‘प्रदेश एकमै गुणस्तरीय शिक्षा प्रदान गर्ने युरेका’

  • श्रावण १८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान १ सिद्धिचरणमार्गमा रहेको युरेका स्कूल स्थापनाको २९ औ बर्ष पुगेको छ । स्थापना २०५० पुष २१ गतेबाट नर्सरीदेखि कक्षा ४ सम्म २ सय ५० विद्यार्थी सभावेश गरेर सञ्चालनमा आएको युरेकाले शुरुवाति दिनदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको थियो । त्यसैैको फलस्वरुप अहिले प्रदेश नं। १ मा संस्थागत विद्यालयमध्ये उत्कृष्ट विद्यालयको रुपमा औँलामा गनिन सकिने विद्यालयमध्ये युरेका उत्कृष्टमा पर्ने गर्छ । पहिलो पटक २०५५ सालमा एसएलसी शुरु गरको युरेकाले पहिलो बर्ष नै शतप्रतिशत राम्रो श्रेणीमा विद्यार्थी उतीर्ण गर्न सफल भएको छ । प्राइमरी लेबलबाट शुरु गरिएको विद्यालय अहिले प्लस टु सम्म पढाई हुने गरेको छ । प्लस टु मा अहिले साइन्स, म्यानेजेन्टमेन्ट, कम्प्युटर साईन्स र होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गर्दै आइरहेको छ । अहिले विद्यालयमा १५ सय विद्यार्थी अध्ययनरत छन् ।

IMG-20220801-WA0000

प्राइमरी लेभलबाट शुरु गरेको विद्यालय अहिले प्लस टु सम्म सञ्चालन हुन्छ । यहाँका विद्यार्थीहरुले विगतमा एसएलसी दिँदा होस् अहिले एसईई होस् यहाको गुणस्तरीय शिक्षालाई समय अनुसार परिस्कृत गर्दै लगेको छ । जसका कारण यहाँका विद्यार्थी हरेक सालको एसइई परीषामा उत्कृष्ट नतिजा ल्याउने गर्छ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत यहाँका विद्यार्थीहरु अत्यन्तै अब्बल मानिन्छन् । फुटबल, टेबुलनेनिस लगायतका खेलकुदका जिल्ला स्तरीय, राष्ट्रिय स्तरीय होस् केही न केही पदक लिएरै आउने गर्छ युरेकाले । यसका साथै युरेकाले अतिरिक्त क्रियाकलाप अन्तर्गत डान्सिङ, वतृत्वकला, हाजिरी जवाफ लगायतका क्षेत्रमा समेत जिल्लास्तरीयदेखि राष्ट्रिय स्तरको पुरस्कार ल्याइसकेको छ । अनुशासनलाई पहिलो प्राथमिकतामा राखेर संस्कृति र संस्कार सिकाइने यो विद्यालयमा २७ बर्ष अध्यापन गराउदै आएका शिक्षकहरुले शिक्षा प्रदान गर्ने गर्छन । अनुभवि शिक्षकले अध्ययापन गरेकै कारण यहाँका विद्यार्थी हरेक हिसाबले अब्बल मानिन्छ । शैक्षिक गुणस्तर सुधार गदै जाने क्रममा युरेकाले समय अनुसार शैक्षिक प्रणालीमा परिवर्तन गर्दै लाने गरेको छ । शैक्षिक गुणस्तरलाई जोड दिदै आएको युरेकाले यस बर्षदेखि ग्लोबल प्लेटफर्मका आधारमा कक्षा सञ्चालन गर्ने भएको छ । यसमा विद्यार्थीहरुलाई अडियो, भिडियोमार्फत अध्ययन गराउदै विद्यार्थीको शैक्षिक गुणस्तर तिखार्ने अभियानलाई अगाडि बढाएको हो । पछिल्लो समय युरेकाले लर्निङ एण्ड टिचिङको अवधारणा अगाडि बढाएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युरेकाले विगतका एसईमा ८ देखि १० प्रतिशत विद्यार्थीहरुले ए प्लस ल्याउने गरेकोमा यस आगामी दिनमा युरेकाका ३० प्रतिशत विद्यार्थीहरुलाई ४ जिपिए सम्म ल्याउन सक्ने तार्गेट अगाडि बढाएको छ ।

IMG-20220801-WA0003

भौतिक संरचना निर्माणलाई जोड दिँदै म्याथ ल्याव सञ्चालनमा ल्याउने भएको छ । शायद संस्थागत विद्यालयमा युरेका म्याथ ल्याब सञ्चालनमा ल्याउने पहिलो विद्यालय हुने तयारीमा रहेको छ । यस्तै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अझ उत्कृष्ट बनाउने योजना युरेकाले अगाडि बढाएको छ । विगतमा खेलकुदका क्षेत्रमा समेत राम्रो मानिन्थ्यो । यसको उदाहरण धेरै टाढा जानु पर्दैन अघिल्लो बर्ष लाई हेर्दा हुन्छ गत बर्ष ब्वाइज टेबुलटेनिस र गल्र्स टेबुल टेसिनसमा सुनसरी प्रथम, व्याडमिन्टनमा व्वाइज जिल्ला दोस्रो भएको थियो ।

1 5 4 3 6 2 7 IMG-20220801-WA0002 IMG-20220801-WA0002

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved