भेडेटार –रवि– राँके सडकको काम समयमै सम्पन्न गर्न माग

  • श्रावण १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धनकुटाको ६ न. बुधबारेमा भेडेटार– रवि–राँके सडक योजना समयमै सम्पन्न भएको भन्दै काम सुचारु गरेर चाडै सम्पन्न गर्न प्रदेश नं. १ का प्रदेश सांसद, संघीय संसदलहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले पटक पटक म्याद थप गर्दा पनि समयमै सडक खण्डको काम नसिएको भन्दै ठेक्का रद्ध गरी ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेर नया प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ, पाँथरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बसन्तकुमार नेम्बाङ, धनकुटाका प्रतिनिधिसभा सांसद राजेन्द्रकुमार राई, सुनसरीबाट प्रतिनिधिसभा सांसद जयकुमार राई, मोरङबाट प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा, संविधानसभा सदस्य टिकाराम चेम्जोङ र मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्योङ लगायतले कामलाई निरन्तता दिन सरकारसमक्ष अनुुरोध गरेका हुन् ।

यो सडक खण्ड एक्जिम बैंक अफ इन्डियाबाट ८७ प्रतिशत र नेपाल सरकारबाट १३ गरी . ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ लागतमा कालोपत्रे ७ मिटर, सोल्डर दुबै तर्फ १÷१ मिटर सहित ९ मिटर गरि जम्मा १००.३६७ कि. मि. लामो सडक निर्माण बन्न लागेको हो ।

भारतको लखनउ स्थित एप्को इन्फ्राटेक प्रा. लि.ले १९ नोभेम्बर, २०१८ मा सम्झौता गरि २०२२ सेप्टेम्बर २४ भित्रमा काम सम्पन्न गर्नु पर्नेमा अहिले सम्म करिब १३ प्रतिशतमात्र काम सम्पन्न भएको बताइएको छ ।

यो सडक निर्माण सम्पन्न नभएपछि यस भन्दा अगाडिदेखि नै विभिन्न सरोकारवाला पक्षहरुले समयमै सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

सडकलाई सुचारु गरेर सम्पन्न गर्न २०७५ फाल्गुन ३ गते भेडेटार–रवि– राँके सडक निर्माण अनुगमन मूल समिति गठन गरी समयमै सम्पन्न हुन नसक्नुका कारण सहितको सुची तयार गरेको थियो । सूचि तगार गर्दै उनीहरुले समयमै काम सम्पन्न गर्नका लागि नेपाल सरकार र ठेकदार पक्षलाई अनुरोध गरेका थिए । त्यसबेला उनीहरुले सडक निर्माण नहुमा. सामुदायिक बन भित्र पर्ने १३ कि. मि. सडक निर्माण गर्न सरकारले उचित वातावरण समयमै नगरेको, ४ कि. मी. सडक भित्र पर्ने घरहरु ब्यवस्थापन गर्न सरकारले ढिलो गरेको, . दारे गौडा सडक विवाद समधान गर्न नसकेको, इन्डियाबाट सडक निर्माणका लागि आउने ५१ प्रतिशत समान नाकामा सरकारले कडाइ गरेको लगायतको निष्कर्ष निकालेको थियो । उनीहरुले त्यसबेला ठेकेदार कम्पनीको कमजोरी समेत औल्याएका थिए । समितिले विवाद रहित ठाउँमा पनि काम ढिलो गरेको, मापदण्ड अनुरुप काम नगरेको, स्थानीय सरकार र सरोकार पक्षसाग् समन्वय गर्न नसकेको, जनशक्ति प्रयोग गर्न नसकेको, पेटी ठेक्का गर्नेहरुलाई रकम भुक्तानी गर्न नसकेको लगायतका कमजोरी औल्याएको थियो ।

यो सडक प्रदेश १ को आर्थिक मेरुदण्डका रुपमा लिएको छ । भेडेटार, रबि, राके सडकले धनकुटा, मोरङ, इलाम र पाँचथर जिल्लालाई समेट्छ । सडक निर्माण सम्पन्न भएको खण्डमा प्रदेश नं. १ मा पर्यटकीय प्रवद्र्धनमा थप सहयोग पुग्ने बताइएको छ ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved