‘इतर कविता’ बारे विमर्श सम्पन्न

  • साउन २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द सुब्बाले प्राचीन पूर्वीय साहित्यमा सम्भ्रान्त र माथिल्लो वर्गका व्यक्ति मात्र नायक हुने गरेकामा अहिले त्यस्तो परम्परा भत्काइएको धारणा व्यक्त गरेका छन् ।
आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै प्राडा सुब्बाले पछिल्ला साहित्यमा सर्वसाधारणलाई नायक–नायिका बनाउन थालिएको उल्लेख गरे । कवि पराजित पोमूको सम्पादनमा प्रकाशित काव्यकृति ‘इतर कविता’ बारे भएको विमर्श कार्यक्रममा उनले साहित्यमा आएको यो परिवर्तन महत्तवपूर्ण भएको बताए ।

‘इतर कविता’ मा सङ्कलित कविताहरूले किनारीकृत समुदायका आवाजलाई मुखरित बनाएको विमर्शमा सहभागी टिप्पणीकारहरूको साझा धारणा थियो । कृतिबारे कवि बम देवान, डा दीपकप्रसाद न्यौपाने र राजेश विद्रोहीले टिप्पणी गरेका थिए । त्यस क्रममा देवानले फरक सौन्दर्ययुक्त कविताहरू बलशाली भएको टिप्पणी गरेका थिए भने न्यौपानेले कृतिभित्रका कविताहरूको मूल प्रवृत्ति केन्द्र भञ्जन भएको धारणा राखेका थिए । यस्तै विद्रोहीले ‘इतर कविता’ भनिए पनि नेपाली कवितामा अहिले यो नै मूलधार भएको धारणा राखेका थिए । ‘यिनै बहुसांस्कृतिक कविताका वरिपरि अहिलेका साहित्यिक वहसहरू केन्द्रित छन् ।’ उनले थपे ।

प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र र महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागद्वारा आयोजित कार्यक्रममा प्राडा न्यौपाने, केन्द्रका अध्यक्ष डा रमेश घिमिरे, डा रमेश लिम्बू र डा सुभाषचन्द्र न्यौपानेले पनि बोलेका थिए ।

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved