हत्या गरेको नौ बर्षपछि पक्राउ

  • असार १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरका एक युवकलाई साथीको हत्या गरेको नौ महिनापछि प्रक्राउ गरिको छ ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगाका गम्भीरबहादुर दनुवार रहेका छन् । १९ वर्षीय किशोर चित्रकुमार मग्रातीको हत्या गरेर उनी फरार रहेका थिए । सुनसरी जिल्ला अदालतले हत्या गरेको फैसला सुनाउदै दनुवारलाइ २० वर्ष कैद फैसला सुनाएको थियो । फैसला सुनाए पनि उनलाई पक्राउ गर्न सकिएको थिएन ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गत १० गते पक्राउ गरेको हो । दुई महिनाको प्रयासपछि सुनसरी प्रहरीले बानियाटार काठमाण्डौबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले पक्राउ परेका दनुवारलार्ई कैद भुक्तानका लागि झुम्का कारगार चलान गरिएको बताए ।

नौ बर्ष अघि धरान २० मा वनभोज खाने क्रममा दुई पक्षबीच कुटाकुट नै भएको थियो । कुटपिटकै क्रममा गम्भीरबहादुर र विक्रम मिलेर चित्रकुमारमाथि कुटपिट गरेका थिए । २०७१ साल मङसिर १ गते भएको घट्नामा कुटपिटबाट चित्रकुमारको मृत्यु भएको थियो । मृत्यु भएको चिकुमारलाई जंगलमा लगेर स्याउला र झारपातले पुरी उनीहरु फरार भएको अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाले जानकारी दिए ।

उनले भने–‘फरारमध्येका विक्रमलाई २०७१ मङसिर १४ गते नै भोजपुरको दिङ्लाबाट पक्राउ गरी अनुसन्धानपश्चात् सुनसरी जिल्ला अदालतमा पेश गरिएको र पुस ८ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।'

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved