डिपो बास्केटवल प्रतियोगिता: होलिल्याण्ड, चिल्ड्रेन , कार्मेल र टावर टेम्पल बिर्तामोड सेमिफाइनलमा प्रवेश

  • श्रावण १८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको सेमिफाइनलमा प्रवेश गरेका छन ।

धरान १६ को कर्भडहलमा भएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाइ ५२–२१, चिल्ड्रेन एकेडेमीले के के स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाइ २१–१४ र टावर टेम्पलले सियोन स्कुललाइ २५–१६ अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्यक क्वाटरमा ९–५, २०–६, ६–४ र १७–६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन र के के स्कुलले ८–२, १६–२, ११–४ र १०–१० अंक जोडे ।

यसैगरि तेस्रो क्वाटर फाइनल खेलमा कार्मेल र लोटस स्कुलले ७–१, ८–०, २–६ र ४–७ अंक जोडे । अन्तिम खेलम टावर टेम्पल र सियोन स्कुलले ३–२, ९–२, ६–२ र ७–१०अंक जोड्दै सेमिफाइनल प्रबेश गरे । बुधबार पहिलो सेमि फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल होलिल्याण्ड स्कुलले टावरटेम्पल स्कुल बिर्तामोडसंग प्रतिश्पर्धा गर्नेछ ।

प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद पन्द्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको फाइनल खेल श्रावण २० गते हुने आयोजकले जनाएको छ ।

भोजपुरे खुकुरीको माग ...

भोजपुर/  भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, &l ...

परम्परागत दशै हरायो ...

धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर् ...

धरान उपमहानगरको बेथि ...

विजयपुर/ राज्यले सरकारी सवारीलाई बिदाको दिन हिंड्न ...

काम हामीले गर्‍यौ प् ...

इलाम/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2022 - Koshipatra.com All rights reserved