Top 4

    Showing 6,301-6,310 of 8,011 items.
  • प्रहरीमाथि आक्रमण,  गम्भीर अपराध (सम्पादकीय)

    धरान–१५ को वडा कार्यालयअगाडि रहेको अस्थायी प्रहरी चौकीमा यही जेठ १३ गते साँझ भएको आक्रमणको घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । घटनामा संलग्न १० मध्ये पाँचजना पक्राउ परेको र बाँकी पाँचजनालाई पनि चाँडै पक्राउ गरिने प्रहरीको भनाइ समाचारमा आएको छ । घटनाका मुख्य नाइके रेगन लिम्बू र वसन्त राई भएको तथा उनीहरूलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अभियुक्तहरू पक्राउ पर्नु सुखद् विषय हो । नागरिकहरूको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी प्रहरी प्रशासनको हो । कुनै पनि नागरिकमाथि कुनै पक्षबाट असुरक्षा हुन नदिने दायित्व प्रहरी हो । यसका लागि देशभरिका प्रहरी एकाइहरू दिनरात न

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेम विवाह गरेका दलित युवालाई आत्महत्या गर्न बाध्य बनाइयो

    सुनसरी । अन्तरजातीय प्रेम विवाह गरेका भोजपुर षडानन्द नगरपालिकाका वडा नम्बर १४ बोयाका विवाह गरेका जोडीलाई छुटाएर केटालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै भोजपुरका दलित संघसंस्थाहरुले वडाअध्यक्ष झमक बहादुर रोक्का सहित पिडकलाई कारवाहीको माग गरेका छन् । नेपाल दलित संघका केन्द्रिय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य बविन्द रसाइली, मुक्ति समाजका केन्द्रिय सदस्य विमल रणपहेली, षडानन्द कार्यपालिका सदस्य दलित अधिकारकर्मी गोविन्द विक, मुक्ति समाजका केन्द्रिय सदस्य दुर्गा रणपहेली, दलित उत्थान ग्रामिण समाज भोजपुरका उपाध्यक्ष भुवन कुमार दर्जि, नागरिक समाजका संयोजक पर्शुराम तिव

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 645 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट नर्सिङ होममा मोडुलर आईसियु सेवा शुरु

    विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले १४ बेडको अत्याधुनिक मोडुलर आईसियु र ११ बेडको न्युरो सर्जिकल आईसियु संचालनमा ल्याएको छ । न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको मोडुलर आईसियु प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले उद्घाटन गरेका छन् । यसमा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रामक रोग लागेका बिरामीलाई अन्य बिरामीसँग छुट्याएर राख्न ४ वटा बेड रहेको बताइएको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सक्ने गरी कम्प्युटर प्रणाली जडान गरिएकोले आफन्तले स्वास्थ्य अवस्थाबारे सहजै जानकारी लिन सक्ने अस्पतालले जनाएको छ । आईसियुका इञ्चार्ज डा. ललित राजवंशीका अनुसार जटिल अवस्थ

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले माग्यो, कोरोना खोप खरिद गर्ने अनुमति

    विराटनगर । प्रदेश १ सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्ने अनुमति दिन संघीय सरकार समक्ष माग गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदको अनुमित दिन बुधबार आग्रह गरेकी हुन । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने आवश्यक रहेको भन्दै राईले संघीय सरकारले प्रदेशहरुलाई खोपको प्रबन्ध गर्न अनुमति दिन माग गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले भनिन्, “कोरोना संक्रमण नियन्त्रणका अचुक विधि भनेकै खोप हो, त्यसैले केन्द्रले प्रबन्ध गर्न नसक्ने हो भने प्रदेशलाई खरिदको अनुमति दिइयोस ।” राईले कोरोनाको तेस्रो

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महामारीसंग जुध्न प्रदेश १ सरकारले काम गर्नै सकेन

    विराटनगर । प्रदेश १ का सांसदले सरकारले महामारीसंग जुध्न स्पष्ट खाका तयार गरी अधुरा विकासलाई समेत अघि बढाउन सुझाव दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले सरकारले जनताको नजिक गएर काम गर्न नसकेकोले त्यस विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका छन् । नेपाली कांग्रेसकी सांसद कल्पना सरदारले कोरोना महामारीका बेला अलि जिम्मेवार भई काम गर्न सुझाव दिइन । भनिन्, “उपचार र राहतमा समेत सरकारले ध्यान दिनुपर्छ ।” नेकपा माओवादी केन्द्रकी सांसद कुसुम श्रेष्ठ सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन प्रदेश सरकारले पहल लिनुपर्ने बताइन । संघीय सरकारले कोरोना महामारीबाट पीडित भएक

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 583 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सांसदको टिप्पणी : महामारीसंग जुध्न प्रदेश १ सरकारले काम गर्नै सकेन

    विराटनगर । प्रदेश १ का सांसदले सरकारले महामारीसंग जुध्न स्पष्ट खाका तयार गरी अधुरा विकासलाई समेत अघि बढाउन सुझाव दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले सरकारले जनताको नजिक गएर काम गर्न नसकेकोले त्यस विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका छन् । नेपाली कांग्रेसकी सांसद कल्पना सरदारले कोरोना महामारीका बेला अलि जिम्मेवार भई काम गर्न सुझाव दिइन ।भनिन्,“उपचार र राहतमा समेत सरकारले ध्यान दिनुपर्छ ।” नेकपा माओवादी केन्द्रकी सांसद कुसुम श्रेष्ठ सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन प्रदेश सरकारले पहल लिनुपर्ने बताइन । संघीय सरकारले कोरोना महामारीबाट पीडित भएका ज

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 597 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा निषेधाज्ञा खुकुलो बनाइयो , बिहीबारबाट खाद्यन्नका पसलहरू खोल्न पाइने

    इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाइ बिहीबार देखि खुकुलो बनाउने निर्णय गरिएको छ । बुधबार बसेको ९डिसिसिएमसि०को बैठकले बिहीबारबाट लागु हुनेगरी बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म खाद्यन्नका पसलहरू खोल्न पाइने जस्ता निर्णयहरू गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रशाद ढकालको संयोजकत्वोमा बसेको बैठकले बिहीबारदेखि खाद्यन्नका पसलहरू , किराना पशल , तरकारी , फलफुल पशल बिहान १० बजे देखि दिउसो ३ बजे सम्म खोल्न पाइने निर्णय गरेको हो । त्यस्तै माछा मासु र दुध डायरीको हकमा भने बिहान ७ बजे देखि १० बजे सम्म र दिउसो ३ बजे

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 546 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर तिन वर्षिय बालकको मृत्यु

    सुनसरी । झापा बिर्तामोड १० स्थित ठुटेबर चोक बस्ने ३ बर्षीय अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको फोहोर बोक्ने ट्याक्टरबाट झर्दा सफाइकर्मीको मृत्यु

    धरान । धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट झरेर सफाइकर्मीको मृत्यु भएको छ । फोहोर बोकेर तिनकुने तर्फ जादै गरेको अवश्थामा धरानका ४० वर्षिय बाबुराम पौडेलको मृत्यु भएको हो । को १ त ६७ नम्बरको ट्याक्टरमा रहेको उनी धरान ८ स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि ट्याक्टरबाट झरेका थिए । धरान उपमहानगरपालिकाको फोहोर बोकेको ट्याक्टर तीब्र गतिमा रहेको प्रहरीले जनाएको छ । ट्याक्टरबाट झरे पछि घाइते भएका उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलिले जानकारी दिए । उनको टाउकोमा चोट लागेको प्रहर

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा उपचार गराइरहेका इटहरी र सुन्दरहरैचाका दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी घर भएका ६२ वर्षिय र मोरङको सुन्दरहरैचा घर भएका ७९ वर्षिय दुई वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार सुनसरी इटहरीका वृद्धलाई गत जेठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १८ गते मात्रै कोभिड अस्पताल भर्ना भएका थिए । उनको आज बिहान मृत्यु भएको हो । त्यसै गरि मोरङको सुन्दरहरैचा ६का ७९ वर्षिय वृद्धलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते कोभिड अस्पताल भर्

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 510 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved