'साइकल सँग को जीवन सिख'

  • असार २९, २०७९
  • दीपशिखा सुवेदी
alt

बचपन मा त्यो घर छेउ को चौर मा आ-आफ्ना प्रसिक्षक को साथ मा साइकल सिक्ने हरुको भीड हमेशा देखने गर्थे म। अचम्म लाग्थ्यो मलाई त्यो सिकाउने व्यक्ति ले त्यस चालक लाई हौसला हिम्मत र उनीहरूलाई केही हुँदैन भन्ने विश्वास दिलाएको देख्दा।

त्यही दृश्य हेर्दै र आफूलाई पनि त्यही कुनै साइकल मा राख्दै आफ्नो पछाडि बाट कसैले त्यसै गरी हिम्मत दिएको कल्पना गर्दै बालपन को त्यो समय व्यतीत भएको थियो। त्यही कल्पना हरु तब सम्म काफी थिए जब सम्म म आफैले मेरो जीवन रूपी साइकल लाई आरामले यो संसार को बाटो मा चलाउन सिकाउने शिक्षक को आवश्यकता महसुस गर्न थालेको थिन।

तर अब आएर आफैलाई यथार्थ मै चालक सम्झी म मेरो जीवन रूपी साइकल चलाउन सिकाउने कुनै शिक्षक को प्रतीक्षा मा रहन थाले।यही आश ले जाने गर्थे हमेशा साइकल दोहर्याउँदै त्यही चौर मा जहाँ हर कोई ले आफ्नो हिम्मत पाएका थिए । मैले पनि सिकाउने व्यक्ति नभेटेको त होइनस तर मैले पाइडल हान्न नजानेको देखेर केही ले मलाई छाडेस त केही प्रति म कुशल रहन्छु भन्ने विश्वास बनाउन नसकेर मैले छाडे।

राम्रो संग साइकल चलाउन सक्छु भन्ने आश मर्नै लागेकी बेला मा कसैले मेरो साइकल को केरियर समातेको मैले महसुस गरे । दैव जानुन् किन त्यो शिक्षक माथि मलाई देख्न साथ पूर्ण विश्वास भयो जसरी वहाँले मेरो असफलता र कमजोरी लाई स्वीकारेर, धैर्य गरेर मलाई साइकल चलाउन नसिकाई नछाड्ने संकेत दिनु भयो। पछाडि दुई सहायता दिने चक्का बाट चलाउन सुरुवात गरेको म अब वहा को भर मा ती सहायता दिने चक्का निकालेर चलाउने आँट गर्न थालिसकेको थिएँ। मलाई यति विश्वास भइसकेको थियो कि, जब सम्म वहाँ मेरो पछाडि हुनुन्छ मैले आंखा बन्द गरेर कुदाए पनि मलाई केही हुने वाला छैन। यही दृढ विश्वास सहित अब वास्तवमा यात्रा सुरु भयो।

एक पटक मलाई अगाडि हेरेर कुदाउन लगाएर हाथ छोडेर अलिकति पर बस्नु भएको रहेछ वहाँ। थाहा नपाउन्जेल मज्जाले कुदाइरहेको म थाहपाउन साथ पछारिए।

सायद विश्वास मेरो स्वयं माथि नभएर वहाँ माथि थियो । हाँस्दै मेरो छेउ आएर वहाँले भन्नु भयो, हमेशा म पछाडि हुन्न नीस अब छिटो सिकेर मलाई यो अवस्था बाट बिदा दिनु पर्छ। त्यसबेला त हासेर टारे तर जब साँझ त्यो कुरा लाई सम्झिए भक्कानो फुटेर आयो।

साइकल चलाउन सिकी सकेसी मैले वहाँ को साथ, वहाँ द्वारा मलाई मिल्ने हिम्मत प्रतक्ष पाउँदिन पो१ कहिले साइकल चलाउन सक्षम हुनु म भनेर सिक्ने मान्छे अब हर पटक मै लड्न मात्र मन लाग्यो केवल यस कारण कि बल्ल बल्ल मैले खोजें झै पाएको शिक्षक बाट ज्ञान लिएर छाड्न तयार थिन म। अब घृणा लाग्न थाल्यो आफ्नै सफलता देखि जसले मलाई वहाँ बाट अलग्याई रहेको थियोस मेरो भाग को वहाँ को समय अब अरु कसैले पाउने संकेत दी रहेको थियो।

न चाहँदा न चाहदै एक दिन वहाँलाई पूर्ण विश्वास भयो की अबस वहाँले पछाडि बाट सहायता नदिए पनि मैले बजार,गल्ली र चौक मज्जाले डुल्न सक्छु।त्यही दिन थियो जब वहाले मलाई भन्नु भयो, अब तिमी प्रति को मेरो दायित्व सकियोस अब अरु कोई मेरो खोजी मा छ१ बिदा माग्छुू
फुट्नै लागेको भक्कानो सम्भाल्न दात ले ओठ टोक्दै,आँशु नयन भित्रै रोक्दै, म निःशब्द रहे किनकि मैले बुझेको थिए त्यो वाक्य मेरो मन्जुरी बिना पनि त्यस्तै रहने वाला थियो।
आफू भन्दा बढी वहाँ माथि भरोसा भएको मलाई अब वहाँ सँगै मेरो ज्ञान र सिप पनि गएको भान भै रहेको थीयो। फेरि साईकल समात्ने पनि आँट म मा बकी थिएन।

मलाई केही समयावधि पश्च्यात त्यही चौर मा एक्लो पारेर गएको रिस मा म फेरि त्यही चौर मा साइकल लिएर गए। अब त त्यहाँ का हर उबड़खावड, ढुङ्गा, खाल्डो हरु र म एक अर्का सँग परिचित थियौ र तिनीहरू को सामना गर्ने कला वहाँ ले नै सिकाएको ले होलास आज म गएर त्यही खाल्डो मा जानी जानि पल्टी दिए।आश्चर्य मा थिए ती खाल्डा हरु जो सायद यो आश मा थिए की अब मैले अरु कसैलाई उनीहरूको सामना गर्न सिकाउने छु। वह मेरो साथ मा अब हुनु हुन्न भन्ने अज्ञानता को भ्रम लाई यसो गर्दा केही सन्तुष्टि मिली रहेको मैले महसुस गरी रहेको थिए।
पटक पटक त्यही चौर मा लडे पछि मलाई त्यही चौर ले मासुम रूप मा प्रश्न गर्योस

महा अब्बल व्यक्ति को शिक्षा ले अब्बल भएकी त आज यो हाल किनरुू साथै त्यो चौर ले थप्योस अब तैंले यहाँ उहाँले जसरी नै अरु धेरै लाई सिकाउने छेस् भन्ने वाचा दिएर जानु भएको छ , मेरो स्वरूप उसको हर कला मा देख्ने छौ,मलाई याद पनि गर्ने मौका पाउने छैनौ भनेर जानु भएको छ, वहाँ गलत हुनुन्थ्यो र ?
मन मा चली रहेको भूकम्प र ओँठ मा छाएको निःशब्दता सहित म सोच्न लागेस
आज म लड्दा वहाँ को ज्ञान लडेको पो भयोस म हार्दा वहाको शिक्षा को हार भयो।
दिल ले यति सोच्न साथ ओँठ अनायास मुस्कुराए किनकि मैले बुझेंस
वहाँ मलाई छोडेर कहीं जानु भएको रहेनछ तर वहाको सबै भन्दा मुख्य द्रव्य मेरो काध मा छाडेर वहाँ म भित्रै अमर हुनु भएको रहेछ।
जसरी कुनै दिन म वहाको प्रतीक्षा मा थिए अब म भित्र रहेर अरु कोसैको सोही प्रकार को प्रतीक्षा पूर्ण गर्ने साधन बन्नु भएको रहेछ।
त्यो स्वरूप प्रति को अपार कृतज्ञता, बढेको श्रद्धा , बेशुमार प्रेम र हौसला बटुलेर म चौर तर्फ हेर्दै मुस्कुराए र वहाँलाई पहिलो पटक भेटेको ठाउँ मा वहाँ लाई साक्षी राख्दैस
वहाको ज्ञान र शिक्षा लाई हार्न नदिने बाचा गर्दै म हमेशा भन्दा अझ बढी हौसला र आँट ले साइकल उठाउन गए।
अब जीवन भर लड्ने छैन भन्ने विश्वास सहित म त्यहाँ बाट बाहिरिए।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved