साम्पाङ विरुद्ध साइबर व्युरोमा उजुरी: ‘फेक पोष्ट’ सेयर गरेर बदनाम गराएको आरोप

  • श्रावण २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहाानगरपालिकामा बराह बचत तथा ऋण सहकारी संस्था लिको विषयलाई लिएर धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले फेसबुक स्टाटसमा उल्लेख गरेको कुरालाई लिएर राजनीतिककरण तथा जातीय विभेद बढाउन खोजेको भन्दै पूर्व उपमेयर एवम् एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

बराहका पीडित समस्या समाधानको माग गर्दै नगरपालिका कार्यालय पुगेर जानकारी गराउने क्रममा झडप उत्पन्न भएपछि नगरप्रमुख राईले घटनालाई मोडेर राजनीतिक रंग दिएपछि नेकपा एमालेले यस विषयमा तीन दिन अगाडि प्रष्ट पार्दै विज्ञप्ती नै जारी गरेको थियो ।

तर विहीबार घट्नालाई मोड्नका लागि जातीय द्वेष फैलाउदै फेसबुक स्टाटमा भण्डारी विरुद्ध आक्षेप लगाउदै लेखेको पोष्टको विषयमा उनले न्यायका लागि सम्बन्धित पक्षमा उजुरी दिएको विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइन र

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ ‘अ रेभुलेसन’बाट आफ्नो फेक आइडी बनाएर सामाजिक तथा जातीय सद्भावमा चोट पुग्ने गरी पोष्ट भएको स्क्रिन सटलाई सम्प्रेषण गरेको भन्दै साइबर ब्युरोमा उजुरी बताएकी छन् । उनले भनिन्–‘यस भन्दा अगाडि पनि मेरो फोटो दुरुपयोग गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा साइबरमा जाने उल्लेख गरेको थिए, यस्तो पोष्टले साइबर क्रायमको मुद्धा लाग्छ, हामी बाध्य हुनु नपरोस भने पनि नगरप्रमुखले यस्तो घिनलाग्दो काम गरेकोले बाध्य भएर मुद्धा हालेकी हुँ ।’

उनले मेयरजस्तो जिम्मेवार व्यक्तिलाई मुद्धा हालिहाल्नुपर्ने कुरा राम्रो नभएको बताउदै हिजो उपमहानगरपालिकाको उपमेयर तथा कावा मेयर सम्म भइसकेको अवगत गराउदै उनले बाध्य भएर साइबर व्युरोमा मुद्धा हाल्नुपरेको बताएकी छन् ।

उनले भनिन्–‘एक पटक सामाजिक सञ्जालबाट सम्झाउदा पनि मेयर साम्पाङले प्रतिकार गर्ने अभिप्रायले गरेको पोष्टमा जुन ढंगको क्रियसन भएको छ, फेक आइडीजस्तो बनाएर, क्रियसन गरी बनाएपछि हामीले बाध्य भएर साइबर व्युरो भोटाहिटी काठमाण्डौमा उजुरी दिएकी हुँ ।’ उनले जुन जुन सञ्जालहरु प्रयोग गरिएको त्यसलाई समावेश गरेर आफूले कार्वाहीको लागि उजुरी दिएको बताइन् । उनले भनिन्–‘सामाजिक सञ्जालको दुरुपयोग गरेर राजनीतिक रंग र जातीय विभेद हुने कुरा पोष्ट गर्नु सरासर गलत हो, यसलाई सानो गल्ति मान्न सकिदैन, पोष्टमात्र हैन उहाँको फेसबुक पेजबाट लाइभबाट समेत त्यस्ता कुरा बोल्नु भएको छ, यसले प्रतिशोधनको भावना देखाएको छ । कसैलाई बद्नाम गराउने, बराहको आन्दोलनलाई राजनीतिक रंग, जातीय सद्भाव भड्किने खालका कुरा पोष्ट गर्नु सरासर गलत हो, यसको विरुद्धमा मैले मुद्धा दिएकी हुँ ।’

‘बराहका पीडितमा संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली जस्ता धेरै एमाले हुन सक्छन, त्यहा हुने धेरै पीडितहरु काँग्रेस हुन सक्छन्, माओवादी हुन सक्छन्, यो वहुदलीय व्यवस्था हो, हरेक नागरिकले राजनीतिक आस्था राख्ने अधिकार हुन्छ, त्यतिकै रुपमा उसले पेशा व्यवसाय गरेर खान पाउँछ, यही आधारमा राजनीतिक रंग दिनु विडम्बना हो’ उनले भनिन् ।

गत मंगलबार बराह सहकारी पीडितहरु उपमहानगरपालिका घेराउ गर्दै मेयर हर्क साम्पाङलाई समस्या समाधान गर्न माग गर्दा मेयरले दिएको अभिव्यक्तिप्रति रुस्ट हुदै तोडफोडमा उत्रिएपछि पीडितपक्षका संयोजक खगेन्द्र नेपालीलाई एमालेको राजनीतिक रंग दिँदै मञ्जु भण्डारीलाई भोट माग्दै गरेको फोटा मेयर साम्पाङको फेशवुकबाट पोस्ट भएपछि विवाद चुलिदै गएको थियो । विवादको प्रतिशोध साध्ने क्रममा मेयर साम्पाङले राजनीतिक, जातीय सद्भाव खलबलिने अभिव्यक्ति, सामाजिक सञ्जालमा पोष्ट गरेपछि द्वन्द्व झन चर्किको हो । नेतृ सुवेदीले साइभर व्युरोमा उजुरी दिएलगत्तै पुन ः विहीबार ‘अब हेदै जाऔँ, मुद्धा हाल्ने पालो मेरो, हेरौ कस्ले जित्दो रहेछ ? जय नेपाल’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । यसले थप द्वन्द्व निम्तिने खतरा बढेर गएको छ ।

‘स्थानीय सरकारले पीडितको समस्या समाधा गर्नुपर्छ’

पूर्व उपप्रमुख भण्डारीले सहकारी सम्बन्धी सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले हेर्ने भएकोले यसको समाधान स्थानीय सरकारले गर्न सक्ने बताइन् । उनले भनिन्–‘यसलाई स्थानीय सरकारले हेर्न सक्छ, सहकारी ऐन नगरपालिकामा छ, सहकारी समिति गठन गरेर तुरुन्त एक्सन लिएर नगरपालिका अगाडि बढ्नुपर्छ । यसको लागि पनि पक्कै मलाई लाग्छ नगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ ।’ उनले धरानको विकासमा बराहको ठूलो भूमिका रहेकोले बराहलाई जोगाउँदै पीडितलाई समेत मार्का नहुने तरिकाले स्थानीय सरकारले समस्या समाधान गर्नुपर्ने बताइन् । उनले भनिन्–‘बराह हाम्रो धरानको धरोहर हो, त्यसलाई पनि जोगाउनुपर्छ, जनताको सम्पत्ति पनि फिर्ता गर्नुपर्छ ।’ यो पार्टीको स्पष्टद धारणा भएको बताइन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved