकोशीको पानी धरानको स्थायी समाधान हुने सम्भावना देखेरै विभाग, भारतीय र नेपाली परामर्शदाता, विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको हो ।

अध्ययनका क्रममा मेयर साम्पाङले सप्तकोशीको पानी धरानको दीर्घकालीन समस्या समाधान भएको बताए । उनले भने –‘धरानमा तीन बर्षभित्र कोशीको पानी ल्याउन सकिने विज्ञहरुले जानकारी बताए, असम्भव भन्ने कुरा छैन भन्ने कुरा बुझियो यो धरानको लागि खुशीको खबर हो ।’

उनले बर्षेनी धरानमा बढेको जनसंख्याका कारण घरहरु समेत धमाधम निर्माण हुने क्रम हुदा भविष्यमा बर्खाको समयमा पनि धरानेहरुले पर्याप्त खानेपानी खान नपाउने सम्भवना बढ्दै गएको बताउदै सप्तकोशीबाट पानी ल्याउन सके यस्ता समस्या समाधान हुने बताए । उनले भने– अहिले बर्खामा पानी खुवाउन सकिन्छ, भविष्यमा जनसंख्या बढ्दै गएको धरानमा समस्या बढ्दै जाने देखिएको छ, सुख्खा मौसममा त कस्तो समस्या हुन्छ त्यो सबैले अनुमान गर्ने नै कुरा हो ।’ उनले आफ्नो उद्देश्य पनि धरानेहरुलाई सप्तकोशीबाट पानी ल्याउने भएको बताए । उनले भने–‘मैले अभियन्ता हुदादेखि नै सप्तकोशीको पानी मात्र धरानेहरुको दीर्घकालीन समस्या हो भनेर आवाज उठाउदै आएको थिए, अहिले मेयर भएर निर्णय गर्ने तहमा पुगेको छु, मैले यसलाई सम्भव गरेर देखाउने अवसर आएको छ, विज्ञहरुले पनि कोशीको पानीको विषयमा सम्भव छ भन्ने जवाफ पाएकोले असम्भव छैन भन्ने मैले बुझेको छु ।’

विभागका आयोजना प्रमुख वालमुकुन्द श्रेष्ठले सप्तकोशीको पानी धरान ल्याउन सम्भव भएको बताए । उनले भने–‘यो सम्भव छ, यसको डिपिआर तयार गर्न १२ महिना लाग्छ । डिपिआर तयार भएपछि सबैबाट सकरात्मक प्रतिक्रिया र आवश्यक जग्गा उपलब्ध भएमा तत्काल योजना कार्यान्वयन गर्न सकिन्छ ।’

उनले खानेपानी समस्या भएका १२ वटा स्थानीय तहमा डिपिआर भइरहेको बताउदै पहिलो चरणमा ५ वटा स्थानीय तह छनौट गर्नुपर्ने बताए । उनले भने–‘पाचवटा स्थानीय तहमध्ये धरान प्राथमिकतामा पर्न सक्छ, त्यसका लागि राजनीतिक नेतृत्व, सरोकारवाला पक्ष, नगरबासी सबैको पहल आवश्यक छ ।’

इन्जिनियरहरुले समेत कोशीको पानी धरान ल्याउन सकिने बताएका छन् । बिशेषज्ञ एवं सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डिपिआर तयार भएपछि बजेटको समस्या नभएमा ३ बर्षभित्र कोशीको पानी धरान पु¥याउन सकिने बताए । उनले भने–‘डिपिआर बनेपछि बजेट उपलब्ध भएमा तीन बर्षभित्रमा धरानेहरुले सप्तकोशीको पानी खान पाउनेछन् ।’

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved