फरक क्षमता भएकालाई राहत वितरण

  • साउन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ ले फरक क्षमता भएकाहरुलाई बार्षिक बजेट अन्तर्गत छुट्याइएको बजेटबाट सहयोग गरेको छ ।

वडाले फरक क्षमता भएका सात जनालाई शनिवार आधारभूत स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरी सहयोग दिएको हो ।

वडाले उनीहरुलाई अतिआवश्यक पर्ने चामल, दाल, खानेतेल, साबुन र तुथपेष्ट लगायतका सामाग्री प्रदान गरेको हो ।

वडाले प्रत्येक महिना उनीहरुलाई जीवनयापनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गर्ने गरेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

वडाले सहयोग गरेकोमा उनीहरुले वडा कार्यालयलाई धन्यवाद दिए । उनीहरुले वडाको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा बच्चाहरुका लागि चाहिन अत्यावश्यक सामाग्री डाइपर,ओट, विस्कुट तथा फूलफूल लगायतका सामाग्री प्रदान गर्न वडाध्यक्षलाई अनुरोध गरे ।

फरक क्षमता भएकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको सामाग्री पर्याप्त नभएका वडाध्यक्ष भट्टराईले बताए । उनँले आगामी दिनमा उनीहरुको आवश्यकता अनुसारका सामाग्री वितरण गरिने बताए ।

वडाले लक्षित वर्गका लागि विगतदेखि नै औषधि, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री वितरण गर्दै आइरहेको छ ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved