दोस्रो पटक चुनावमा नेम्बाङसँग पालुङ्वा लड्ने तयारीमा

  • श्रावण २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपि पालुङवाले सुवास नेम्माङसँग चुनाव लड्ने घोषणा गरेका छन् ।

विहीबार इलाम सदरमुकाममा पत्रकार संमेलन गरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा इलाम क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने घोषणा गरेका हुन । २० वर्षदेखि पटक पटक चुनाव जितेका नेम्बाङलाई अब जनताले नपत्याउने भन्दै आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।

गत निर्वाचनमा पनि नेम्बाङसँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन । पहिलो निर्वाचनमै फराकिलो अन्तरले पराजित भएर पनि पुन ः त्यही क्षेत्रमा किन उम्मेद्वारी दिनुभएको भन्ने पत्रकारकमो प्रश्नमा पालुङवाले धरानका मेयर हर्कसांङपाङको उदारण दिँदै पहिलो चुनावमा चारसय मत ल्याएका मेयर अहिले विजयी बनेको भन्दै आफ्नो पक्षमा मतदाता रहेको बताए । पालुङवाले अव जनताले चिनिसकेको र आफूलाई जिताउने भचन्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले उम्मेद्वारी घोषणा गर्दै गर्दा चुनावी तालमेलमा जाने सम्भावना रहेको पनि बताए । तालमेल को सँग गर्ने भन्ने यकिन नभएको र सक्ता पक्ष गठबन्धन र नेकपा एमाले दुवैसँग हुनसक्ने आशंका पनि व्यक्त गरे । गठबन्धनमा जाँदै गर्दा इलामबाट चुनाव लड्ट टिकट पाउँनुभएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अहिले राजनितिमा हिजो टाउको को मुल्य तोक्ने र तोकीमाग्ने एकै ठाउमा रहेर अघि बढिरहेको उदाहरण दिँदै आफू पनि मूल्य चुकाउन सक्ने बताए । उनले राष्ट्रिर राजनितिमा ख्याती कमाएका व्याक्ति सिँहदरबार लैजानै पर्ने भएर आफुलाई जिताउने ग्यारेन्टी गरे आफू जुनसुकै ठाउँबाट चुनाव लड्ने बताए ।

उनले अहिले सबै देश सक्नतिर लागेका र देश नरहे राजनीती नरहने भन्दै देश बचाउन जनमुक्ति पार्टी अभियानका रुपमा अघिबढेको बताए । त्यसैले देशलाई बचाउनका लिागि सिँहदरबार छिर्ने पर्ने भएर आगामी चुनावमा सबै क्षेत्रमा आफ्नो पार्टीको उम्मेद्वारी रहने भन्दै गर्दा गठबन्दन भएको खण्डमा मुल्य चुकाउने उनको अभिव्याक्ति छ । नेपालको संविधान २०७२ जारी हुँदै गर्दा सविधानको विरोधमा उत्रिएको राजपा अहिले संविधानमा भएका कुराको संरक्षण र आवश्यक पर्ने विषय पुर्नलेखनका लागि निर्वाचनमा भाग लिएको बताएको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved