कोशीको वितण्ड: बेलकाको अधिकांश वडाहरु जोखिममा

  • साउन १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बर्षादको समयमा सप्तकोशीको बाढीले बर्षेनी कोशी आसपासमा बस्ने सर्वसाधारणको ठूलो धनजनको क्षति पुर्‍याउने गर्छ । २०६५ साल भदौ २ गते कोशीले पु¥याएको क्षति सुनसरी, सप्तरी र उदयपुरका कोशीको किनारामा बस्ने सर्वसाधारणले अझै विर्सन सकेका छैनन् । त्यसबेला बाढीका कारण घरबारविहीन भएकाहरुलाई राज्यले राहत दिने भनिए पनि अहिलेसम्म सर्वसाधारणले राहत पाउन सकेका छैनन् ।

जब बर्षाद्को समय शुरु हुन्छ विगतकै जस्तो समस्या अवस्था आउने हो कि भन्ने त्रास कोशी पासपासमा बस्ने सर्वसाधारणमा हुने गर्छ । अहिले त्यस्तै त्रास उदयपुरको बेलका नगरबासीमा रहेका छ । लगातार आएको बर्षाका कारण त्यहाँ अधिकांश वडाहरुमा कोशीको भंगालोले कटान शुरु गरेको छ । कोशीले ०३२ साल भन्दा अगाडिको धार समातेर कोशीको भंगालो पस्दा बेलका सर्वसाधारण त्रसित बनेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोशीको भंगालो पस्दा उदयपुरको बेलका तथा बराहक्षेत्रका केही भागमा क्षति पुगेको बताए । उनले सप्तकोशीको पश्चिमी किनारमा पर्ने उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा सुनसरीको बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब एक बजेदेखि भंगालो पस्दा करिब २० हजार सर्वसाधारण विस्थापित हुने अवस्था रहेको बताए । उनले भने–‘त्यस स्थानमा खतरा बढ्दै गएको छ, हामीले त्यहाका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिसकेका छौं, हाम्रो तर्फबाट सर्वसाधारणलाई सुरक्षित गर्ने कुरामा सबै संयन्त्र तयारी अवस्थामा राखेका छौं ।’

स्थानीय मनोज प्रधानका अनुसार सप्तकोशी नदीले पुरानै धार समातेर वस्तीतर्फ मोडिएको बताएका छन् । उनले २०४५ साल वा सो अघि सप्तकोशी नदी डुम्रिबोट हुँदा भागलपुतर्फ बग्ने गरेको बताए । उनले भने, ‘भागलपुरभन्दा वरैबाट सिधा सप्तकोशी बग्दै आएको पानी गएरातिदेखि भने कोशी नदीको एउटा भंगालो पसेर पुरानै धारतर्फ बग्न थालेको छ । ’


बाढी पसेका क्षेत्रमा स्थानीयहरुको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी उद्धार कार्यलाई निरन्तरता दिका छन् ।

उद्धारको कार्य जारी

अविरालको बर्षासँगै कोशीमा आएको बाढीले उदयपुर जिल्लाको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी, जनपथि प्रहरीद्वारा स्थानीयहरुको उद्धार थालिएको छ ।

बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर पानी पसेपछि बेलका नगरपालिकाका धेरै वडाहरुमा डुबान भएको छ । तीमध्ये २, ३, ८, ९ सँगै बराहक्षेत्र नगरपालिका–६ डुबानमा परेका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदीको बाँध फुटेर गाउँ पस्दा करिब १० परिवार विस्थापित भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बेलकाको वडा नं. ९, ८, ३, १ वडा सबैभन्दा जोखिममा परेको बताए । उनले यी वडाका १२ हजार भन्दा बढी घर परिवार डुबानमा परेका् बताए । उनले भने–‘बेलको यी वडाहरु बाढी पस्ने क्रम जारी छ, जोखिम बढ्दै गएको छ, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय सरकार, स्थानीय बासी लागेर यसलाई नियन्त्रण गर्ने प्रयासमा लागेका छौं ।’ उनले विस्थापित भएकालाई तत्काल बसोबासको व्यवस्था र खानपानको व्यवस्था गरिरहेको बताए ।

उनले उद्धारका लागि रवर बोर्ड प्रयोग गरेर डुबान क्षेत्रका सर्वसाधारणलाई उद्वार गर्ने प्रयासमा रहेको बताए । उनले भने–‘हामी मानवीय क्षति नहोस् भनेर उनीहरुको ज्यान जोगाउने प्रयासमा छौ ।’ चौपायको उद्धार गर्न कठिन भएका कारण पहिलो प्राथमिकता यहाँका सर्वसाधारणलाई राखेर उद्धार कार्य गरिरहेको बताए ।

डुबानबाट भएको क्षतिबारे यकिन तथ्यांक आउँन बाँकी रहेको नगरप्रमुख कार्कीले बताए । यता जिल्ला प्रशासन कार्यालयले पनि उद्धारको कामलाई निरन्तता दिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले त्यस क्षेत्रका बासिन्दलाई सुरक्षित राख्न उद्धारका कार्य गरिरहेको बताए ।

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved