धरान । धरानमा दिनप्रतिदिन खानेपानी समस्या चुलिदै गएको छ । सुख्खा मौसमआएसँगै धरानम खानेपानीको हाहाकार हुने गरेको हो । बषौदेखिको खानेपानी समस्या समाधानमा कसैले गम्भीरतापूर्वक लिएको भने देखिदैन । विगतमा खानेपानी संस्थान हुदाभन्दा अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड बनिसक्दा पनि धरानेहरुको अवस्था खानेपानी समस्या त्यो भन्दा भयावह बनेको छ । राजनतिक दलहरुल चुनावताका धरानको खानेपानी समस्या समाधानलाई घोषणापत्रमा प्राथमिकतामा राखे पनि समाधान नगरिदिदा सर्वसाधारणले खानेपानी समस्या भएको समयमा पानी खरिद गरेर खानुपर्ने अवस्था छ । शुक्रबार देशैभरका स्थानीय तहको निर्वाचन सकिएको छ । सुनसरीको धरानमा पनि स्थान
धरान । धरान उपमहानगरपालीकामा ३ सय मत गणना गर्दा नेपाली काङ्ग्रेसका उमेद्वार किशोर राईले अग्रता लिएका छन् । मेयरमा राईले ११६ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै गरी नेकपा एमालेकी उमेद्वार मञ्जु भण्डारीले ६१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार हर्क साङ्पाङले ६१ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादीका आईन्द्र बिक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेद्वार पदम लिम्बुले ६७ मत प्राप्त गरेका छन् ।
मोरङ । मोरङको कानेपोखरी गाँउपालीकामा २ हजार ८ सय मत गणना गर्दा एमाले अग्रता लिएको छ। अध्यक्ष एमालेकी उम्मेदवार राजमती इङ्नाम १ हजार १ सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ७ सय ६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सूर्य धिमालले ५ सय १० मत प्राप्त गरेका छन् । उपाध्यक्ष एमालेका भोला अधिकारीले १ हजार २ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी कांड्ग्रेसकी मनकुमारी गुरुङले ९ सय २४ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी तारा ओझाले २ सय ९१ मत प्राप्त गरेकी छन्।
धरान । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र
धरान । वैसाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमानाका शिल गरिनुपूर्व भारतमा बसोबास गरेका नेपालीहरु ध्माधम नेपाल भित्रिएका छन् । वैसाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातिदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । नाका ठप्प हुदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । नेपाल–भारत सीमा सहर काँकडभिट्टा नाकामा बिहीबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको बाक्लो भीड लाग्यो । चुनावबाट हुने अवाञ्छित गतिविधिलाई राक्ने नेपाल भारत दुवै देशको प्रशासनले पश्चिमम बंगाल र विहारसम्मको नाका ७२ घण्टा
धरान । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ । जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो । पछिल्लो समय आर्या न्युरो अस्पतालले जटिल प्रकृतिका बिरामीको सफल उपचार हुने गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो । ती मध्ये एक हुन, १८ महिने बालक कृष्ण कुमार । जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । ८ वैशाखमा भारतको दिपनगरमा सवारी दुर्घनामा परेर बालक कृष्ण कुमार गम्भिर घाइते
धरान । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ । मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ । कुनैपनि
धरान । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ । साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले पोखरेलको गजल लेखनमा छुट्टै पहिचान स्थापित भएको उल्लेख गरे । उनले विराटनगरमा बसेर काठमाडौंलाई चुनौती दिन सक्ने क्षमता साहित्यकार पोखरेलमा रहेको बताए । त्यस्तै अग्रज साहित्यकार बलराम पोखरेलले आफ्ना गहकिलो कृतिमार्
धरान । निर्वाचनमा जितेर गएकाहरुको निस्क्रियताका कारण चुनावताका घोषणापत्रमा समेटिएका प्रतिबद्धता काममा नभई कागजमै सीमित हुदा राजनीतिक दलले हरेक निर्वाचनमा एउटै एजेण्डा बोकेर चुनावमा जाने गरेका छन् । धरानको स्थानीय निर्वाचनलाई हेर्ने हो भने ०७४ सालको स्थानीय निर्वाचनमा दलहरुले घोषणापत्रमा समेटिएका एजेन्डा ०७६ सालको उपनिर्वाचनमा पनि प्राथमिकतामा राखेका थिए भने ०७९ को स्थानीय चुनावमा समेत यथावत राखेका छन् । हरेक निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामाझ गएकै कारण राजनीतिक दलहरुप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको बढ्दै गएको छ । एउटै एजेन्डा बारम्बार लिएर गएका कारण राजनीतिक दलप्रति जनताको विश्वास ह
धरान । मुलुका सबै सहर तथा गाउहरु चुनावमय भएको छ । बाटाघाटामा विभिन्न दलका प्रचारात्मक झण्डा राखिएका छन्, नारा जुलस गरिएको छ, प्रचारात्मक अभियानलाई तिब्रता दिइएको छ तर यस्ता वर्ग छन् उनीहरुलाई चुनावले छुन नै सकेको छैन । दिनभरि तातो घाममा काम गरेर थकान भएका उनीहरु कुनै पनि दलको झण्डा अहिलेसम्म बोकेर हिडेका छ्रैनन, उनीहरुलाई दिनभरि काम गर्ने अनि रोजीरोटी चलाउने बाहेक अर्कोतर्फ ध्यान नै गएको छैन । धरान १५ सेउती पुलमा खोलामा गिट्टी कुटेर परिवारको गुजारा चलाउदै आएकी मनमाया तामाङलाई चुनाव आयो भन्ने थाहा भएपनि चुनावकौ रौनक एक रति नभएको बताइन् । उनलाई न र्त कुनै दलको झण्डा बोकेर हिड्ने फुर्सद छ न रहर