सबैको रोजाईमा प्राइमभिजन

  • साउन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको प्राइमभिजन धरानको शैक्षिक गतिविधिमा उत्कृष्ट बन्दै गएको छ । उत्कृष्ट भएकै कारण धरानका मात्र हैन धरान बाहिरबाट समेत प्राइभिजनमा अध्ययन गर्न विद्यार्थीहरु आउन थालेका छन् ।

धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विद्यार्थीहरु आकर्षित बनेका हुन् ।

कलेजमा गुणस्तरीय शिक्षा भएकै कारण उर्लाबारीका डिइ इ कम कलेज उर्लाबारीका विद्यार्थी रोमा आले मगर र सुरेखा आचार्य धरानको प्राइमभिजन आएका थिए ।

विद्यार्थीहरुको परिचय गराउँदै कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले डिइ इ कम उर्लाबारी र प्राइम भिजन कलेज धरान बीच स्टुडेण्ट एक्सचेन्ज कार्यक्रम अन्तर्गत ति विद्यार्थीहरु धरान आएको जानकारी गराए । साथै सो कार्यक्रम अन्तर्गत प्राइम भिजन तर्फबाट निर्निमेष गुरुङ्ग र राम भक्त राईले सहभागिता जनाएको सिग्देलले बताए ।

प्रदेश नम्बर १ मा नै पहिलो पटक गरिएको सो कार्यक्रमले विद्यार्थीलाई नयाँ ठाउँ, फरक परिवेशमा अध्यन गर्ने वातावरण मिलेको कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।

हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले अध्ययन गरेका बिषयलाई अभ्यासमा प्रस्तुतीकरण गर्दै प्राइम भिजनका विद्यार्थीले तीन दिनका लागि गत बिहिबार धरान आएका पाहुना छात्राहरुलाई धरानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु भ्रमण गराए भने पाहुना छात्राहरुले आफ्ना कलेजमा हुने गरेको अध्ययन, अतिरिक्त क्रियाकलाप र सिकेका कुराहरुको प्रस्तुतीकरण गरेका थिए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved