धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् । विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए । पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताए । “देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने
धरान । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो । महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका दिन सातौँ वातावरण साहित्य गोष्ठी गर्ने निर्णय गरेको अध्यक्ष विजय हितानले बताए । सन् २०१६ देखि यूकेमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्य उपर चर्चा परिचर्चासहित पर्यायवरणीय सिर्जना वाचन कार्यक्रम राखिने उनले बताए ।
धरान । वैसाख पूर्णिमा दिन बुद्ध जयन्ति, किरातहरुले साकेला उद्यौलीका रुपमा धुमधामका साथ मनाउने गरिए पनि प्रदेश नं. १ कै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरमा वैसाख पूर्णिमाका दिन मनाइने पर्वका विषयमा भने कसैलाई थाहा नै छैन । बुढासुब्बा मन्दिरमा वैसाखे पूर्णिमा दिन धुमधामका साथ मनाउने गरिएको छ । पूर्णिमाको पहिलो दिन त्यहा ढलेका, लडेका र सुकेका बास काट्ने प्रचलन रहेको छ । अर्थात परम्परा अनुसार पूर्णिमाको दिन त्यसरी बास काट्ने प्रचलन रहेको छ । यसै क्रममा आइतबार धरान १४ विजयपुरमा रहेका ढलेका, सुकेका बासहरु काटिएका छन् । अरु बेला बासलाई काट्न नहुने परम्परा रहेको छ । बुढासुब्बा नजिक व्यापार गर्दै आएका
धरान । धनकुटाको चौवीसे गाउँपालिकाका एक वडासदस्यको निर्वाचित भएपछि खुशियाली मनाउने क्रममा मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार आएको मत परिणाम अनुसार खुल्ला तर्फ उनी निर्वाचित भएका थिए । निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरी उनी विजेता भएको घोषणा गर्ने वित्तिकै खुसीयाली मनाउने क्रममा उनी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मगर नेकपा एमालेको तर्फबाट विजयी भएका थि
धरान/ धरान उपमहानगरपालिका वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार वडा नं. ३ का वडाध्यक्ष विद्या शुन्दर शाक्यले १ हजार ४२ मत प्राप्त गर्दे विजयी भएका हुन् । जम्मा खसेको मत १ हजार ९ सय ८७ मतमध्ये वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४ सय १७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १हजार ४२ मत पाए भने पराजित पाख्रिनले ६ सय २५ मत पाए । यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १हजार४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १हजार८३ मत पाइन् । खुला सदस्य मनिष ख
धरान । २०७४ सालको निर्वाचन पछि धरानमा केन्द्रीय सरकारको बजेट तथा राष्ट्रिय गौरवको आयोजनाहरु सञ्चालनमा रहेका छन् । केन्द्रसँग स्थानीय नेताहरुको पहँुच नहुँदा विकासमा धरान टापु बनेको आलोचना भइरहेको बेला नेकपा एमालेबाट निर्वाचित नेताहरुको पहलमा धरानमा ठूला आयोजनाहरु सञ्चालनमा आएका हुन् । नेकपा एमालेबाट निर्वाचित संघीय सांसद जयकुमार राई, प्रदेश सभा सदस्य भीम आचार्य, हाल धरान उपमहानगरपालिका उपमेयर तथाहालकी मेयरकी उम्मेद्वार मञ्जु भण्डारीको पहलमा अरवौंका योजनाहरु धरानमा सञ्चालित छन् । ती महत्वकाक्षी योजनाहरु ५० प्रतिशत सम्पन्न भएका छन् भने केही योजनाहरु पाइपलाइनमा रहेका छन् । अन्य पालिका जोड्ने ८
धरान । धरानमा दिनप्रतिदिन खानेपानी समस्या चुलिदै गएको छ । सुख्खा मौसमआएसँगै धरानम खानेपानीको हाहाकार हुने गरेको हो । बषौदेखिको खानेपानी समस्या समाधानमा कसैले गम्भीरतापूर्वक लिएको भने देखिदैन । विगतमा खानेपानी संस्थान हुदाभन्दा अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड बनिसक्दा पनि धरानेहरुको अवस्था खानेपानी समस्या त्यो भन्दा भयावह बनेको छ । राजनतिक दलहरुल चुनावताका धरानको खानेपानी समस्या समाधानलाई घोषणापत्रमा प्राथमिकतामा राखे पनि समाधान नगरिदिदा सर्वसाधारणले खानेपानी समस्या भएको समयमा पानी खरिद गरेर खानुपर्ने अवस्था छ । शुक्रबार देशैभरका स्थानीय तहको निर्वाचन सकिएको छ । सुनसरीको धरानमा पनि स्थान
धरान । धरान उपमहानगरपालीकामा ३ सय मत गणना गर्दा नेपाली काङ्ग्रेसका उमेद्वार किशोर राईले अग्रता लिएका छन् । मेयरमा राईले ११६ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै गरी नेकपा एमालेकी उमेद्वार मञ्जु भण्डारीले ६१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार हर्क साङ्पाङले ६१ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादीका आईन्द्र बिक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेद्वार पदम लिम्बुले ६७ मत प्राप्त गरेका छन् ।
मोरङ । मोरङको कानेपोखरी गाँउपालीकामा २ हजार ८ सय मत गणना गर्दा एमाले अग्रता लिएको छ। अध्यक्ष एमालेकी उम्मेदवार राजमती इङ्नाम १ हजार १ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ७ सय ६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सूर्य धिमालले ५ सय १० मत प्राप्त गरेका छन् । उपाध्यक्ष एमालेका भोला अधिकारीले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी कांड्ग्रेसकी मनकुमारी गुरुङले ९ सय २४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी तारा ओझाले २ सय ९१ मत प्राप्त गरेकी छन्।
धरान । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र