बीपीमा स्वास्थ्य विमा कार्यक्रम स्थगित: सर्वसाधारण भने मारमा

  • असार १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही समय अगाडि सरकारले स्वास्थ्य विमामार्फतको रकम भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने निर्णय गरे पनि सेवा सुचारु गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी असार २० गतेदेखि स्वास्थ्य विमा कार्यक्रमलाई स्थगित गर्ने जनाएको छ ।

प्रतिष्ठानाले सोमबार एक सूचाना जारी गर्दै विमा कार्यक्रमको सरकारसँग ३४ करोड भुक्तानी लिन बाँकी रहेको र बाँकी रहेको रकम नदिएकै कारण वीपी सञ्चालनमा कठिनाई भएको भन्दै वीमा कार्यक्रमलाई स्थगन गरिएको जनाएको छ ।

विमा बोर्डबाट बीपीले दाबी गरे अनुरुपको रकम नआएपछि प्रतिष्ठानका कर्मचारी, चिकित्सक लगायत प्रतिष्ठानमा काम गर्ने सबैकोे तलब भत्ता दिन कठिनाई भएको, दैनिक प्रशासनिक तथा अस्पताल खर्चमा प्रतिकुल प्रभाव परेको उल्लेख गर्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको हस्ताक्षर सहितको सूचना प्रकाशित गरिएको हो उनले दाबी अनुसारको सम्पूर्ण रकम यथाशीघ्र भुक्तानी नगरिएमा नगरिए बहिरंग(ओपिडी), इर्मजेन्सी र अन्तरंग(इनपेसेन्ट) अन्र्तगत दिइने सम्पुर्ण सेवाहरु स्थगन गर्न बाध्य हुने सूचनामा उल्लेख गरेका छन् ।

प्रतिष्ठानले यसअघि अर्था त जेष्ठ महिनामा पनि वीमा स्थगन गर्ने जनाएको थियो । तर सर्वसाधारणको व्यापक दबाब, प्रधानमन्त्री कार्यालय, वीमा बोर्डका पदाधिकारीहरु तथा सम्बद्ध अधिकारीहरुबीच जेष्ठ २० गते छलफल भएपछि विमा कार्यक्रम सुचारु गरिएको थियो ।

वीमा कार्यक्रमको कारण ७० प्रतिशत रकम वीमा सेवा दिए वापत बोर्डबाट समयमा नपाउदा आर्थिक संकट भएको छ । जसले गर्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्सिङ तथा अन्य कर्मचारीहरुको नियमित तलब भत्तालगायत दैनिक प्रशासनिक खर्च एवं अस्पतालको दैनिक सञ्चालन खर्चमा समेत प्रतिकुल प्रभाव परेको उपकुलपति डा.गिरीले सूचनामा जनाएका छन् । वीपी प्रतिष्ठान स्वयत्त संस्था भएकोले सरकारले भौतिक पुर्वाधार निर्माणबाहेक अन्य खर्चको लागि बजेट उपलब्ध नगराउदा दैनिक प्रशासनिक तथा सञ्चालनको लागि आवश्यक खर्च, तलबभत्ता लगायत सबै प्रतिष्ठान आफैले नै व्यवस्थापन गर्दा समस्या परेको सूचनामा उल्लेख गरिएको छ ।

तर विमा कार्यक्रम स्थगनले गरिब तथा असहाय परिवार भने मारमा पर्ने भएका छन् । धरान १५ की विमला बस्नेतले विमामार्फत स्वास्थ्य चेकजाँच गर्दा सहज भएको बताउदै प्रतिष्ठानले गरेको बताइन् । उनले भनिन्–‘गरिबका लागि ल्याएको कार्यक्रम भएकोले उपचारदेखि विभिन्न ल्यावटेष्ट, औषधि समेत निःशुल्क पाइन्थ्यो, बन्द गर्दा हामी जस्तालाई असाध्यै समस्या हुन्छ ।

यस्तै भनाई धरान १७ का निस्चल राईको छ । विमा कार्यक्रम जहिल्यै पनि सरकारी अस्पतालहरुले बन्द गर्ने गर्छन्, सरकारले गरिबका लागि ल्याएको कार्यक्रममा गम्भीरता नदेखाउनु लाजमर्दो कुरा भएको बताए । उनले भने–‘कार्यक्रमचाहिँ ल्याउने तर दिगो गर्न नसक्ने, यो बन्द हुँदा अरुलाई समस्या नभए पनि हामीजस्ता सर्वसाधारणलाई गाह्रो हुन्छ, जसरी हुन्छ सरोकारवालाहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसलाई सुचारु गर्नुपर्छ ।’

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved